काठमाडौ, फाल्गुन २२ - इराकको राजधानी बगदादस्थित एक अमेरिकी सञ्चार कम्पनीमा सुरक्षा गार्ड काम गर्ने तीन नेपालीलाई इराकी सुरक्षा फौजले शुक्रबार पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार बगदादकै सबै भन्दा सुरक्षित क्षेत्रको रुपमा मानिने 'गि्रन जोन' क्षेत्रमा गोली पड्काएको आरोपमा उनीहरुलाई हिरासतमा लिइएको हो ।
'गोली पड्काउने तीन जनालाई हामीले पक्राउ गरेका छौं, तिनीहरु नेपाली हुन् र उनीहरुको सामानहरु हाम्रो नियन्त्रणमा छ' सैनिक प्रबक्ता कासिम अत्तले भने । अझै पनि उनीहरु को हुन्, किन गोली पड्काए भन्ने सम्बन्धमा जानकारी दिइएको छैन ।
'गि्रन जोन' वगदादकै सबैभन्दा सुरक्षित क्षेत्र मानिन्छभने त्यस क्षेत्रमा इराकी अधिकारीहरु, राजदूतावासहरु रहनुका साथै व्यापारिक केन्द्रको रुपमा समेत लिइन्छ ।












