Posted On : Feb 26 2010 Friday 02:26:08 PM | Views : 180
काभ्रे जिल्लाको माझिफेदा गाविसको वडा नं १ र २ मा भर्खरै निर्माण कार्य सम्पन्न भएको ढाडखर्क माझिफेदा ग्रामिण सडकको यहि २०६६ फाल्गुन ७ गतेको दिन उद्घाटन गरिएको छ । एक भव्य समारोहकाबिच माझिफेदा गाविस वडा नं १ का जेष्ठ नागरिक श्री सिंह बहादुर तामाङले रिबन काटी उक्त ग्रामिण सडकको उद्घाटन गर्नुभएको हो ।
माझिफेदा गाविसबाट आर्थिक बर्ष २०६५ र ६६ मा प्राप्त अनुदान रकम रु. ९,५०,०००।– (अक्षेरुपी नौ लाख पचास हजार रुपैयाँ) को लगानीमा गत २०६६ मंसिर महिनामा उक्त ३.५ कि मी ग्रामिण सडकको निर्माण कार्य सम्पन्न भएको थियो ।
उक्त उदघाटन समारोह ढाडखर्क माझिफेदा ग्रामिण सडक उपभोक्त समितिका अध्यक्ष श्री डम्बर बहादुर लामाको सभापतित्वमा सम्पन्न भएको थियो । उपभोक्त समितिको तर्फबाट अध्यक्ष लामाले ढाडखर्क माझिफेदा ग्रामिण सडक निर्माण गर्ने क्रममा नैतिक, भौतिक लगायत अन्य विविध खालका सर-सल्लाह एवं सहयोग प्रदान गर्नु हुने समाजसेवी एवं जेष्ठ नागरिक श्री सिंह बहादुर तामाङ, समाजसेवी पदम बहादुर पाख्रिन, जिल्ला प्राविधिकहरु रुपेन्द्र प्र. अधिकारी, अच्युत प्र. अधिकारी, कृष्ण भण्डारी र टिका दाहाल, बस चालक राम भक्त श्रेष्ठ, डोजर चालक मोहन तामाङ लगायतलाई फुल माला, सिन्दुर र खादा लगाई बिशेष सम्मान सहित अभिन्नदन गरिएको थियो ।
यसै गरी उपभोक्त समितिलाई हरेक किसिमको सर-सल्लाह र सहयोग प्रदान गरे बापत बिशेष धन्यवाद सहित भोज बहादुर तामाङलाई पनि फुल माला, सिन्दुर र खाता लगाई सम्मान तथा अभिन्नदन गरियो ।
उदघाटन समारोहमा धुसेनी शिवालय गाविस र माझिफेदा गाविसको जनताहरु हजारौको संख्यामा उपस्थित भएका थिए । साथै गाँउको जनताहरुले पनि ढाडर्खक माझिफेदा ग्रामिण सडक उपभोक्त समितिको सदस्यहरु लगायत जिल्ला प्राविधिकहरु, बस चालक र डोजर चालकलाई विभिन्न ठाँऊहरुमा सगुन राखी, फुल माला, सिन्दुर र खाता लगाई भव्य सम्मान तथा अभिन्नदन गरिएको थियो ।
गाँउमा पहिलो चोटी बस पुग्दा गाँउको जनताहरु हर्ष र खुशीले गद गद् भई नाचगान गरी बसलाई समेत फुल माला, सिन्दुर र खाता लगाई पुजा गरी स्वागत गरेका थिए । उक्त उदघाटन समारोहको कार्यक्रम संचालन उपभोक्त समितिको सचिव श्री प्रेम बहादुर लामाले गर्नु भएको थियो ।
यस ढाडर्खक माझिफेदा ग्रामिण सडकमा यातयात संचालन भए पछि काभ्रे जिल्लाको कोशीपारीका गाँउहरु फलाटे, कोलाती, मुलबारी, जामुने, गाल्बा, सुङगुर, छेडा, चौरी, धुसेनि शिवालय र माझिफेदाको बासिन्दाहरु सहित रामेछाप जिल्लाको समेत हजारौ बासिन्दाहरुलाई प्रत्यक्ष रुपमा लाभ पुग्नेछ ।












