Posted On : Feb 8 2010 Monday 06:38:53 AM | Views : 382
काठमाडौं, माघ २५ - सरकारले संचार उद्यमी जमिम शाहको हत्या प्रकरण छानबीनको लागि पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जाँझ टोली गठन गरेको हो ।
आइतबार शाहको अज्ञात समूहले राजधानीको लाजिम्पाटमा गोली हानी हत्या गरेको थियो । बैठकले व्यवस्थापिका संसदको जारी बैठक स्थगनको लागि राष्ट्रपति समक्ष आजै पत्र पठाउने निर्णय समेत गरेको छ । साथै राष्ट्रपतिको भारत भ्रमणका क्रममा सरकारसँग भएका सम्झौतालाई स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । भारतले हवाई विस्तार, हेटौडामा पोलिटेक्निक निर्माण, र रेलवे सेवामा सहयोग गर्ने छ ।
जस अन्तर्गत जयनगर- विजलापुर -वर्दिवास, जोगवनी-विराटनगर, नुतनवा-भैरवा र नेपालगंजसीमा -नेपालगंजसम्म रेलवे सेवा निर्माण लागि भारतले सहयोग गर्ने छ । करीव ६ अर्व ८० करोड भारतीय रुपैयाँको पाँच रेलमार्ग र करीव २२ करोड भारतीय रुपैया बराबरको हेटौडा पोलिटेक्निक बनाइदिन भारत यस अघि समहमत भइसकेको छ । राष्ट्रप्रतिको भारत भ्रमणको क्रममा हस्ताक्षर हुने छ ।
भारत सरकारको निमन्त्रणामा राष्ट्रपति रामबरण यादव फागुन ३ गते ४ दिने औपचारिक भ्रमणमा नयाँ दिल्ली जाँदै छन् ।












