चिनियाँ शक्ति प्रदर्शनको सन्देश
-दीपक गजुरेल
हाम्रो उत्तरी छिमेकी चीनले कम्यूनिष्ट शासन सञ्चालनको ६० वर्ष पूरा गरेको छ । कम्यूनिष्ट पार्टीले गरेको क्रान्ति सफल भएको घोषणा गरिएको दिन अक्टूबर एकमा बेइजिङ्गमा भव्य समारोह आयोजना गरी चीनले आफ्नो विकास, प्रगति र शक्तिको झलक देखायो । सर्वहारा वर्गको अधिनायकवादी शासन रहेको चीनले छोटो अवधिमा आश्चर्यजनक गतिमा प्रगति गर्दैछ भन्ने यो प्रदर्शनबाट देखियो ।
चीनको शक्ति प्रदर्शनः
चीनको आर्थिक विकासको उदाहरण विश्व बजारमा उसको उपस्थितिले देखाइराखेको छ । विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको सरकारलाई समेत सयौँ अर्ब डलर ऋण दिन सक्ने हैसियत चिनियाँ शासकहरुले बनाएका छन् ।
माओको नेतृत्वमा सन् १९४९ मा क्रान्ति सफल भएर चीनमा कम्यूनिष्ट पार्टीको शासन स्थापना हुनु अघि सम्म चीनलाई 'अफिमचीको देश' भनेर चिनिन्थ्यो । तर एउटा अनुशासित शासन प्रणालीले काम गर्न थालेपछि त्यो समाज र राष्ट्र प्रगतिको बाटोमा अघि बढ्यो । र आज चीन आर्थिक मात्र होइन, प्राविधिक र सामरिक क्षेत्रमा पनि विश्वको एउटा बलियो शक्ति बन्न सफल भएको छ ।
राष्ट्रिय दिवसको रुपमा प्रत्येक १० वर्षमा चीनले यस्तै समारोह आयोजना गर्दै आएको छ । तर यस पल्टको समारोह यस अघिका भन्दा भिन्न रहेको पाइयो । यस वर्ष चीनले आफूले गरेको आर्थिक, प्राविधिक प्रगतिका साथै आफ्नो सैनिक क्षमता समेत देखायो । त्यो देश भित्र के हुादैछ र चिनियाँहरु के गर्दैछन् भन्ने बारेमा बाहिरी संसारलाई कहिल्यै केही जानकारी नदिने विगत्को प्रवृत्ति विपरित यसपाली चीनले आफू कति शक्तिशाली छु भन्ने कुरा विश्व समुदायलाई देखाउने काम गर्यो ।
चीनले गरेको आर्थिक प्रगतिका बारेमा केही मात्रामा विश्व समुदाय जानकार रहेको भए पनि बेइजिङ्गले सैनिक शक्तिको क्षेत्रमा प्राप्त गरेको उपलब्धिका बारेमा लगभग शून्य ज्ञानको अवस्था थियो । आफ्नो भूमिबाटै पृथ्वीको जुनसुकै ठाउामा मार हान्न सक्ने क्षमताको अन्तरमहाद्विपीय क्षेप्यास्त्र चीनसाग छ भन्ने अनुमान यस अघि नगरिएको होइन । तर आणविक हतियारले सुसज्जित् चिनियाँ सेनासाग के कस्ता र कति क्षमताका हतियार छन् भन्ने कुराको जनाउ अहिले चिनियाँहरुले दिएका छन् ।
सन् १९४९ देखि सन् १९७२ सम्म विश्व समुदायबाट अलग र एक्लो रहन बाध्य थियो चीन । संयुक्त राष्ट्र संघको स्थायी सदस्य भएर पनि बेइजिङ्गका शासकले त्यो हैसियत तथा अधिकार प्राप्त गर्न सकेका थिएनन् । राष्ट्र संघीय सुरक्षा परिषदमा चीनको स्थायी सदस्यताको प्रयोग ताइवानले गरेको हो, त्यो अवधिभर ।
संसारबाट एक्लिएर बस्नु परेको यही समयमा चीनले आणविक हतियार सम्मको विकास गर्यो । विश्वको सबै भन्दा ठूलो सेना रहेको चीनले सन् १९७० को दशकको अन्त्यबाट थालेको द्रुत प्रगतिको परिणाम अहिले देखिादैछ । अन्तर्राष्ट्रिय मामला तथा अन्य मुलुकको आन्तरिक विषयमा त्यति चासो नराख्ने बेइजिङ्गले अब आफ्नो पुरानो नीति फेरेको अनुभव गरिादैछ । आफ्ना वरिपरिका राष्ट्रहरु मात्र होइन, चिनियाँ शासकहरुको ध्यान एशिया र अफ्रिका, अनि त्यस भन्दा टाढा सम्म पुग्न थालेको देखिादैछ । दक्षिण एशियाका पाकिस्तान, श्रीलंका तथा म्यानमार अनि हिन्द महासागरमा चीनले बढाउादै लगेको रणनीतिक उपस्थितिलाई न्यून आाकलन गर्न मिल्दैन ।
यो प्रदर्शन यसबेला किन ?
चुपचाप बसेर विश्व समुदायलाई सुइाको सम्म नदिई काम गर्ने चीनले अहिले आफ्नो शक्ति देखाएको छ, औपचारिक रुपमा । चीनको सैनिक शक्ति प्रति सामरिक विशेषज्ञहरुले गरेको विश्लेषण चाखलाग्दो पाइएको छ । अहिले चीनले सार्वजनिक गरेको सामरिक शक्ति निकै बलियो रहेको विश्लेषण जानकारहरुले गरेका छन् । तर चीन विश्व महाशक्ति अमेरिका भन्दा अझै पनि धेरै पछाडि छ भन्ने ठोकुवा केही सामरिक विश्लेषकहरुको छ ।
प्राविधिक तथा सामरिक रुपमा महाशक्ति अमेरिकालाई चुनौति दिन सक्ने हैसियतमा चीन पुगेको छैन भन्ने विश्लेषण सामरिक विज्ञहरुको देखिन्छ । वाशिङ्गटनले आफ्ना लागि संभाव्य प्रतिस्पर्धीको रुपमा हेरिराखेको बेइजिङ्गलाई आफ्नो क्षमता तथा विश्व महाशक्तिको सैनिक शक्तिसागको तुलनाका बारेमा ज्ञान नहुने कुरै भएन । चीनको आर्थिक, प्राविधिक तथा सैनिक क्षमता विश्वका अन्य शक्ति राष्ट्रका तुलनामा कहाँ छ, र आफूले शक्ति प्रदर्शन गर्दाको असर के पर्न सक्छ भन्ने विश्लेषण चिनियाँहरुले गरेकै हुनुपर्छ ।
यस परिपे्रक्ष्यमा, चीनले यसबेला नै किन आफ्नो सैनिक शक्ति कति र कस्तो छ भन्ने कुराको जानकारी विश्व समुदायलाई दियो ? आफ्नो सैनिक शक्तिका बारेमा बाहिरी संसारलाई कुनै जानकारी नदिने र गुप्त रुपमा काम गर्ने चिनियाँहरुले कस प्रति लक्षित गरेर यसबेला शक्ति प्रदर्शन गरेका हुन् ? यी प्रश्न महत्वपूर्ण छन् । तर उत्तर पाउन सजिलो छैन ।
चीनको आर्थिक तथा सामरिक क्षमतासाग तुलना गर्न मिल्ने शक्ति एशियामा देखापरेको छैन । आफूलाई क्षेत्रीय शक्ति ठान्ने र विश्व महाशक्ति बन्ने आकांक्षा राख्ने भारत विगत् केही समय यता आफू ठूलै शक्ति भएको देखाउन खोज्दैछ । हालै नयाा दिल्लीले आणविक हतियार समेत बोक्न सक्ने पनडुब्बी सार्वजनिक गर्यो । बम्बैमा भएको आतंककारी हमला पछि पाकिस्तानसाग बढेको तनावका बेला भारतले आफ्ना सञ्चार माध्यम प्रयोग गरेर आफू विश्वकै महाशक्ति हुा भनेझैा गरी हल्लीखल्ली गर्यो । सुरक्षा विश्लेषक तथा भारतीय सेनाका पूर्व उच्च अधिकारीहरु मार्फत् 'भारतको सैनिक क्षमता महान् छ' भन्ने खालको प्रचार भारतीयहरु अझै पनि लगातार गरिराखेका छन् ।
तर भारतीय सैनिक विश्लेषकहरु नै चीनको सामरिक क्षमता भारतको तुलनामा धेरै गुणा बलियो रहेको बताउादैछन् । सन् १९६२ को चीन-भारत सैनिक हैसियतमा अहिले पनि तुलनात्मक रुपमा ठूलो परिवर्तन आउन नसकेको तथ्य भारतीयहरु नै सार्वजनिक गरिराखेका छन् ।
अरुणाचल प्रदेश, अक्साइ-चीन लगायत चीन-भारत सीमा क्षेत्रका सन्दर्भमा चिनियाँहरुबाट अप्रत्यक्ष ढंगले भारतलाई दवाव बढाइादैछ । चीनले सीमा क्षेत्रमा 'घुसपैठ' गर्दैछ भनेर भारतीयहरु भन्दैछन््, यद्यपि सीमा क्षेत्रमा भैराखेका भनिएको गतिविधिका विषयमा चीन र भारत दुबैले औपचारिक रुपमा केही भनेका छैनन् ।
अर्कातिर चीनमाथि पनि दवाव बढेको छ । तिब्बतका मामलामा नेपाली भूमिको दुरुपयोग गरी चीन विरुद्धका गतिविधि दिन प्रति दिन बढाउादै लगिएको छ । र यो पृथकतावादी षडयन्त्रमा भारतको समेत हात छ भन्ने चिनियाँहरुको बुझाइ रहेको पाइन्छ । पश्चिम चीनको उइगुर लगायतका क्षेत्रमा चीनमाथि अर्को दवाव सिर्जना गरिादैछ । ताइवानको मुद्दालाई कुनै पनि बेला चर्काएर बेइजिङ्गमाथि थप चाप सिर्जना गर्ने गरी राखिएको छ ।
यो समग्र परिदृश्यमा चीनले अहिले गरेको सैनिक प्रदर्शनलाई हेर्नु उपयुक्त हुन्छ । अर्को शब्दमा, चीन आफ्ना विरुद्ध भैराखेको अनेक प्रकारका गतिविधि प्रति अनभिज्ञ छ्रैन, र ऊ परिआएको खण्डमा 'जे सुकै गर्न तयार तथा सक्षम छ' भन्ने सन्देश बेइजिङ्गले दिन खोजेको बुझिन्छ ।
यस सन्दर्भमा, राजनीतिक अन्योलमा रुमलिइराखेको नेपालले चनाखो भएर स्थितिको सही विश्लेषण गर्नु र आफ्नो राष्ट्रिय हितको पक्षमा सचेत रहनु अति आवश्यक छ ।
deepakgajurel12@gmail.com
(गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ ।)
Views : 18331 times | Last Updated : Oct 9 2009 Friday 05:35:26 AM
Other Articles
पूर्वराजा ज्ञानेन्द्रलाई फेरि सुझाव: वाम
पूर्वराजा ज्ञानेन्द्रका दाजु स्व. राजा वीरेन्द्रसँगको औपचारिक भेटघाटले उहाँसँग सामीप्य बढ्दै गयो । संवैधानिक राजाकै अवस्थामा मेरो वहासँग चिनजान भएको थियो । उहाँको शालीन व्यक्तित्व मलाई मन पथ्र्यो । अधिकांशतः मेरो भेटघाट राजाले विभिन्न नेताहरूसँग भेट्ने परम्परा अनुरूप नै हुने गथ्र्यो । अन्तिमतिर भने कहिलेकाहीँ मैले भेट्न चाहँदा भेट पाएको थिएँ । त्यस्ता भेटमा पनि मैले कहिल्यै व्यक्तिगत विषयमा छलफल गरिनँ ।
नेपाल र हिन्दु धर्म: लेक योन्जन
हिन्दु धर्मवलम्बीहरुको महान चाड वडा दशैं र तिहार सुरुवात हुँदैछ । नेपाल २०६३ साल जेठ ४ गते बाट अन्तरिम संसदद्धारा धर्मनिरपेक्ष घोषणा भईसकेको मुलुक हो ।
मेरो मुटुको अप्रेसन - यथार्थता र अनुभूतिहर
म ३ मे, २००९ (बैसाख २० २०६६) आइतवार बेलुकी स्वास्थ्य चेकअपको लागि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंको इमर्जेन्सीमा पुगेको थिए । यस केन्द्रका डा. युवराज लिम्बूको सक्रियतामा विविध जाँच पछि अवलोकनार्थ मलाई सिसियु (CCU - Cardinal Care Unit) मा भर्ना हुन सल्लाह दिए अनुसार भर्ना भए । मे ७ को विहान एनजिओग्राफ मार्फत् जाँच भयो र ११ मे (२८ बैशाख) सोमबारका दिन विहान मेरो मुटुको सल्यक्रिया सम्पन्न भयो । यसपछि १७ मे मा डिसचार्ज भयो र २४ मे का दिन बाँकी रहेका टाँका काटने कार्य पनि सम्पन्न भएको छ । अब एक महिनापछि अर्थात् २६ जुन शुक्रबारका दिन अस्पतालमा जानु छ र सोही दिनदेखि मेडिकल डाक्टरको निर्देशनमा औषधी खानु पर्नेछ ।
'ताम्बा सालिङ', 'ताम् सालिङ' र 'तामाङ सालिङ' शब्
तपाईंहरूलाई थाहै छ तामाङहरूले 'तामाङ राज्य'को पर्यायको रूपमा (क) 'ताम्बासालिङ', (ख) 'ताम्सालिङ' र (ग) 'तामाङसालिङ' जस्ता तामाङ शब्दावलीको प्रयोग गर्न थालेका छन् । माथिका तीनै शब्दावलीमा 'सालिङ' शब्द साझा शब्दको रूपमा स्थापित छ । यस लेखनमा मूलतः 'तामाङ राज्य'को लागि प्रयुक्त हुन थालेका तामाङ शब्दावलीहरूको भाषावैज्ञानिक विश्लेषण प्रस्तुत गरी अन्त्यमा तामाङ मनोविज्ञानबारे आपना केही अवधारणाहरू प्रस्तुत गर्नेछु ।