सूचना! सूचना!! सूचना!!!
रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट गत वर्ष (२०६५) को प्रवेशिका (SLC) परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल दश तामाङ विद्यार्थीलाई सम्मान सहित पुरस्कार प्रदान गर्ने भएकोले लब्धाङ्क पत्र तथा सम्पर्क ठेगाना यथासिघ्र निम्न ठेगानामा पठाउनुहुन सम्पूर्ण तामाङ विद्यार्थी एवं अविभावहरुमा अनुरोध गर्दछौं । साथै रामेछाप जिल्लाबाट उत्कृष्ट एक शिक्षक र स्कुललाई समेत सम्मानित गरिने जानकारी गराइन्छ ।
पुरस्कार विवरण:
१) उत्कृष्ट एक विद्यार्थीलाई नगद रु ५००० सहित प्रमाण पत्र
२) दोस्रोलाई नगद रु ३००० सहित प्रमाण पत्र
३) तेस्रोलाइ नगद रु २००० सहित प्रमाणपत्र
४) अन्य सात जनालाई जनहि नगद रु १००० सहित प्रमाण पत्र
५) उत्कृष्ट स्कुललाई नगद रु ५००० सहित प्रमाण पत्र
६) उत्कृष्ट शिक्षकलाई नगद रु ५००० सहित प्रमाण पत्र
नोट: १) जेहेन्दार छात्रा भावना तामाङलाई विशेष पुरस्कारद्धारा सम्मान गरिने ।
२) तामाङ समुदायका विशिष्ट व्यक्तित्वहरुलाई ताम्रा-पत्रद्धारा सम्मान गरिने ।
प्रमूख अतिथि: पूर्व कानुन तथा न्याय मन्त्री भिम बहादुर तामाङ
कार्यक्रम हुने मिति: २०६६ कार्तिक ७ गते
स्थान: स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर
(स्टाफ कलेज नजिकै)
समय: बिहान ११ देखि साँझ ५ बजेसम्म
साथमा चर्चित तामाङ कलाकारहरु, रोज मोक्तान, तुलशा वाईबा, ईन्दिरा योन्जन, आशुसेन लामा, योगिता मोक्तान, सशिकला मोक्तान, अजित घिसिङ, विशाल काल्तन, सपूत मोक्तानका साथै नव कलाकार राजिव मोक्तानको जोडदार सांगितिक प्रस्तुती रहनेछ ।
सम्पर्क:
कार्यक्रम संयोजक/कोषाध्यक्ष: मोहन बहादुर मोक्तान – 9841-221821
महेश मोक्तान (अध्यक्ष): 9803249499, 01-5540578
रोज मोक्तान (प्रवक्ता): 9841201825
कमल योन्जन (उपाध्यक्ष) : 01-5525866, 9841239271
सुनिता लामा (महासचिव) : 9851108705
अन्जु लामा (सचिव): 9841480446
ईमेल : maheshmoktan@hotmail.com Posted on: 2009-08-23 03:09:04
Other Notices