Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
 Dispaly News
मोबाइलको वाषिर्क ४ अर्बको व्यापार

Posted On : Feb 8 2010 Monday 06:41:29 AM | Views : 389
काठमाडौ, माघ २५ - जधानीको बौद्धका ८२ वर्षीय हीरालाल अधिकारीलाई गोजीमा अट्ने मोबाइल एक्लोपना हटाउने साथी भएको छ । छोराबुहारी कार्यालय र नातिनातिना विद्यालय गएका बेला यो जिनिसले घरलाई सुनसान हुन दिँदैन । विदेशमा रहेका अर्को छोराका परिवारले फोन गरेर हालखबर सोधिरहन्छन् । कार्यालय गएका छोराबुहारीले सञ्चोबिसञ्चो र खाए नखाएको त्यही यन्त्रबाट सोधीखोजी गर्छन् । 'विरक्त लागे मोबाइलमा भरेको रामायणका श्लोक सुन्छु,' उनी भन्छन्, 'कसैको याद आए त्यसमै रहेको भिडियो, फोटो हेरेर मन बुझाउँछु ।' प्रविधिको विकाससँगै कसैले आफ्नो बुढेसकालको सहारा बनाएर गजबकै यन्त्र ल्याइएको उनलाई लाग्छ ।

हीरालालको बुढेसकालको सहारा त छँदै छ, भर्खरै १२ कक्षामा पढ्दै गरेकी राजधानीकै तीनकुनेकी लिना रिजाललाई यो यन्त्रले आवश्यकदेखि विलासी सबै प्रकारका सुविधा उपलब्ध गराएको छ । आठ कक्षा पढ्दादेखि मोबाइल बोक्न थालेकी उनको पछिल्लो मोबाइलमा नसोचेका परिवर्तन आएका छन् । 'कम्प्युटर, टिभी, एमपिथ्री, क्यामेरा, रेडियो, टेपरेकर्डर, टर्चलाइटलगायत यन्त्रको काम एक्लो मोबाइल सेटले गर्न थालेको छ,' उनी भन्छिन्, 'म मोबाइलमै जिपिआरएस -इन्टरनेट) चलाउँछु, गीत सुन्ने, फोटो खिच्ने, रेकर्ड गर्ने सुविधा त आधुनिक हरेक सेटमा सामान्य जस्तै भएको छ ।'

वृद्ध र किशोरावस्थाका यी दुई प्रतिनिधि पात्रलाई जस्तै हरेकको आवश्यकता भएको छ मोबाइल । घरमा आधारभूत फोन जोड्दा गाउँभरि चर्चा हुने त्यो दिन अब कहाँ रह्यो र ! भरियादेखि फुटपाथे व्यापारी, स्कुलेदेखि कार्यालयका व्यस्त कर्मचारी सबैको दैनिकी बनेको छ यो यन्त्र । हुँदाहुँदा हरेकको दैनिकी मोबाइलमै सुरु र यसमै अन्त हुन थालेको छ ।

नेपाल टेलिकमले १० वर्षअघि मोबाइल भित्र्याउँदा सामान्य व्यक्तिले यसलाई आँक्नै नसक्ने अवस्था थियो । टेलिकमबाट मोबाइल लिन ५० हजार रुपैयाँ बुझाउनुपथ्र्यो । बजारमा मोबाइल प्रदायक स्पाइस र युटिएल प्रतिस्पर्धामा आएपछि यो कौडीको भाउमा पाइन थालेको छ । कन्सर्टको टिकटमा, मोबाइलमा ब्यालेन्स राख्दा, नयाँ सेट किन्दासमेत ग्राहकले सिमकार्ड सित्तैमा पाउन थालेका छन् । बजारमा सेटसमेत २ हजार रुपैयाँदेखि पाइन थालेको छ । कुनै बेला उठाउँदासमेत पैसा तिर्नुपर्ने मोबाइलको शुल्क केही सेवा प्रदायकले एउटै नेटवर्कका सीमित नम्बरमा गर्दा पूरै हटाएकोसमेत छन् । २०५८ सालमा सरकारले घोषणा गरेको आयको स्वयंकर घोषणा गर्दा मोबाइल बोक्नेहरूको पनि निगरानी गरेको थियो । त्यतिखेर मोबाइल बोक्ने धनीमा गनिन्थे तर अहिले यसले यो सीमा तोडिसकेको छ ।

प्रविधिले फड्को मारेपछि मोबाइल सेटको बजार निकै फस्टाएको छ । बजारमा गोजीको साइज र ग्राहकको आवश्यकता अनुसारका मोबाइल छानिछानी उपलब्ध छन् । हरेक वर्ष मोबाइल सेटको मूल्य घटिरहेको छ, विश्वव्यापी रूपमा मोबाइल सेट उत्पादनमा ख्याति कमाएको नोकियाका नेपालका दुई आधिकारिक वितरकमध्येको प्यारामाउन्टका प्रमुख कार्यकारी अधिकृत आशिष जिन्दल भन्छन्, सुविधा भने थपिँदै गएका छन् । ४ वर्षअघि झन्डै ७ हजार रुपैयाँ हालेर 'ब्ल्याक एन्ड ह्वाइट' सेट किनेका प्रवीण दाहाल अहिले २ हजार २ सय रुपैयाँमै रंगिन सेट पाइएको बताउँछन् ।

बजारमा मोबाइल सेटबीच चर्को प्रतिस्पर्धा छ । नोकिया, सामसुङ, मोटोरोला, एलजीजस्ता 'ब्रान्डेड' सेटदेखि चीनमा निर्मित भारतीय कम्पनीका वारेन्टी भएका सेटहरू बजारमा पाइन्छन् । खासा हुँदै बजारमा भित्रिएका धेरै सुविधा भएका, सस्ता र कुनै वारेन्टी नभएका सेट पनि बजारमा पाइन्छन् । जिएसएम, सिडिएमए र एकअर्काको अनुहार हेर्दै कुरा गर्न मिल्ने थर्ड जेनरेसन (थ्रिजी) सेटहरू बजारमा छन् ।

दूरसञ्चार प्राधिकरणको गत मंसिरको तथ्यांकमा नेपाल टेलिकमले जिएसएम मोबाइल ३४ लाख ८३ हजार २ सय ८३ र सिडिएमए ६ लाख २ हजार १ सय २० वटा वितरण गरेको छ । उता स्पाइस नेपालले मेरो मोबाइलको २२ लाख १ हजार ५ सय ३९ र युटिएलले २ लाख ३८ हजार ४ सय सिम बाँडेको छ । यसरी हेर्दा मुलुकमा ६५ लाख २५ हजार ३ सय ४२ सिम नेपाली उपभोक्ताले प्रयोग गर्दै आएका छन् ।

छिट्टै स्मार्ट टेलिकम र नेपाल स्याटलाइटले पनि मोबाइल बाँड्दै छन् । यस हिसाबले बर्सेनि मोबाइल सेटको बजार विस्तार हुँदै गएको

छ । प्यारामाउन्टका प्रमुख कार्यकारी जिन्दल नेपालमा मासिक सबै प्रकारका गरी ८० हजारदेखि ९० हजार वटा सेट बिक्ने बताउँछन् ।  बजारमा २ हजार रुपैयाँदेखि ६० हजार रुपैयाँका सेट पाइन्छन् । सस्ता सेट धेरै बिक्ने भएकाले सालाखाला ४ हजार रुपैयाँका दरले मासिक ३२ देखि ३६ करोडका मोबाइल सेटको व्यापार हुने जिन्दलको अनुमान छ । यस हिसाबले मुलुकमा मोबाइल सेटको वाषिर्क ४ अर्बभन्दा बढीको मोबाइल सेटको कारोबार हुने गरेको छ ।

मोबाइल बजारमा आउँदाताका एकल नेतृत्व लिएको नोकियाको बजारलाइै धेरैले चुनौती दिइरहेका छन् । बजारमा नोकियासँगै सामसुङ, मोटोरोला, एलजी, सोनी इरिक्सन, स्पाइस, जिफाइभ, यासुडा, वर्डस, भर्जिन, कलर्स, माइक्रोम्याक्सलगायत ब्रान्डबीच चर्को प्रतिस्पर्धा छ । बजारमा भारतीय कम्पनीले चिनियाँसँगको सहकार्यमा उत्पादन गरेका सस्ता र वारेन्टी भएका सेटले ब्रान्डेडलाई ठूलो चुनौती दिएको नोकियाका जिन्दल बताउँछन् ।

टेलिकमको मोबाइलको गुणस्तर राम्रो नभएकाले दुईवटा सिम लाग्ने मोबाइल बोक्नेको संख्या बढेको उनको अनुभव छ । यस्ता मोबाइल चिनियाँ कम्पनीसँगको सहकार्यमा भारतीय कम्पनीले बजारमा ल्याएका छन् । 'दुइटा सिम भए मोबाइल भरपर्दो हुने भएकाले मेरो मोबाइल/ टेलिकम वा जिएसएम/ सिडिएमएका सिम लाग्ने मोबाइल बोक्ने प्रवृत्ति बढेको छ,' उनले भने, त्यस्ता मोबाइल ब्रान्डेडमा छैनन् । त्यसैले उपभोक्ता चिनियाँ  मोबाइलतिर आकषिर्त भएका छन् । उपत्यकाका उपभोक्ता अहिले टचस्क्रिन फोनतिर तानिएको सामसुङका सेट बेच्दै आएको आइएमएस टेली ट्रेडका प्रबन्ध निर्देशक दीपक मलहोत्रा बताउँछन् । 'अहिले केहीले आवश्यकता र युवाले फेसनका रूपमा नयाँ मोबाइल किन्छन्,' उनले भने ।   

बजारमा मल्टिमिडिया सेटप्रति पनि आकर्षण बढिरहेको छ । स्पाइस मोबाइलका बिक्री प्रबन्धक दीपेन्द्र पोखरेल क्यामेरा, ब्लुटुथ, जिपिआरएस, एफएम, रेकर्डर आदि सुविधा भएका सेट उपभोक्ताको बढी रोजाइमा पर्न थालेको बताउँछन् । केहीले टेलिभिजन हेर्न सकिने सेट खोज्ने गरेका छन् ।

बजारमा धेरै सुविधा भएका महँगा सेट उपलब्ध भए पनि सेवा प्रदायकले धेरै सुविधा प्रदान नगरेकाले ग्राहकलाई त्यति उपयोगी छैनन् । नेपालका मोबाइल प्रदायकले कल फर्वाडिङ, कल वेटिङ, एसएमएस, एमएमएस, सिआरबिटी, भ्वाइस मेल, जिपिआरएसलगायत सुविधा दिएका छन् ।

नेपाली बजारमा अझै नोकियाले ४५ देखि ५० प्रतिशत हिस्सा ओगटेको प्यारामाउन्टका जिन्दलको दाबी छ । नेपालमा प्यारामाउन्ट र नियोटेरिकले नोकियाका सेट बेच्दै आएका छन् । प्यारामाउन्टले हेटौंडादेखि पूर्व र नियोटेरिकले पश्चिमको बजारमा सेट आपूर्ति गर्छन् । काठमाडौंको बजार दुवैको भागमा आधाआधा पर्ने जिन्दल बताउँछन् ।

नोकियाले २ हजार १ सय ३० रुपैयाँदेखि ५१ हजार ६ सय ७० सम्मका सेट ल्याएको छ । तिनमा ५ हजारदेखि १० हजारको रेन्जका बढी बिक्ने जिन्दल बताउँछन् । नोकियाले बिक्रीपछिको सेवाका साथै १ वर्षको वारेन्टी दिने गरेको छ । बजारमा त्यसपछिको बजार हिस्सा सामसुङले ओगटेको छ । यसका  २ हजार १ सयदेखि ४६ हजारसम्मका ४५ मोडल बजारमा छन् । नेपालमा सामसुङको मोबाइल सेट बेच्दै आएको आइएमएस टेलिट्रेडका प्रबन्ध निर्देशक दीपक मलहोत्रा आफ्ना सेटले बजारको ३० प्रतिशत हिस्सा ओगटेको दाबी गर्छन् । ब्रान्डेडमा सिडिएमए र दोहोरो सिम राख्न मिल्ने सेट सामसुङले मात्र ल्याएको उनले बताए । विन्डो ६ सफ्टवेयर राखिएका वाइफाईयुक्त आइफोन 'स्टयान्डर्ड' का सेट बजारमा रहेको उनले बताए ।

अमेरिकी ब्रान्डको मोटोरोला सेट बेच्दै आएको कल मोबिलिटीले ७ वटा मोडेल नेपाली बजारमा ल्याएको छ । आफ्नो डब्ल्युएक्स सिरिजका ५ मोडेलका मोबाइलमा अरू कम्पनीले नदिएको 'रिप्लेसमेन्ट वारेन्टी' रहेको कम्पनीका अविनास गुप्ता बताउँछन् । 'एक वर्षभित्र बिगि्रए हामी पुरानो सेट लिएर नयाँ दिन्छौं,' गुप्ताले भने । मोटोरोलाको सेटमा हल्लाएर चलाउन सकिने अरूको भन्दा अतिरिक्त सुविधा रहेको र खेलाडीका हरेक गतिविधि रेकर्ड गर्ने सुविधा भएकाले खेलाडी मैत्री रहेको उनको दाबी छ । यसैले कल मोविलिटीले सागमा सहभागी टेबुलटेनिस टिमको प्रायोजन गरेको

छ । यसका २ हजार २ सयदेखि १४ हजार रुपैयाँसम्मका सेट छन् ।

स्पाइस ब्रान्डका मोबाइल बेच्दै आएको टेलिटकका पोखरेल आफ्ना १६ मोडलका सेट बजारमा रहेको बताउँछन् । यसका पूर्ण मल्टिमेडियायुक्त, दुई सिम राख्न मिल्ने २ हजार ५ सयदेखि ३० हजार रुपैयाँ सम्मका सेट छन् । स्क्रिन टच, एफएम, टर्च, कोर्टी किप्याड र कम्प्युटरमा इन्टरनेट चलाउन मोडेमको काम गर्ने मोबाइल रहेको पोखरेलले बताए । महिनामा ८ हजारदेखि १० हजार सेट आफ्नो कम्पनीले बेच्दै आएको उनले बताए ।

गजेट्स नेपालले वर्डसा ४ मोडलका मोवाइल बजारमा ल्याएको छ । कम्पनीका लालबहादुर कार्की २ हजार ३ सयदेखि ६ हजार ३ सयसम्मका दुइटा सिम राख्न मिल्ने बजारमा रहेको र थप ३ मोडेल तुरुन्तै ल्याउने तयारीमा रहेको बताउँछन् । आफ्ना सेटमा मल्टिमिडिया, मौसम सेन्सर, कलअटो एन्सर आदि सुविधा रहेको उनको भनाइ छ ।

चौधरी समूहले एलजीका सेटहरू बेच्दै आएको छ । उसले भर्खरै सीजी ब्रान्डमा सीडीएमए सेट बजारमा ल्याएको छ । जीफाइभले उपभोक्तालाई ३८ प्रकारका सेट ल्याएर बढी छनोटको अवसर दिएको छ । २ हजार देखि ७ हजार ८ सय रुपैयाँसम्म पर्ने यसका सेटमा टीभीसमेत हेर्न मिल्ने कम्पनीका अविनाश गुप्ता बताउँछन् । दुईवटा सिम राख्न मिल्ने यसका सेटमा १ वर्ष वारेन्टी छ । केही कम्पनीले उपभोक्तालाई मोबाइल सेट किन्दा उपहारसमेत दिएका छन् । यासुडाले सीडीएमए सेटमा १ हजार २ सयको 'टक टाइम' सहित १ हजार ७ सय ६५ रुपैयाँ पर्ने यूटीएलको सिम र एउटा घडी उपहार दिने गरेको छ । यसका सीडीएमए-जीएसएम दुवै सिम राख्न मिल्ने सेट पनि बजारमा छ ।

न्युरोडको भर्जिन मोबाइल शोरुमले भ्यालेन्टाइन र होलीका अवसरमा ग्राहकलाई सबै प्रकारका सेटमा स्क्र्याच डिस्काउन्ट खेल खेलाएर २५ देखि ५८ प्रतिशतसम्म छुट, हरेक दिनका ग्राहकबीच गोलाबाट छानिएकालाई १० हजार रुपैयाँ पुरस्कार र फेब्रुअरीभरिका ग्राहकमध्ये गोलाबाट एक जनालाई १ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरेको शोरुमका विवेक शर्माले बताए ।

सेवा प्रदायक कम्पनी थपिँदै र भएका कम्पनीले पनि क्षमता थप्दै जाँदा मोवाइल सेटको बजार पनि फराकिलो हुँदै गएको छ । यसैगरी वैध सेट बिक्रेता आएकालाई अवैध रुपमा भित्रने सेटले टाउको दुखाएको छ । सरकारले अवैध आयात रोक्नुपर्ने नोकियाका जिन्दलको माग छ ।


Other Headlines

मंगलबार यात्रुबससहित भोटेकासी नदीमा डुबेर बेपत्ता भएकालाई दोस्रो दिन फेला पार्न सकिएको छैन। नदीमा हराएको २५ मध्ये २२ यात्रुको परिच
बिभिन्न नेपाली टेलिभिजन र त्यसैलाई उदृत गर्दै विभिन्न पत्रपत्रिकाहरुले माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले एक चीनियाँस
नुवाकोटका सभासद गोविन्द नेपालीले छोरालाई इन्स्पेक्टर बनाउन प्रहरी अस्पतालका दुई असईलाई एक-एक लाख रुपैयाँ घूस खुवाए । तर लिखित परीक्
भाद्र १६, काठमाडौं - तामाङ सञ्चार समुहले प्रत्येक वर्ष तामाङ प्रसारण दिवसको अवसरमा प्रदान गरिने “तामाङ मिडिया अवार्ड” बाट तामाङ समाज डट
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008