Posted On : Feb 4 2010 Thursday 06:00:12 AM | Views : 412
काठमाडौ, २०६६ माघ २१ - सरकारले पद निष्कृय रहेका उपराष्ट्रपति परमानन्द झाको पुन सपथका लागि प्रकृया अघि बढाएको छ । दुई दिन भित्र पुन सपथ गराउने योजना अनुरुप सरकारले प्रकृया अघि बढाएको कानुनमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए ।
सिंह सहित संसदीयमन्त्री मिनेन्द्र रिजाल, महान्याधीवक्ता भरतबहादुर कार्कीले बिहीबार विहान शितल निवास पुगेर सपथ प्रकृया सुरु गरिएको बारे राष्ट्रपति रामवरण यादवलाई जानकारी गराएका छन् ।
भेटमा अन्तरिम संविधान संशोधन गरिएको र उपराष्ट्रपतिलाई कृयाशिल गराउन संकल्प प्रस्ताव समेत पारित भइसकेकाले कुनै कानुनी जटिलता श्रृजना नहुने तर्फ राष्ट्रपतिलाई आश्वस्त पारिएको थियो ।
राष्ट्रपति फागुन ३ गते भारत भ्रमणमा जानुअघिनै कार्यवाहक राष्ट्रप्रमुखकको व्यवस्था गर्न उपराष्ट्रपतिलाई सपथ गराउन सरकारले सकृयता देखाएको हो ।












