Posted On : Feb 4 2010 Thursday 06:04:08 AM | Views : 493
भक्तपुर, २०६६ माघ २० - प्रवेशिका (एसएलसी) पास गरेका स्थायी शिक्षकलाई १२ कक्षा उतीर्ण सरहको मान्यता दिन देशभरका प्राथमिक शिक्षकहरुको परीक्षा यही माघ २२ गतेदेखि सुरु हुने भएको छ ।
सरकारी एवम् सामुदायिक विद्यालयमा स्थायी रुपमा कार्यरत तर एसएलसीसम्मको मात्र योग्यता भएका १५ हजार २ सय ७१ जना शिक्षकले परीक्षादिन लागेको उच्चमाध्यमिक शिक्षा परिषद्ले जानकारी दिएको छ ।
परिषद् र शैक्षिक जनशक्ति विकास केन्द्रले तयार गरेको पाठयक्रमका आधारमा १० महिनासम्म अध्ययन गरे ती शिक्षक परीक्षामा सामेल हुने भएका छन् ।
स्थायी शिक्षक मात्र सहभागी रहेका परीक्षा २८ गतेसम्म सञ्चालन रहने र परीक्षाका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको परिषद्ले जनाएको छ ।
परीक्षामा छ वटा विषयको मात्र परीक्षा हुने र यसमा उतीर्ण हुने शिक्षकले १२ कक्षा वा प्रमाणपत्रतह उत्तिर्ण वा सो सरहको शैक्षिक योग्यताको प्रमाणपत्र पाउने छन् ।












