Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
 Dispaly News
न्युयोर्कमा 'डम्फु साँझ' सम्पन्न

Posted On : Feb 13 2010 Saturday 01:15:38 PM | Views : 170

 

न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा नेपालका दुई चर्चित गायकहरु रोज मोक्तान र प्रेम लोप्चनको बेजोड सांगितिक प्रस्तुतीसहित डम्फु साँझ-२०१० गत शनिबार साँझ अर्थात फेब्रुवरी ६ तारिख बेलुकी ढाका क्लब कुइन्समा सम्पन्न भएको छ ।

कार्यक्रमको शुरुवात बुद्ध र उहाँको शान्ती सन्देश बोकेको बुद्ध बन्दनाको रोचक प्रस्तुतीबाट शुरु गरिएको थियो।

नायक अमृत लामाको कोरियोग्राफी रहेको उक्त बन्दनाको बौद्ध स्तुपाको निर्माण बोस्टनका TSA संयोजक जोनी योन्जनले गर्नु भएको थियो भने नाटकमा सुकुमाया तामाङ, लामा टासी लामा, भरत लामा, बिनोद तामाङले पनि अभिनय गर्नु भएको थियो।

कार्यक्रमका मुख्य अतिथी संरासंका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्य हुनुहुन्थ्यो भने अन्य बिशिस्ट अतिथीहरुमा न्यूयोर्क शहरका कम्प्ट्रोलर जोन लिउ, काउन्सिलमेन डानिएल ड्रम हुनुहुन्थ्यो

कार्यक्रममा विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र अन्य अमेरिकी राज्य र क्यानाडाबाट झन्डै ५०० तामाङहरुको जमघट रहेको थियो।

साँझमा मुख्य अतिथी राजदूत आचार्य, कम्प्ट्रोलर लिउ, काउन्सिलमेन ड्रमले ल्होछारको आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

राजदूत आचार्यले तामाङ समुदायले सानो नेपाल नै बोकेर अमेरिका आएकोमा गर्व ब्यक्त गर्नु भएको थियो भने कम्प्ट्रोलर लिउले एक पटक नेपाल जाने धोको रहेको उल्लेख गर्दै त्यसका लागि राजदूत आचार्यलाई भिसाको ब्यबस्था मिलाउन अनुरोध गरिसकेको बताउँदा उपस्थित नेपालीहरु दङ्ग परेका थिए।

कार्यक्रममा स्वागत मन्तबी सोसाइटिका संस्थापक अध्यक्ष सुबाश लामाले गर्नु भएको थियो भने ल्होसारबारे सोसाइटिका सल्लाहकार बंशलाल तामाङले प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा हाइटीका भुकम्प पीडित जनताका लागि उठाइएको रकम ४६६ डलर र अध्यक्ष तामाङ र उहाँकी धर्मपत्नी राधिका तामाङबाट ५०० डलर गरी जम्मा राहत रकम ९६६ रेड्क्रस कि प्रतिनिधिलाई सोसाइटिका अध्यक्ष ईन्द्र तामाङले हस्तान्तरण गर्नुभएको थियो।

त्यसैगरी, कार्यक्रममा कलाकारहरु रोज मोक्तान, प्रेम लोप्चन, फिरोज स्याङ्देन, श्रीजना लामा र सोमु माया थकाली (तामाङ) लाई प्रेसिडेन्ट अवार्डबाट सम्मान गरिएको थियो भने अन्य कलाकार र प्रायोजकहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।

डम्फु साँझका अन्य कलाकारहरुमा संजोक योन्जन, धरमबीर लामा, गोमा लामा गुरुङ, गणेश घलान, पासाङ् शेर्पा, पवन मोक्तान, गौतम गुरुङ, रिन्चेन वाङ्गेल, सेन्तुन लामा, रोशना मोक्तान, जिना तामाङ, सिद्धार्थ तामाङ, सजिता लामा, सबिता लामा, आयुस्मा लामा, अस्मिता लामा, आशिश लामा, आशिस तामाङ, अनिश मोक्तान, डोल्मा लामा, जेनी तामाङ, श्वेता लामा, निशा गुरुङ, रिया तामाङ, निमा बल तामाङ, छिमी शेर्पा, एलिशा प्रधान, डोना शेर्पा, तेर्छेन लामा, जेनी योन्जन, अल्फा लामा, सोफिला तामाङ, पुनम थजाली र एलिसे लामा हुनुहुन्थ्यो।

कार्यक्रमको संचालन सोसाइटीका सचिव लक्यान लामा र निमा लामाले गर्नु भएको थियो। उद्‌घोषिका निमा कान्तिपुर टिभी कि पूर्व संचालिका (VJ) र टाइम्स एफ एम कि होस्ट (RJ) हुन् ।



Other Headlines

विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन (२०१०/११) ले स्वीट्जरल्याण्ड सबभन्दा बलियो देश भएको देखाएको छ भने नेपालको स्थान १ सय ३० औं मा परेको छ।
मंगलबार यात्रुबससहित भोटेकासी नदीमा डुबेर बेपत्ता भएकालाई दोस्रो दिन फेला पार्न सकिएको छैन। नदीमा हराएको २५ मध्ये २२ यात्रुको परिच
बिभिन्न नेपाली टेलिभिजन र त्यसैलाई उदृत गर्दै विभिन्न पत्रपत्रिकाहरुले माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले एक चीनियाँस
नुवाकोटका सभासद गोविन्द नेपालीले छोरालाई इन्स्पेक्टर बनाउन प्रहरी अस्पतालका दुई असईलाई एक-एक लाख रुपैयाँ घूस खुवाए । तर लिखित परीक्
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008