Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
 Detail Article
मेरो मुटुको अप्रेसन - यथार्थता र अनुभूतिहर&#
हालै मेरो मुटुको सल्यक्रिया (बाइपास र्सजरी) सम्पन्न भएको छ । म ३ मे, २००९ (बैसाख २० २०६६) आइतवार बेलुकी स्वास्थ्य चेकअपको लागि हिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंको इमर्जेन्सीमा पुगेको थिए । यस केन्द्रका डा. युवराज लिम्बूको सक्रियतामा विविध जाँच पछि अवलोकनार्थ मलाई सिसियु (CCU - Cardinal Care Unit) मा भर्ना हुन सल्लाह दिए अनुसार भर्ना भए । मे ७ को विहान एनजिओग्राफ मार्फत् जाँच भयो र ११ मे (२८ बैशाख) सोमबारका दिन विहान मेरो मुटुको सल्यक्रिया सम्पन्न भयो । यसपछि १७ मे मा डिसचार्ज भयो र २४ मे का दिन बाँकी रहेका टाँका काटने कार्य पनि सम्पन्न भएको छ । अब एक महिनापछि अर्थात् २६ जुन शुक्रबारका दिन अस्पतालमा जानु छ र सोही दिनदेखि मेडिकल डाक्टरको निर्देशनमा औषधी खानु पर्नेछ ।

 

माथि भनिए झै डा. युवराज लिम्बूको पहलमा नै ७ मे, विहिबारको विहान एनजिओग्राफबाट मेरो मुटुको जाँच भयो र सो एनजिओग्राफको रिपोर्ट अनुसार अप्रेसन अतिछिटो गर्न आवश्यक देखिएपछि डा. लिम्बूलेर्जिकल डाक्टरको टिमलाई सल्यक्रियाको लागि हस्तान्तरण गरेछन् । सोही दिन साँझ सर्जन डा. रामेश कोइरालाको टोलीले मेरो अगाडि नै परिवारका सदस्यहरू- कान्छा छोरा गेसाङ (सजक), छोरी साङमो र भतिजो तेजलाल योन्जनलाई निम्न कुरा भनेका थिए - 

 

(१) आउँदो सोमबार विहान ६ बजे तपाईको मुटुको बाइपास अप्रेसन हुन्छ । यस प्रकारको अप्रेसन ९५% सफल भएको छ, सफल हुन्छ । असफलताको सम्भावना ५% मात्र हुन्छ ।

(२) मुटुको मूल नसामा रगतको ढिक्का देखिएकोले यसको लागि अप्रेसन गरिनेछ र यसका लागि देब्रे खुट्टाको नसा काटेर डाभर्सन बनाउनु पर्ने हुन्छ ।

(३) यो अप्रेसन आउँदो १५ वर्षसम्मका लागि हुनेछ र केही थप वर्षरोगीको खानपिनको व्यवहारमा निर्भर हुनेछ । पछि पुनि अप्रेसन गर्न सकिनेछ ।

(४) मुटुरोग विशेषज्ञको सल्लाह र निर्देशनमा जीवनभरि औषधी खानु पर्नेछ ।  

(५) अप्रेसन कक्षमा पुग्दासम्म पनि हर्ट अटयाक हुन सक्ने सम्भावना रहन्छ । यो अवधि जोखिमपूर्ण छ । यस अवस्थामा हामी केही गर्न सक्दैनौं ।

(६) अप्रेसनको लागि 'बी पोजिटिभ' भएको ५ पोका ताजा रगत चाहिन्छ र थप २ जनालाई स्टान्डबाइ राख्नु पर्नेहुन्छ । अप्रेसन अगाडि नै रगतको म्याच गरिसकेर तयारी अवस्थामा हुनुपर्छ ।

(७) आइतवार सम्ममा १ लाख ८० हजार रुपिया जम्मा गर्नु पर्नेछ आदि आदि ।

 

यत्ति भने पछि डाक्टरको टोली हिडयो । छोरा गेसाङले डाक्टरले भनेका पहिलो २/३ हरफ पनि सुन्न सकेन र भावुक भएर ऊ बाहिर निस्केको थियो । मैले छोरी साङमोलाई भने - 'आवश्यक पैसा र रगतको व्यवस्था गर ।' रगतको लागि ५ जना सक्रिय आफन्तको नाम टिपाए अनि भने - 'उनीहरूलाई जिम्मेवारी दिए रगतको लागि सहयोग गर्छ ।' अन्य कुनै राय सल्लाह दिइन र कुराकानी पनि गरिन । 

 

मेरो कठीनतम् क्षण भनेको विहिबार बेलुकीदेखि सोमबार विहानसम्मको अवधि रहयो । र्सजन डा. रामेशले मेरै अगाडि सो अवधिमा कुनै पनि बेला हर्ट अटयाक (हृदयाघात) हुन सक्दछ भनेका थिए । म चुपचाप बेडमा पल्टेर सोमबार पर्खी रहे । यताउता हिडडुल गर्न सम्भवै भएन । यस अवधिमा विभिन्न प्रकारका विचारहरू मनमा आइनै रहे पनि कुनै पनि विचारलाई जम्न दिइन । क्षणक्षणमानै उडाइ रहे । शारीरिक चहलपहल हुँदा वा मनमा कुरा खेलाउदाँ अर्थात् मानसिक तनाव भएर हृदयाघात हुने खतरा जो थियो । शान्त रहने प्रयास गरे । हृदयाघात भनेको मुटुको नसा पुरै वन्द हुने अवस्था रहेछ ।

डाक्टरको भनाइबाट परिवारका सदस्यहरूलाई के कस्तो प्रभाव पर्‍यो मैले सोचिन र सोधिन पनि । सो अवधिमा मैले मानसिक तनाव बढाउनु ठीक थिएन । पछि (अहिले) थाहा पाएँ अप्रेशनको कुराले परिवारमा निकै ठूलो झडका लागेछ, डरत्रासले कामे छन् र रुवावाससमेत भएछ । उनीहरूलाई सम्झाउन बुझाउन र आफन्तजन र छिमेकीहरूले निकै सहयोग गरेछन् । जेठो छोरो ग्याल्पो अध्ययनको क्रममा अमेरिकाको वेस्ट भर्जिनियामा रहेकोले उनलाई पनि समयमा सूचना प्रेषित गर्ने आँट गरेनछ र ऊ आफैंले सोधखोज गर्दा पनि प्रष्ट जानकारी दिएनछ र अप्रेसनको सफलता पछि मात्र यथार्थ जानकारी दिएछन् । 

अप्रेसनको लागि आवश्यक रकम परिवारजनले समयमै जुटाएछन् । रगतको लागि साथीहरूले निकै सक्रियता देखाएछन् । धेरै आफन्त मित्रहरू रगत दिन तयार भएका रहेछन् । अप्रेसनको दिन ठूलो संख्यामा परिवारका सदस्यहरू, आफन्तहरू, शुभचिन्तकहरू भेला भएर, धार्मिक स्थलहरूमा समेत गएर मंगलमय शुभकामना व्यक्त गरेका रहेछन् । सोमबार विहान ६:०० नबज्दै मलाई अप्रेसन हलतिर लादा नै कतिपय आफन्तलाई मैले भेटेको थिए ।

प्रेसका मित्रहरू विशेष गरी बुद्ध योन्जन (सगरमाथा एफएम), विष्णु मोक्तान (तामाङ समाज डटकम) र प्रदीप थापामगर (यूएस नेपाल अनलाइन डटकम) ले महत्वपूर्ण भूमिका निर्वाह गरेका रहेछन् । उनीहरूले आ-आफ्ना मिडियाबाट मेरो विरामीको सूचना र मैले पुर्‍याएको योगदानको व्याख्यासहित प्रशारण र प्रकाशन गरेका रहेछन् र धेरैजसो आफन्तजन र सहकर्मीहरूले सञ्चारका यीनै माध्यमबाट मेरो स्वास्थ्यको बारेमा थाहा पाएछन् र पछि केहीले फोन मार्फ थप जानकारी पनि लिएछन् । विशेषगरी लामो समयदेखि सम्पर्कविहिन अवस्थामा जापानमा रहेका मित्र रेख ब्लोनले फोनमार्फ मेरो स्वास्थ्य स्थितिबारे थप जानकारी लिएछन् भने लण्डनमा रहेका जीत प्राख्रिनले अनलाइनमार्फ नै आफ्ना भावना पोखेका रहेछन् ।

 

मेरो हालको कार्यक्षेत्र बहुभाषिक शिक्षा क्षेत्रमा पनि निकै ठूलो झडका परेछ । यस क्षेत्रका मित्रहरू भेटघाटमा आए, आइरहेकाछन् र फोनबाट मेरो स्वास्थ्यको बारेमा जानकारी लिइरहेका छन् र सुस्वास्थ्यको शुभकामनामा व्यक्त गरिरहेका छन् । नेपाल बाहिरका विशेषगरी डा. तोभे स्कुटनाब-काङगास र डा. र्ट फिलिप्सनले निकै चासोका साथ शुभकामना पत्र पठाएका रहेछन् र इना नुरमेलाले फोन गरेर अप्रेशनको सफलताको कामना व्यक्त गरेछन् । विशेष गरी पाइभी आहोनेन निकै सक्रिय भएर सर्वत्र पत्राचार र फोन सम्पर्क बढाएछन् ।

 

विशेष गरी गत तीन दशकदेखि तामाङ पत्रकारिता, भाषा विकास, साहित्य, संस्कृति, सामाजिक संस्था र समाज सेवाको क्षेत्रमा देखिएको मेरो सक्रियता, निरन्तरता र आदिवासी जनजाति सम्वन्धी अध्ययन अनुसन्धान, मातृभाषामा शिक्षाको क्षेत्रमा मेरो संलग्नता र सक्रियताको कदर स्वरुप आफन्तजन र सहयात्री मित्रहरूले मलाई सम्झिराखेका रहेछन् । उनीहरूले अझै पनि धेरै अपेक्षा राखेका रहेछन् मबाट ।

म सिसियुमा रहेको बेलामा पनि मैले सोचेको थिए अप्रेसन पछिको बाँकी समयावधिमा के गर्ने, के लेख्ने - मैले मनमा योजना बुनेको थिए - पहिलो चरणमा अहिलेको अध्ययन र कार्यक्रमलाई निरन्तरता दिने अर्थात् बहुभाषिक शिक्षा, मातृभाषा र आदिवासी अध्ययन तथा संविधानसभामा केन्द्रित हुने, दोस्रो चरणमा कुनै तामाङ गाउँका तामाङ लोकसाहित्यको अध्ययन अनुसन्धानमा केन्द्रित हुने र तेस्रो चरणमा आदिवासी चिन्तन दर्शन (बहुलवादी दर्शन) को अध्ययन र व्याख्यामा केन्द्रित हुने । मूलतः नेपाली लोकजीवनको अध्ययनमा केन्द्रित हुने सोंचे । यी चरणहरू ५/५ वर्षको रहने गरी सोचेको थिए । अहिले पनि म यो सोंचमा छु । हाँलाकि मैले अझै ६ महिना यस्तो गहन सोंच र क्रियाकलापतिर उन्मुख हुनुहुदैन होला ।

अस्पतालको बारेमा पनि केही शब्द लेख्न आवश्यक ठाने । अस्पताल व्यवस्थापन राम्रो, सफा र चुस्त छ । सरसफाइमा नियमित ध्यान दिएको छ । प्रांगणको चौर र फूलबारीको सबैले प्रशंसा गरेको पाएँ । सिसियु र आइसियु (ICU - Intensive Care Unit)  का नर्सहरू तथा सरसफाई गर्ने दिदीहरूले विरामीको नियमित रूपमा हेरचाह, सरसफाइ र पुछपाछ गर्दा रहेछन् र औषधि नियमित खुवाउँदा रहेछन् । नर्सहरू अत्यन्त व्यस्त छन्, एक क्षण पनि उनीहरूलाई फुर्सद देखिन । विरामीको अवस्था हेरी एउटा नर्सलाई एउटादेखि तीन वटासम्म विरामीको जिम्मेवारी दिएको हुँदो रहेछ ।

 

खडकेको कुरा के भने आइसियुमा विरामीले मागेको खाने कुरा समयमा पाउँदो रहेनछ । म आइसियु बसेको दोस्रो दिन विहान ५ बजेतिर नै भोक लागेर मैले खाने कुरा मगाएको थिए र सो खाने कुरा अपरान् २ बजेतिर मात्र पाए । यत्ति सारै भोग लागेको थियो कि मैले ११ बजेतिर मेरो अगाडिको विरामीको खानेकुरा (जुस) मगाएर खाए । पछि यसै कारण एक जना धरानका लिम्बू विरामी पनि दुइदिनमा नै आइसियुबाट सबै प्रकारका उपचार संयन्त्रसहित क्याविनमा सरेको थाहा पाए । मलाई के देख्यो भने नर्सहरू ठूलो रातो फर्ममा के हो भरेको भरेकै गर्दा रहेछन्, एउटा औषधि विरामीको नाउँमा ल्याए पनि वा विरामीलाई कुनै खानेकुरा ल्याए पनि खाने कुरा खुवाउनु भन्दा अगाडि सो फार्ममा भदौ रहेछन् । मलाई लाग्यो त्यो सम्भवतः अप्रेसनमा राखेको डिपोजिट रकमबाट प्रवेश गराएका समानको रकम घटाउदो हो । सोही कारणले कहिलेकाही विरामीलाई खान दिन भुल्दो हो ।

 

त्यत्ति बेला मलाई विकासे योजनाको सम्झना आयो - जुन विकासे कार्यक्रमका कर्मचारीहरू राम्रो प्रतिवेदन बनाउन बढी ध्यान दिन्छन्, व्यस्त हुन्छन् सो कार्यक्रमको गुणस्तर न्यून हुन्छ, समुदायले योजनाको राम्रो फल पाएको हुदैन । उनीहरू जहिले पनि कार्यक्रम सम्पन्न गर्नेतिर बढी उन्मुख हुन्छन्, कार्यक्रमको गुणस्तरतिर कम ध्यान दिन्छन् । नेपालमा धेरैजसो एनजिओ तथा आइएनजिओहरूले यसरी नै विकासे योजना सिध्याएका थिए । मसंग प्रत्यक्ष अनुभव र उदाहरण छ । सम्भवतः नर्सहरू पनि डिपोजिट रकम घटाउन भुल्ने डरले प्रत्येक आइटम प्रवेश गराउनमा नै व्यस्त भएर विरामीको खानाप्रतिको जिम्मेवारी भुलेको जस्तो लाग्यो । मलाई यस्तो लागेको पनि हुनसक्दछ तर विरामीले समयमा नै खान नपाएको भने पक्का हो । म आफैं भुक्तभोगी बने । तसर्थ यसतर्फविरामीका आफन्तहरूले विरामीले समयसमयमा खाना मगायो कि मगाएन र भित्र पठाइसकेको खाना खायो कि खाएन यसप्रति चनाखो हुन आवश्यक छ । यसै गरी अस्पताल पक्ष विशेष गरी डाक्टरहरूले पनि यसतर्फध्यान पुर्‍याउन आवश्यक देखे ।

 

सर्वप्रथम मेरो रोगको बारेमा शंका डा. प्रशन्न पराजुली र डा. निहारिका पराजुलीले गरे । उनीहरूले मेरो रोगको लक्षण सुनेर मलाई गंगालाल अस्पतालमा जान सल्लाह दिए र सोही सल्लाह अनुसार म सोही दिन अस्पताल जान तयार भए । पहिलो पटक बैसाख ७ गते यस रोगको लक्षण ममा देखा परेको थियो, मैले सोही दिनदेखि दुइ/तीन ठाउँमा चेकअप गरेको पनि हो, इसिजि गरेको पनि हो तर पनि &

Views : 23461 times | Last Updated : Jul 3 2009 Friday 10:07:29 AM

Other Articles
पूर्वराजा ज्ञानेन्द्रलाई फेरि सुझाव: वाम
पूर्वराजा ज्ञानेन्द्रका दाजु स्व. राजा वीरेन्द्रसँगको औपचारिक भेटघाटले उहाँसँग सामीप्य बढ्दै गयो । संवैधानिक राजाकै अवस्थामा मेरो वहासँग चिनजान भएको थियो । उहाँको शालीन व्यक्तित्व मलाई मन पथ्र्यो । अधिकांशतः मेरो भेटघाट राजाले विभिन्न नेताहरूसँग भेट्ने परम्परा अनुरूप नै हुने गथ्र्यो । अन्तिमतिर भने कहिलेकाहीँ मैले भेट्न चाहँदा भेट पाएको थिएँ । त्यस्ता भेटमा पनि मैले कहिल्यै व्यक्तिगत विषयमा छलफल गरिनँ ।


चिनियाँ शक्ति प्रदर्शनको सन्देश
हाम्रो उत्तरी छिमेकी चीनले कम्यूनिष्ट शासन सञ्चालनको ६० वर्ष पूरा गरेको छ । कम्यूनिष्ट पार्टीले गरेको क्रान्ति सफल भएको घोषणा गरिएको दिन अक्टूबर एकमा बेइजिङ्गमा भव्य समारोह आयोजना गरी चीनले आफ्नो विकास, प्रगति र शक्तिको झलक देखायो । सर्वहारा वर्गको अधिनायकवादी शासन रहेको चीनले छोटो अवधिमा आश्चर्यजनक गतिमा प्रगति गर्दैछ भन्ने यो प्रदर्शनबाट देखियो ।


नेपाल र हिन्दु धर्म: लेक योन्जन
हिन्दु धर्मवलम्बीहरुको महान चाड वडा दशैं र तिहार सुरुवात हुँदैछ । नेपाल २०६३ साल जेठ ४ गते बाट अन्तरिम संसदद्धारा धर्मनिरपेक्ष घोषणा भईसकेको मुलुक हो ।


'ताम्बा सालिङ', 'ताम् सालिङ' र 'तामाङ सालिङ' शब्&#
तपाईंहरूलाई थाहै छ तामाङहरूले 'तामाङ राज्य'को पर्यायको रूपमा (क) 'ताम्बासालिङ', (ख) 'ताम्सालिङ' र (ग) 'तामाङसालिङ' जस्ता तामाङ शब्दावलीको प्रयोग गर्न थालेका छन् । माथिका तीनै शब्दावलीमा 'सालिङ' शब्द साझा शब्दको रूपमा स्थापित छ । यस लेखनमा मूलतः 'तामाङ राज्य'को लागि प्रयुक्त हुन थालेका तामाङ शब्दावलीहरूको भाषावैज्ञानिक विश्लेषण प्रस्तुत गरी अन्त्यमा तामाङ मनोविज्ञानबारे आपना केही अवधारणाहरू प्रस्तुत गर्नेछु ।


 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008