Posted On : Feb 4 2010 Thursday 06:01:47 AM | Views : 475
काठमाडौ, २०६६ माघ २१ - कतारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा ब्यक्त गरेको छ । त्यसको अध्ययन गर्न छिट्टै एउटा टोली उसले नेपाल पठाउने भएको छ ।
नेपालका लागि कतारका राजदूत हसन महम्मद रइफ अल इमादीले प्रधानमन्त्री मावधकुमार नेपालसँगको बिहीबारको भेटवार्तामा त्यस्तो इच्छा ब्यक्त गरेका हुन् । भेटमा प्रधानमन्त्रीले कतारमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीको अवस्थाबारे चासो ब्यक्त गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
इमादीले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति रामवरण यादवलाई बुझाएका थिए ।












