Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
 Detail Article
नेपाल र हिन्दु धर्म: लेक योन्जन



नेपाल र हिन्दु धर्म

-लेक योन्जन



  हिन्दु धर्मवलम्बीहरुको महान चाड वडा दशैं र तिहार सुरुवात हुँदैछ । नेपाल २०६३ साल जेठ ४ गते बाट अन्तरिम संसदद्धारा धर्मनिरपेक्ष घोषणा भईसकेको मुलुक हो । फेरी पनि उही पुरानै शैलीको दशैं तिहार मानियो । सञ्चार माध्यम, नेताहरुको भाषण देखि सरकारी कार्यालयहरुमा "नेपालीहरुको महान चाड" भनेर सम्बोधन गरेको देखियो, सुनियो अनि पढियो ।
यसले नेपाल बहुधर्म, बहुसंस्कृति भनेर संबिधानले स्वीकारी सके पनि राज्यले अहिले सम्म स्वीकारेको देखिँदैन । एउटै मात्र धर्मको चाडलाई नेपालीहरुको महान चाड भन्नु अन्य धर्मवलम्बीहरुको मुख्य चाडलाई अपहेलना गर्नु हो । दशैं हिन्दु धर्म बाट उत्पत्ति भएको कुरामा कसैको दुई मत छैन र पनि नेपालीहरुको संस्कृति अवश्य हो । यदि हिन्दुकै महान चाड हो भने हिन्दु धर्म भित्रकै दलित समुदायलाई मन्दिर र सार्वजनिक समारोहहरुमा सहभागी हुन बाट किन वञ्चित गराइन्छ ? महान चाड भनिने दशैको आगमन संगै गाउँ घरमा दर्जीले नयाँ कपडा सिलाउने गर्छ सुनारले नयाँ खुकारी र पातको टपरी सम्म बनाएर दिन्छ । अनि एक थरी उच्च र पवित्र जाति भनिनेले नै त्यही दलितवर्गको हातको सीप प्रयोग गर्छन यस्तो ठुलो जात र सानो जात भनिने संस्कार एउटा धर्म निरपेक्ष र नयाँ नेपाल बनाउने युवा पुस्ताले तिरस्कार गर्न सकिदैन ? अर्को तिर हिन्दु मन्दिरहरुलाई पशु बलि दिएर मारकाट होईन शान्ति र अहिंसाको पवित्र स्थल बनाउनु पर्छ । वलि प्रथा भनेको पुरातन र संकुचित संस्कार हो । अनि जनमानसमा यो पनि सोच्ने गरेको छ कि दशैं तिहार भनेको जुवा तास खेल्ने जाँड रक्सी खाने पशू पंछी मारकाट गर्ने र मासु खाने भन्ने आम भावना भईसकेको छ । दशैं यदि नेपालको महान चाड हुनुलाई पराम्परागत केही संस्कारहरुलाई र हिन्दु कट्टरपन्थीहरुको नस्लीय बोध संसोधन गर्नै पर्छ ।
राष्ट्रको ढुकुटी बाट कर्मचारीहरुलाई दशैंै पेश्की भनेर बाँडिन्छ । महान चाडको नाममा दशैं मानउन नसक्ने गरिबहरुको लागि भनेर मन्त्री, सांसदहरुको तोक आदेश र सिफारीसको आधारमा गृह मन्त्रालय बाट रकम उपलब्ध गरिन्छ । तर त्यो रकम कार्णालीका वर्ष दिनमा एक दिन चामल देख्न पाउने जनताले पाउँदैनन् । जो मन्त्री नेता र पार्टी कार्यकर्ताहरुको खल्ती भर्ने काम हुन्छ । दशैं तिहारको अगामनसंगै शैक्षिक संघ संस्था, अफिस कार्यालयहरु १५ दिन बिदा गरिन्छ । तर अन्य धर्मका मुख्य चाडहरुमा न त यसरी राष्ट्रको ढुकुटी बाट सहयोग रकम बाँडिन्छ न त एक दिन भए पनि सरकारी बिदा हुन्छ । भर्खरै मुसालमानहरुको महान चाड इदमा राज्यले एकदिन पनि छुट्टी घोषणा गरिएन । अब इसाईहरुको महान चाड क्रिसमस र बौद्ध धर्मवलम्बीहरुको ल्होछार पनि आउँदै छन् ।
       दशैंलाई नेपालीहरुको महान चाड बनाईने हो भने अन्य धर्मवलम्बीहरुको मुख्य चाडपर्वहरुलाई पनि राज्यले समान व्यवहार गरिनु पर्छ । विश्वको एकमात्र हिन्दु अधिराज्य नेपाल धर्मनिरपेक्ष भएको कारण केही नेपाल र भारतीय हिन्दुकट्टरपन्थीहरुलाई पच्न सकेको छैन । त्यसैको परिणाम हो कपिलवस्तुमा घटेको दु:खद घटना र तराई आन्दोलन । तराईवासीहरुको माग समय सान्दर्भिक छ तर त्यस आन्दोलनमा केही दरवारियाहरु र भारतीय कट्टरपन्थीहरुका साथमा माओवादीका बिद्रोही लडाकुहरुको घुसपेस भएको मात्र हो ।
२०३१ सालमा राजा बिरेन्द्रले शान्ति क्षेत्र नेपालको प्रास्ताव राख्द विश्वका अन्य धेरै राष्ट्रहरुको समर्थन प्राप्त भयो तर तिनै हिन्दु धर्मको रक्षा गर्ने भन्ने छिमिकी राष्ट्र भने मौन रहृयो । साँच्चै नै सोच्ने हो भने हाम्रो दक्षिण छिमिकीको नेपाल प्रति हेर्ने दृष्टिकोण अर्को सिक्किम र भुटान भएको नेपाल हेर्न चाहन्छन् । त्यसैले नेपालमा सामाजिक, सांस्कृतिक, राजनितिक, रक्षा, व्यापार, आपूर्ति, आर्थिक, धार्मिक जस्ता हरेक कुरामा न्यानो हस्तक्षेप भईराखेको छ । त्यसैले नेपाललाई कहिल्यै पनि कृष्ण प्रषाद भट्टराईको सिङ्गापुर र क.प्रचण्डको स्विजरल्याण्ड बनाउने सपना पुरा हुन दिने छैन । अन्त्यमा मेरो लेख हि
न्दु धर्म र छिमिकीको बिरोध गर्न खोजेको होईन मात्र हामीलाई छिमिकीबाट छिमिकीको व्यवहार र राज्यबाट समान व्यवहार खोजेको मात्र हो । अन्तमा: हामी आत्मा निर्भर नभए सम्म परनिर्भर हुनु पर्छ । तर दासत्व स्वीकारेर स्वाभिमान, स्वविवेक र बुद्धिबन्धक राखेर होईन । यसले राष्ट्रलाई विभिन्न धर्म, भाषा, जाति, मधेशी, पहाडी, सबै वर्गलाई हाम्रो भन्ने भावना जाग्छ
Views : 19972 times | Last Updated : Sep 11 2009 Friday 10:55:57 AM

Other Articles
पूर्वराजा ज्ञानेन्द्रलाई फेरि सुझाव: वाम
पूर्वराजा ज्ञानेन्द्रका दाजु स्व. राजा वीरेन्द्रसँगको औपचारिक भेटघाटले उहाँसँग सामीप्य बढ्दै गयो । संवैधानिक राजाकै अवस्थामा मेरो वहासँग चिनजान भएको थियो । उहाँको शालीन व्यक्तित्व मलाई मन पथ्र्यो । अधिकांशतः मेरो भेटघाट राजाले विभिन्न नेताहरूसँग भेट्ने परम्परा अनुरूप नै हुने गथ्र्यो । अन्तिमतिर भने कहिलेकाहीँ मैले भेट्न चाहँदा भेट पाएको थिएँ । त्यस्ता भेटमा पनि मैले कहिल्यै व्यक्तिगत विषयमा छलफल गरिनँ ।


चिनियाँ शक्ति प्रदर्शनको सन्देश
हाम्रो उत्तरी छिमेकी चीनले कम्यूनिष्ट शासन सञ्चालनको ६० वर्ष पूरा गरेको छ । कम्यूनिष्ट पार्टीले गरेको क्रान्ति सफल भएको घोषणा गरिएको दिन अक्टूबर एकमा बेइजिङ्गमा भव्य समारोह आयोजना गरी चीनले आफ्नो विकास, प्रगति र शक्तिको झलक देखायो । सर्वहारा वर्गको अधिनायकवादी शासन रहेको चीनले छोटो अवधिमा आश्चर्यजनक गतिमा प्रगति गर्दैछ भन्ने यो प्रदर्शनबाट देखियो ।


मेरो मुटुको अप्रेसन - यथार्थता र अनुभूतिहर&#
म ३ मे, २००९ (बैसाख २० २०६६) आइतवार बेलुकी स्वास्थ्य चेकअपको लागि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंको इमर्जेन्सीमा पुगेको थिए । यस केन्द्रका डा. युवराज लिम्बूको सक्रियतामा विविध जाँच पछि अवलोकनार्थ मलाई सिसियु (CCU - Cardinal Care Unit) मा भर्ना हुन सल्लाह दिए अनुसार भर्ना भए । मे ७ को विहान एनजिओग्राफ मार्फत् जाँच भयो र ११ मे (२८ बैशाख) सोमबारका दिन विहान मेरो मुटुको सल्यक्रिया सम्पन्न भयो । यसपछि १७ मे मा डिसचार्ज भयो र २४ मे का दिन बाँकी रहेका टाँका काटने कार्य पनि सम्पन्न भएको छ । अब एक महिनापछि अर्थात् २६ जुन शुक्रबारका दिन अस्पतालमा जानु छ र सोही दिनदेखि मेडिकल डाक्टरको निर्देशनमा औषधी खानु पर्नेछ ।


'ताम्बा सालिङ', 'ताम् सालिङ' र 'तामाङ सालिङ' शब्&#
तपाईंहरूलाई थाहै छ तामाङहरूले 'तामाङ राज्य'को पर्यायको रूपमा (क) 'ताम्बासालिङ', (ख) 'ताम्सालिङ' र (ग) 'तामाङसालिङ' जस्ता तामाङ शब्दावलीको प्रयोग गर्न थालेका छन् । माथिका तीनै शब्दावलीमा 'सालिङ' शब्द साझा शब्दको रूपमा स्थापित छ । यस लेखनमा मूलतः 'तामाङ राज्य'को लागि प्रयुक्त हुन थालेका तामाङ शब्दावलीहरूको भाषावैज्ञानिक विश्लेषण प्रस्तुत गरी अन्त्यमा तामाङ मनोविज्ञानबारे आपना केही अवधारणाहरू प्रस्तुत गर्नेछु ।


 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008