Posted On : Feb 17 2010 Wednesday 08:39:56 AM | Views : 183
तामाङ चौतारी समुहले आउँदो बैशाखमा तामाङ फिल्म तथा म्युजिक अवार्ड प्रदान कार्यक्रम आयोजना गर्ने जनाएको छ । राजधानिमा मंगलबार अवार्ड घोषणा तथा अन्तरकृया कार्यक्रममा सो जानकारी गराएको हो ।
कार्यक्रममा तामाङ चौतारी समुहका अध्यक्ष दिपेन्द्र दोङ तामाङले तामाङ चलचित्र, गित संगित, म्युजिक भिडियो लगायतको संख्यात्मकतामा मात्र नभई गुणात्मकता ल्याउने उदेश्यको साथ आयोजना गर्न लागेको बताउदै तामाङ चलचित्र, तामाङ भाषाको गित, तामाङ सेलो गित, तामाङ म्युजिक भिडियो गरी ४ समुह रहने र विभिन्न ३० विधामा अवार्ड दिइने जनाकारी दिनु भएको छ ।
२०६० साल भन्दा पछिका गित, चलचित्र, सेलो र म्युजिक भिडियोले सहभागिता जनाउन पाउने आयोजकले जानएको छ । जसको लागि यहि फागुन २० गते सम्ममा दर्ता गरि सक्नु पर्ने र दर्ता भएको मध्येबाट मनोनयनमा परेकालाई चैत्र ५ गते घोषणा गरिने छ ।
मनोनयनमा परेका गित, म्युजिक भिडियो, चलचित्र र सेलोलाई चैत्र ६ गते देखि एस.एम.एस भोटिङ, पत्रपत्रिका मार्फ , श्रोता र दर्शकले मन पराएकोलाई जिताउन सक्ने ब्यवस्था पनि गरिने भएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष अमरगिरीले कार्यक्रमको सफलताको शुभकामना दिनु हुदै मातृभाषाको चलचित्रलाई सरकारले विशेष रुपमा प्रबर्द्धन गर्न सक्नु पर्ने बताउनु भयो । त्यस्तै तामाङ चलचित्र संघका अध्यक्ष हिरालाल ब्लोनले तामाङ चलचित्रले छोटो समयमा संख्यात्मक फाड्को मारे पनि गुणात्मकता आउन नसकेकोमा जोड दिनु भएको थियो । उहाँले तामाङ चलचित्रहरु आफ्नो पहिचान र संस्कृति झल्कने नभएर अरुको नक्कल गरेर धेरै बन्ने गरेकोले अबको चलचित्र तामाङको चिनारी र सकरात्मक सन्देश प्रवाह गर्ने खालको बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा पत्रकार जगत दोङ, तामाङ कलाकार संघका सदस्य ज्ञानसिं वाइबा, बौद्ध जागरण केन्द्रका अध्यक्ष सूर्य लोप्चन लगायतका बक्ताहरुले मन्तब्य राख्नु भएको थियो ।