Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
 Dispaly News
ताम्सालिङको आर्थिक नीतिबारे तामाङ व्यवसायीहरुसँग सम्वाद

Posted On : Feb 1 2010 Monday 08:31:28 AM | Views : 335

 

काठमाडौं, माघ १६, २०६६ - एकिकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाले ताम्सालिङ स्वायत्त गणराज्यको अर्थ नीतिबारे तामाङ उद्योगी व्यवसायीहरुसँग सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । शनिबार राजधानीमा भएको कार्यक्रममा सहभागी व्यवसायीहरुले ताम्सालिङ गणराज्यको आर्थिक विकासका लागि आवश्यक भूमिका खेल्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।


कार्यक्रममा ILO का नेपालस्थित कार्यक्रम संयोजक एवं समाजशास्त्री डा. मुक्त सिंह लामाले ताम्सालिङ स्वायत्त प्रदेशको अवधारणा प्रस्तुत गर्दै ताम्सालिङ क्षेत्रको आर्थिक, शैक्षिक, राजनीतिक, स्वास्थ्य, जनसंख्या आदिको वर्तमान स्थिति, प्राकृतिक स्रोत साधन, विकासको स्थिति र सम्भाव्यता आदिबारे जानकारी गराउनुभएको थियो । अत्यन्त खोजमुलक रहेको उहाँको प्रस्तुतीमा प्राकृतिक स्रोत साधन लगायत विभिन्न माध्यमले अन्य प्रदेशहरुको तुलनामा ताम्सालिङ प्रदेश अत्यन्त सुगम रहेको देखिन्छ । संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्तुत गरेको १४ प्रदेशको नयाँ नेपालको संघीय खाकामा ताम्सालिङलाई खण्डित गरिएको र सोही अनुरुप भएमा तामाङ बाहुल्य ऐतिहासिक भूमिहरु गुमाउनुपर्ने र ५१% भन्दा बढी तामाङहरु ताम्सालिङ बाहिरा पर्ने भएकाले नाम मात्रको ताम्सालिङ हुनुका साथै ताम्सालिङका प्रमुख प्राकृतिक स्रोतहरु समेत गुमाउनुपर्ने हुँदा यसको विकासको सम्भावनाहरु समेत नरहने भएकाले अखण्डित ताम्सालिङ प्राप्त भए मात्र तामाङहरुको विकास हुन सक्ने स्पष्ट पार्नुभयो ।
सोही कार्यक्रममा ईन्जिनियर कुलमान घिसिङले जलस्रोतको सम्भाव्यता तथा पर्यटन व्यवसायी तिलक लामाले ताम्सालिङ क्षेत्रमा पर्यटन विकासका सम्भावनाहरुबारे आ-आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा सिभिल होम्सका प्रोपाईटर ईच्छराज तामाङले संविधानसभामा राजनीतिक विषयहरुलाई मात्र जोड दिइएको तर आर्थिक विषयलाई प्राथमिकता नदिएको भन्दै अबको राष्ट्रिय आर्थिक नीति कस्तो हुने र स्वायत्त राज्यहरुको आर्थिक नीति कस्तो हुनेबारे बहस र सबै पक्ष जानकार हुन जरुरी रहेको बताउनुभयो । उहाँले अखण्डित ताम्सालिङ प्राप्तिको लागि र ताम्सालिङ प्राप्ति पछि त्यसको विकासका लागि व्यवसायिक रुपमा आफ्नो जिम्मेवारी बहनका लागि तयार रहेको समेत स्पष्ट पार्नुभयो ।


सोही क्रममा नेपाल तामाङ राष्ट्रिय महासंघका अध्यक्ष, गोर्खा विकास बैंकका अध्यक्ष डि. बी. बम्जनले प्राकृतिक स्रोत र साधनले सम्पन्न भएकोले उक्त स्रोत साधनको सही उपयोग र परिचालन गर्न सके ताम्सालिङ प्रदेश आत्मनिर्भर बन्ने बताउनुभयो । ताम्सालिङको प्राप्तिसँगै व्यवसायिक क्षेत्रमा मात्र नभई विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको अभाव देखिने हुँदा जनशक्ति उत्पादनमा समेत विशेष ध्यान दिनुपर्ने उहाँको जोड थियो । संविधान सभामा प्रस्तुत राज्य पुर्नसंरचनाको खाकामा ताम्सालिङलाई षडयन्त्रपूर्वक खण्डित गरेकोमा विरोध जनाउँदै अखण्डित ताम्सालिङ प्राप्तिका लागि संघर्ष जरुरी रहेको बताउनुभयो ।


त्यस्तै अर्का व्यवसायी देवराज लामाले औद्योगिक र व्यवसायिक क्षेत्रमा तामाङहरुको उपस्थिति न्यून रहेकोले यस क्षेत्रमा तामाङहरुलाई अगाडि बढाउन संघर्ष गर्नुपर्ने बताउनुभयो । वित्त व्यवसायी सि. वी. लामाले तामाङहरुले माग गरेको ताम्सालिङलाई खण्डित गर्दै संविधान सभामा प्रस्तावित ताम्सालिङको खाकामा तामाङहरुको भूमि र प्रमुख प्राकृतिक स्रोत र साधनहरुलाई अन्य राज्यमा गाभिएको बताउँदै तामाङहरुको ऐतिहासिक भूमि र ताम्सालिङको प्राकृतिक स्रोत र साधनलाई कुनै पनि हालतमा अन्य राज्यमा गाभ्न दिन नहुने बताउनुभयो । ताम्सालिङको आर्थिक नीति आफैले बनाउनुपर्नेमा जोड दिँदै व्यवसायी लामाले ताम्सालिङको मुद्दामा पार्टीगत कुरा त्याग्न तामाङ सभासदहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा मन्तव्य राख्ने क्रममा सभासद प्रेम तामाङले खण्डित ताम्सालिङ आफूहरुलाई स्वीकार्य नहुने बताउँदै अखण्डित ताम्सालिङका लागि जस्तोसुकै संघर्षका तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि, एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवं ताम्सालिङ स्वायत्त गणराज्यका संयोजक तथा पूर्व सांसद हित बहादुर तामाङले राज्य पुर्नसंरचना समितिले पारित गरेको १४ प्रदेशको प्रस्तावबारे माओवादी पार्टीभित्र पनि बहस सुरु भएको जनाउँदै आफूहरु यसअघि पार्टीले प्रस्तावित गरे अनुरुपकै ताम्सालिङको पक्षमा रहेको बताउनुभयो । जातीय आधारमा संघीयतामा नजाने आशंकालाई समाप्त पार्दै १४ राज्य सहित संघीय नेपालको प्रस्ताव पारित हुनुलाई पनि उपलब्धिकै रुपमा लिनुपर्ने धारणा राख्नुहुँदै उहाँले अखण्डित ताम्सालिङका लागि भने अझै संघर्ष गर्नु पर्ने बताउनुभयो । तामाङ व्यवसायीहरुसँग पहिलोपटक गरिएको यस संवाद कार्यक्रम अत्यन्त उपलब्धीमुलक भएको जनाउँदै एक पटकले मात्र पर्याप्त नहुने भएकोले यस कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो । 


एकिकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष/सभासद सुर्यमान दोङ तामाङले कार्यक्रममा व्यवसायीहरुबाट प्राप्त सुझावलाई लिएर अगाडि बढ्ने तथा आगामी दिनमा यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


अध्यक्ष दोङको सभापतित्व तथा, एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवं ताम्सालिङ स्वायत्त गणराज्यका संयोजक तथा पूर्व सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट तामाङ व्यवसायीहरु, तामाङ सभासद्हरु, विभिन्न क्षेत्रका व्यक्तित्वहरु, तामाङ सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सोही कार्यक्रममा ताक ल्होछारको अवसरमा शुभकामना आदान प्रदानका साथै चियापानको समेत व्यवस्था गरिएको थियो ।
Other Headlines

मंगलबार यात्रुबससहित भोटेकासी नदीमा डुबेर बेपत्ता भएकालाई दोस्रो दिन फेला पार्न सकिएको छैन। नदीमा हराएको २५ मध्ये २२ यात्रुको परिच
बिभिन्न नेपाली टेलिभिजन र त्यसैलाई उदृत गर्दै विभिन्न पत्रपत्रिकाहरुले माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले एक चीनियाँस
नुवाकोटका सभासद गोविन्द नेपालीले छोरालाई इन्स्पेक्टर बनाउन प्रहरी अस्पतालका दुई असईलाई एक-एक लाख रुपैयाँ घूस खुवाए । तर लिखित परीक्
भाद्र १६, काठमाडौं - तामाङ सञ्चार समुहले प्रत्येक वर्ष तामाङ प्रसारण दिवसको अवसरमा प्रदान गरिने “तामाङ मिडिया अवार्ड” बाट तामाङ समाज डट
 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008