Posted On : Feb 7 2010 Sunday 02:34:08 PM | Views : 433
माघ २४, काठमाडौं - ताम्सालिङ नागरिक सन्जाल ले आगामी फागुन १ गतेका दिन "किन खण्डित ताम्सालिङ हामीलाई स्वीकार्य छैन ?" भन्ने शिर्षकमा एक बृहत भेला गर्ने भएको छ ।
तामाङ जातिको बाहुल्यता भएका जिल्लाहरु र त्यसभित्र पर्ने प्राकृतिक श्रोत र साधनहरुलाई ताम्सालिङ गणराज्यभित्रै पार्नको निम्ती दबाब दिने उद्धेश्यले सो बृहत भेला आयोजना गर्न लागिएको हो ।
सन्जालले वर्तमान राज्य-पुर्नसंरचना, सिमाङ्कन र प्राकृतिक श्रोत बाँडफाड हुने परिप्रेक्षमा सम्पूर्ण न्यायप्रेमी तामाङ दाजुभाई, दिदीबहिनीहरुलाई भेलामा सक्रियताका साथ भाग लिई दिन हुन हार्दिक अनुरोध गरिएको छ ।
आयोजकः "ताम्सालिङ नागरिक सन्जाल”
मिति: २०६६ फागुन १ गते (सन १३/२/२०१०)
स्थानः मधुरिमा नेपाल कला केन्द्रको हल
पुतली सडक, काठमाण्डौ, नेपाल ।
सम्पर्क फोन नम्बर: ०१-४२३९९२३












