Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
 Detail Article
चिनियाँ शक्ति प्रदर्शनको सन्देश

-दीपक गजुरेल

हाम्रो उत्तरी छिमेकी चीनले कम्यूनिष्ट शासन सञ्चालनको ६० वर्ष पूरा गरेको छ । कम्यूनिष्ट पार्टीले गरेको क्रान्ति सफल भएको घोषणा गरिएको दिन अक्टूबर एकमा बेइजिङ्गमा भव्य समारोह आयोजना गरी चीनले आफ्नो विकास, प्रगति र शक्तिको झलक देखायो । सर्वहारा वर्गको अधिनायकवादी शासन रहेको चीनले छोटो अवधिमा आश्चर्यजनक गतिमा प्रगति गर्दैछ भन्ने यो प्रदर्शनबाट देखियो ।

चीनको शक्ति प्रदर्शनः
चीनको आर्थिक विकासको उदाहरण विश्व बजारमा उसको उपस्थितिले देखाइराखेको छ । विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको सरकारलाई समेत सयौँ अर्ब डलर ऋण दिन सक्ने हैसियत चिनियाँ शासकहरुले बनाएका छन् ।

माओको नेतृत्वमा सन् १९४९ मा क्रान्ति सफल भएर चीनमा कम्यूनिष्ट पार्टीको शासन स्थापना हुनु अघि सम्म चीनलाई 'अफिमचीको देश' भनेर चिनिन्थ्यो । तर एउटा अनुशासित शासन प्रणालीले काम गर्न थालेपछि त्यो समाज र राष्ट्र प्रगतिको बाटोमा अघि बढ्यो । र आज चीन आर्थिक मात्र होइन, प्राविधिक र सामरिक क्षेत्रमा पनि विश्वको एउटा बलियो शक्ति बन्न सफल भएको छ ।

राष्ट्रिय दिवसको रुपमा प्रत्येक १० वर्षमा चीनले यस्तै समारोह आयोजना गर्दै आएको छ । तर यस पल्टको समारोह यस अघिका भन्दा भिन्न रहेको पाइयो । यस वर्ष चीनले आफूले गरेको आर्थिक, प्राविधिक प्रगतिका साथै आफ्नो सैनिक क्षमता समेत देखायो । त्यो देश भित्र के हुादैछ र चिनियाँहरु के गर्दैछन् भन्ने बारेमा बाहिरी संसारलाई कहिल्यै केही जानकारी नदिने विगत्को प्रवृत्ति विपरित यसपाली चीनले आफू कति शक्तिशाली छु भन्ने कुरा विश्व समुदायलाई देखाउने काम गर्‍यो ।

चीनले गरेको आर्थिक प्रगतिका बारेमा केही मात्रामा विश्व समुदाय जानकार रहेको भए पनि बेइजिङ्गले सैनिक शक्तिको क्षेत्रमा प्राप्त गरेको उपलब्धिका बारेमा लगभग शून्य ज्ञानको अवस्था थियो । आफ्नो भूमिबाटै पृथ्वीको जुनसुकै ठाउामा मार हान्न सक्ने क्षमताको अन्तरमहाद्विपीय क्षेप्यास्त्र चीनसाग छ भन्ने अनुमान यस अघि नगरिएको होइन । तर आणविक हतियारले सुसज्जित् चिनियाँ सेनासाग के कस्ता र कति क्षमताका हतियार छन् भन्ने कुराको जनाउ अहिले चिनियाँहरुले दिएका छन् ।

सन् १९४९ देखि सन् १९७२ सम्म विश्व समुदायबाट अलग र एक्लो रहन बाध्य थियो चीन । संयुक्त राष्ट्र संघको स्थायी सदस्य भएर पनि बेइजिङ्गका शासकले त्यो हैसियत तथा अधिकार प्राप्त गर्न सकेका थिएनन् । राष्ट्र संघीय सुरक्षा परिषदमा चीनको स्थायी सदस्यताको प्रयोग ताइवानले गरेको हो, त्यो अवधिभर ।

संसारबाट एक्लिएर बस्नु परेको यही समयमा चीनले आणविक हतियार सम्मको विकास गर्‍यो । विश्वको सबै भन्दा ठूलो सेना रहेको चीनले सन् १९७० को दशकको अन्त्यबाट थालेको द्रुत प्रगतिको परिणाम अहिले देखिादैछ । अन्तर्राष्ट्रिय मामला तथा अन्य मुलुकको आन्तरिक विषयमा त्यति चासो नराख्ने बेइजिङ्गले अब आफ्नो पुरानो नीति फेरेको अनुभव गरिादैछ । आफ्ना वरिपरिका राष्ट्रहरु मात्र होइन, चिनियाँ शासकहरुको ध्यान एशिया र अफ्रिका, अनि त्यस भन्दा टाढा सम्म पुग्न थालेको देखिादैछ । दक्षिण एशियाका पाकिस्तान, श्रीलंका तथा म्यानमार अनि हिन्द महासागरमा चीनले बढाउादै लगेको रणनीतिक उपस्थितिलाई न्यून आाकलन गर्न मिल्दैन ।

 यो प्रदर्शन यसबेला किन ?

चुपचाप बसेर विश्व समुदायलाई सुइाको सम्म नदिई काम गर्ने चीनले अहिले आफ्नो शक्ति देखाएको छ, औपचारिक रुपमा । चीनको सैनिक शक्ति प्रति सामरिक विशेषज्ञहरुले गरेको विश्लेषण चाखलाग्दो पाइएको छ । अहिले चीनले सार्वजनिक गरेको सामरिक शक्ति निकै बलियो रहेको विश्लेषण जानकारहरुले गरेका छन् । तर चीन विश्व महाशक्ति अमेरिका भन्दा अझै पनि धेरै पछाडि छ भन्ने ठोकुवा केही सामरिक विश्लेषकहरुको छ ।

प्राविधिक तथा सामरिक रुपमा महाशक्ति अमेरिकालाई चुनौति दिन सक्ने हैसियतमा चीन पुगेको छैन भन्ने विश्लेषण सामरिक विज्ञहरुको देखिन्छ । वाशिङ्गटनले आफ्ना लागि संभाव्य प्रतिस्पर्धीको रुपमा हेरिराखेको बेइजिङ्गलाई आफ्नो क्षमता तथा विश्व महाशक्तिको सैनिक शक्तिसागको तुलनाका बारेमा ज्ञान नहुने कुरै भएन । चीनको आर्थिक, प्राविधिक तथा सैनिक क्षमता विश्वका अन्य शक्ति राष्ट्रका तुलनामा कहाँ छ, र आफूले शक्ति प्रदर्शन गर्दाको असर के पर्न सक्छ भन्ने विश्लेषण चिनियाँहरुले गरेकै हुनुपर्छ ।

यस परिपे्रक्ष्यमा, चीनले यसबेला नै किन आफ्नो सैनिक शक्ति कति र कस्तो छ भन्ने कुराको जानकारी विश्व समुदायलाई दियो ? आफ्नो सैनिक शक्तिका बारेमा बाहिरी संसारलाई कुनै जानकारी नदिने र गुप्त रुपमा काम गर्ने चिनियाँहरुले कस प्रति लक्षित गरेर यसबेला शक्ति प्रदर्शन गरेका हुन् ? यी प्रश्न महत्वपूर्ण छन् । तर उत्तर पाउन सजिलो छैन ।

चीनको आर्थिक तथा सामरिक क्षमतासाग तुलना गर्न मिल्ने शक्ति एशियामा देखापरेको छैन । आफूलाई क्षेत्रीय शक्ति ठान्ने र विश्व महाशक्ति बन्ने आकांक्षा राख्ने भारत विगत् केही समय यता आफू ठूलै शक्ति भएको देखाउन खोज्दैछ । हालै नयाा दिल्लीले आणविक हतियार समेत बोक्न सक्ने पनडुब्बी सार्वजनिक गर्‍यो । बम्बैमा भएको आतंककारी हमला पछि पाकिस्तानसाग बढेको तनावका बेला भारतले आफ्ना सञ्चार माध्यम प्रयोग गरेर आफू विश्वकै महाशक्ति हुा भनेझैा गरी हल्लीखल्ली गर्‍यो । सुरक्षा विश्लेषक तथा भारतीय सेनाका पूर्व उच्च अधिकारीहरु मार्फत् 'भारतको सैनिक क्षमता महान् छ' भन्ने खालको प्रचार भारतीयहरु अझै पनि लगातार गरिराखेका छन् ।

तर भारतीय सैनिक विश्लेषकहरु नै चीनको सामरिक क्षमता भारतको तुलनामा धेरै गुणा बलियो रहेको बताउादैछन् । सन् १९६२ को चीन-भारत सैनिक हैसियतमा अहिले पनि तुलनात्मक रुपमा ठूलो परिवर्तन आउन नसकेको तथ्य भारतीयहरु नै सार्वजनिक गरिराखेका छन् ।

अरुणाचल प्रदेश, अक्साइ-चीन लगायत चीन-भारत सीमा क्षेत्रका सन्दर्भमा चिनियाँहरुबाट अप्रत्यक्ष ढंगले भारतलाई दवाव बढाइादैछ । चीनले सीमा क्षेत्रमा 'घुसपैठ' गर्दैछ भनेर भारतीयहरु भन्दैछन््, यद्यपि सीमा क्षेत्रमा भैराखेका भनिएको गतिविधिका विषयमा चीन र भारत दुबैले औपचारिक रुपमा केही भनेका छैनन् ।

अर्कातिर चीनमाथि पनि दवाव बढेको छ । तिब्बतका मामलामा नेपाली भूमिको दुरुपयोग गरी चीन विरुद्धका गतिविधि दिन प्रति दिन बढाउादै लगिएको छ । र यो पृथकतावादी षडयन्त्रमा भारतको समेत हात छ भन्ने चिनियाँहरुको बुझाइ रहेको पाइन्छ । पश्चिम चीनको उइगुर लगायतका क्षेत्रमा चीनमाथि अर्को दवाव सिर्जना गरिादैछ । ताइवानको मुद्दालाई कुनै पनि बेला चर्काएर बेइजिङ्गमाथि थप चाप सिर्जना गर्ने गरी राखिएको छ ।

यो समग्र परिदृश्यमा चीनले अहिले गरेको सैनिक प्रदर्शनलाई हेर्नु उपयुक्त हुन्छ । अर्को शब्दमा, चीन आफ्ना विरुद्ध भैराखेको अनेक प्रकारका गतिविधि प्रति अनभिज्ञ छ्रैन, र ऊ परिआएको खण्डमा 'जे सुकै गर्न तयार तथा सक्षम छ' भन्ने सन्देश बेइजिङ्गले दिन खोजेको बुझिन्छ ।

यस सन्दर्भमा, राजनीतिक अन्योलमा रुमलिइराखेको नेपालले चनाखो भएर स्थितिको सही विश्लेषण गर्नु र आफ्नो राष्ट्रिय हितको पक्षमा सचेत रहनु अति आवश्यक छ ।

deepakgajurel12@gmail.com
(गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ ।)

Views : 18331 times | Last Updated : Oct 9 2009 Friday 05:35:26 AM

Other Articles
पूर्वराजा ज्ञानेन्द्रलाई फेरि सुझाव: वाम
पूर्वराजा ज्ञानेन्द्रका दाजु स्व. राजा वीरेन्द्रसँगको औपचारिक भेटघाटले उहाँसँग सामीप्य बढ्दै गयो । संवैधानिक राजाकै अवस्थामा मेरो वहासँग चिनजान भएको थियो । उहाँको शालीन व्यक्तित्व मलाई मन पथ्र्यो । अधिकांशतः मेरो भेटघाट राजाले विभिन्न नेताहरूसँग भेट्ने परम्परा अनुरूप नै हुने गथ्र्यो । अन्तिमतिर भने कहिलेकाहीँ मैले भेट्न चाहँदा भेट पाएको थिएँ । त्यस्ता भेटमा पनि मैले कहिल्यै व्यक्तिगत विषयमा छलफल गरिनँ ।


नेपाल र हिन्दु धर्म: लेक योन्जन
हिन्दु धर्मवलम्बीहरुको महान चाड वडा दशैं र तिहार सुरुवात हुँदैछ । नेपाल २०६३ साल जेठ ४ गते बाट अन्तरिम संसदद्धारा धर्मनिरपेक्ष घोषणा भईसकेको मुलुक हो ।


मेरो मुटुको अप्रेसन - यथार्थता र अनुभूतिहर&#
म ३ मे, २००९ (बैसाख २० २०६६) आइतवार बेलुकी स्वास्थ्य चेकअपको लागि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंको इमर्जेन्सीमा पुगेको थिए । यस केन्द्रका डा. युवराज लिम्बूको सक्रियतामा विविध जाँच पछि अवलोकनार्थ मलाई सिसियु (CCU - Cardinal Care Unit) मा भर्ना हुन सल्लाह दिए अनुसार भर्ना भए । मे ७ को विहान एनजिओग्राफ मार्फत् जाँच भयो र ११ मे (२८ बैशाख) सोमबारका दिन विहान मेरो मुटुको सल्यक्रिया सम्पन्न भयो । यसपछि १७ मे मा डिसचार्ज भयो र २४ मे का दिन बाँकी रहेका टाँका काटने कार्य पनि सम्पन्न भएको छ । अब एक महिनापछि अर्थात् २६ जुन शुक्रबारका दिन अस्पतालमा जानु छ र सोही दिनदेखि मेडिकल डाक्टरको निर्देशनमा औषधी खानु पर्नेछ ।


'ताम्बा सालिङ', 'ताम् सालिङ' र 'तामाङ सालिङ' शब्&#
तपाईंहरूलाई थाहै छ तामाङहरूले 'तामाङ राज्य'को पर्यायको रूपमा (क) 'ताम्बासालिङ', (ख) 'ताम्सालिङ' र (ग) 'तामाङसालिङ' जस्ता तामाङ शब्दावलीको प्रयोग गर्न थालेका छन् । माथिका तीनै शब्दावलीमा 'सालिङ' शब्द साझा शब्दको रूपमा स्थापित छ । यस लेखनमा मूलतः 'तामाङ राज्य'को लागि प्रयुक्त हुन थालेका तामाङ शब्दावलीहरूको भाषावैज्ञानिक विश्लेषण प्रस्तुत गरी अन्त्यमा तामाङ मनोविज्ञानबारे आपना केही अवधारणाहरू प्रस्तुत गर्नेछु ।


 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008