Browse Menu

  Home

  All News

   Tamang News

  Articles

  Interviews

  Notice Board

  Guest Book

  Photo Gallery

  About Tamang

  Tamang Culture

  About Us

  Board Members

  Members

  Contact Us

› Tamang Links
-› Tamang Samaj.com
-› Tamangs.com
-› Tamang Sewa Kendra
-› Tamang Society UK
-› Lhasso.net
-› Tamang Saling
-› Tamang Society of America
-› Tamang Soc.G. Wasington
-› Boudha Dharma.com
-› Tamang Ghedung
-› Tamang Federation
-› Tamang Assosiation of Korea
› Janajati Links
-› www.yakthungsamaj.com
-› www.tamangsamaj.com
-› www.sherpaworld.com
-› www.janajati.com
-› www.adibashinepal.org
-› www.nefin.org.np
-› www.kirathisathi.com
-› www.tamusamaj.com
-› www.magarsamaj.com
› Online News
-› www.ekantipur.com
-› www.nepalnews.com
-› www.nepalipatra.com
-› www.dainikee.com
-› www.myrepublica.com
-› www.reportersnepal.com
-› www.solidaritynepal.org
-› www.bestcyberzone.com
-› www.freenepal.com
-› www.nepaldubai.com
› Online Television
-› Kantipur Television
-› Avenues Television
-› Sagarmatha Television
-› ABC Television
-› Image Chanels
-› Nepali Chanels
-› Nepali TV UK
› Online FM
-› Kantipur FM
-› Nepal FM
-› Radio Sagarmatha
-› Solu FM
-› Hits FM
-› Gorkha FM
-› BBC Nepali
 Detail Article
'ताम्बा सालिङ', 'ताम् सालिङ' र 'तामाङ सालिङ' शब्&#

- अमृत योन्जन-तामाङ

यस लेखनमा मूलतः 'तामाङ राज्य'को पर्यायको रूपमा प्रयुक्त तामाङ शब्दावली - 'ताम्बासालिङ', 'ताम्सालिङ' र 'तामाङसालिङ' को भाषावैज्ञानिक विश्लेषण गरी यी शब्दावलीहरूको अर्थविस्तार, प्रयोग र ऐतिहासिक पक्षलाई कोट्याइएको छ र राज्यमा तामाङ जातिको पहिचानसहितको उपस्थिति देखाउन सक्ने शब्दावलीको खोजी गरिनुका साथै 'ताम्सालिङ' शब्दावली प्रयोगको मनोवैज्ञानिक पक्षलाई प्रस्तुत गरिएको छ ।

१. परिचय
विगत केही वर्षयता तामाङ तथा गैर-तामाङ मित्रहरूले विशेषगरी लेखक तथा मिडियाकर्मीहरूले' ताम्बासालिङ' तथा 'ताम्सालिङ' को शाब्दिक अर्थ के हो भनेर जिज्ञासा राखेका छन् र 'तामाङ राज्य' शब्दावलीको लागि प्रयुक्त यी शब्दावलीहरूको प्रयोगबारे लेख्नका लागि आग्रह पनि गरेका हुन् तर खै किन हो ममा लिपिवद्ध गर्न जाँगर चलेन । एउटा गोष्ठीमा यसबारे तार्किक छलफल भएको, यसका जिज्ञासु मित्रहरू बढदै गएको र प्रष्ट पार्ने लेख्य सामग्रीहरू पनि नदेखिएको हुनाले यस अभावको परिपूर्तिका लागि त्यसतर्फ उन्मुख भएको छु ।
 
तपाईंहरूलाई थाहै छ तामाङहरूले 'तामाङ राज्य'को पर्यायको रूपमा (क) 'ताम्बासालिङ', (ख) 'ताम्सालिङ' र (ग) 'तामाङसालिङ'  जस्ता तामाङ शब्दावलीको प्रयोग गर्न थालेका छन् । माथिका तीनै शब्दावलीमा 'सालिङ' शब्द साझा शब्दको रूपमा स्थापित छ । यस लेखनमा मूलतः 'तामाङ राज्य'को लागि प्रयुक्त हुन थालेका तामाङ शब्दावलीहरूको भाषावैज्ञानिक विश्लेषण प्रस्तुत गरी अन्त्यमा तामाङ मनोविज्ञानबारे आपना केही अवधारणाहरू प्रस्तुत गर्नेछु ।

२. तामाङ राज्यका लागि प्रयुक्त तामाङ शब्दावली
माथि उल्लेखित  शब्दावलीको वास्तविक अर्थ बुझ्न भन्दा पहिले यिनको शब्दकोशीय अर्थ बुझ्न आवश्यक छ । यी शब्दावलीहरूमा प्रयुक्त शब्दहरूको शब्दकोशीय अर्थ निम्नानुसार रहेको छ -  

ताम् ना. कुरा, कुराकानी, भाषा, संवाद ।
-बा कर्त्ताबोधक चिन्हक (agent marker), काम गर्ने, कर्ता, व्यक्ति ।    
ताम्बा ना. कुराको मेसो प्रारम्भ गर्ने व्यक्ति ।
सा ना. भूई, भूमि, धर्ती ।
लिङ् ना क्षेत्र, सीमाक्षेत्र (territory) ।
सालिङ् ना. भूक्षेत्र, प्रदेश, प्रान्त, राज्य वा राज्यको सीमाक्षेत्र ।
तामाङ ना. तामाङ, तामाङ जाति, सो जातिलाई बुझाउने शब्द ।

यसरी हेर्दा ताम्बा सालिङ ले कुरा प्रारम्भ गर्ने व्यक्तिको भूमि अर्थात् ताम्बाको भूक्षेत्र, ताम्सालिङले कुरा वा भाषाको भूक्षेत्र र तामाङ सालिङले तामाङ जातिको भूक्षेत्र भन्ने अर्थ दिन्छ । पहिलोले व्यक्ति, दोस्रोले भाषा र तेस्रोले जातिलाई अंकित गरेको छ । यसलाई अझ विस्तारका साथ चर्चा गनु आवश्यक छ -

(क) ताम्बासालिङ - भाषावैज्ञानिक दृष्टिमा माथि भनिए झै.'ताम्बा' शब्दको अर्थ कुराको मेसो प्रारम्भ गर्ने व्यक्ति वा प्रवक्ता हुन्छ । तामाङ सामाजमा खेलिने भूमिकाको आधारमा ताम्बालाई सामजिक पहलकर्त्ता वा प्रवक्ता, नेतृत्व प्रदायक, इतिहासकार आदि भन्ने गर्दछन् भने उनीद्वारा व्यक्त विचारको व्यापकता र गहनताको सम्मान गर्दै केहीले दार्शनिक पनि भन्ने गरेका छन् । ताम्बाका व्यक्त विचारलाई'ताम्बा काइतेन' र ताम्बाद्वारा गाइने गीतलाई ताम्बाको गीत भनिन्छ । यी गीतहरू श्रद्धानिष्ठाका साथ समाजिक अनुष्ठानहरूमा गाइन्छ ।  यसरी ताम्बा सालिङ को विस्तारित अर्थ ताम्बाका भूमि, दार्शनिकको भूमि वा नेतृत्वप्रदायको भूमि भन्ने हुन्छ । यसै पृष्ठभूमिको आधारमा ताम्बाको सम्मान गर्दै तामाङ भूक्षेत्रको नाम ताम्बा सालिङ राखेको हुन सक्दछ तर यसको व्याख्या कतै भएको पाइदैन । यस शब्दावलीले धेरै गहन अर्थ बोकेको र तामाङ जातिसंग सम्वन्धित भएको भएता पनि यसले जातिबोध गर्न सकेको छैन र स्रोता तथा पाठकहरूलाई सोध्न वाध्य गराउनदछ कुन जातिको राज्य हो भनेर । सर्वप्रथम नेपाल जनजाति पार्टीले २०४८ तिर आफ्नो घोषणापत्रमा नक्सासहित यो शब्द प्रयोग गरेको थियो । यसपछि गोविन्द न्यौपाने (ई. २०००), राजेन्द्र श्रेष्ठ (२०६३), मङ्गलसिद्धि मानन्धर र साथीहरू (२०६५) र नेपाल आदिवासी पार्टीले यस शब्दावलीको प्रयोग गर्ने गरेको पाइन्छ ।
 
(ख) ताम्सालिङ - भाषाविज्ञानको आँखामा यस शब्दको अर्थ 'कुरा भूक्षेत्र' अर्थात् 'कुराको भूक्षेत्र' (कुरौट भूमि) वा 'भाषा बोलिने क्षेत्र' भन्ने हुन्छ । 'ताम्' शब्दले जुनसुकै जातिले बोल्ने कुरा वा भाषाको संकेत गर्दछ, जस्तै बाइ ताम् (नेवार कुरा), खास ताम् (खस कुरा), मंगर ताम् (मगर कुरा) बोत् ताम् तिब्बती कुरा) आदि । यस शब्दले जातिबोध गर्न सकेको छैन अर्थात् तामाङ शब्द कतै उपस्थित देखिदैन । केही वर्ष अगाडि मात्र यो शब्द क्वाइन (निर्माण) गरिएको हुनाले यसले थप अर्थ बोक्न सकेको छैन । सर्वप्रथम नेपाल तामाङ घेदुङ, काभ्रेले यसै शिर्षकमा स्मारिका (२०६२) प्रकाशित गरेपछि यो शब्द अस्तित्वमा आएको हो । हाल के. वि. गुरुङ (२०६३), परशुराम तामाङ र ताम्सालिङ नेपाल राष्ट्रिय दल आदिले यस शब्दावलीको प्रयोग गर्ने गरेको छ । 
 
ताम्सालिङ शब्दावलीले गैरतामाङभाषी पाठकलाई जिज्ञाशा राख्न उत्प्रेरित गर्दछ - कुन जातिको राज्य भनेर र यस जिज्ञासालाई मेटाउन र अर्थबोध गराउनका विभिन्न व्याख्या प्रस्तुत भएका छन् । यसका सम्वन्धमा हाल मूलतः तीन प्रकारका तर्क देखिएका छन् - 
पहिलो देखिएको व्याख्यात्मक तर्कको आधार - संक्षेपीकरण (Abbreviation) हो । यस तर्क अनुसार English को Eng. Nepali को Nep. जस्तै Tamang को Tam. ताम् हुन्छ भन्नेछ । यस तर्कले सामान्यजनको चित्ता बुझाउन सके पनि केही विज्ञजनको चित्त शान्त पार्न सकेका छैनन् । अंग्रेजी र नेपाली भाषा भारोपेली परिवारको भाषा भएको हुनाले यस भाषाको संरचना बहुअक्षेरीय हुन्छ, दुइ/तीन अक्षर मिलेर मात्र शब्दले अर्थ दिने गर्दछ । उदाहरणको लागि /परिवार/ शब्द तीन अक्षरले बनेको छ - /प-रि-वार्/ । यहाँ प्रत्येक अक्षरले अर्थ बोकेको छैन, संयुक्त रूपमा अर्थात् तीनै वटै अक्षर मिलेर मात्र एउटा अर्थ व्यक्त गरेको छ । तसर्थ इङ्लिसको /इङ./ र नेपालीको /नेप./ले कुनै सार्थक अर्थ बोकेको छैन । त्यस अर्थमा ती संक्षेपीकरण ठीक हुन सक्दछ ।

तर तामाङ भाषा भोट-बर्मेली भाषा परिवारका सदस्य भएकोले संरचना फरक हुन्छ । यस परिवारको भाषामा एकाक्षेरीय संरचना हुने भएकोले प्रत्येक अक्षरले अर्थ बोकेको हुन्छ । तसर्थ तामाङको छोटो रूप 'ताम्' मान्दा (एकाक्षरीय भाषा भएको हुनाले) यसले अर्थ दिन्छ - 'कुरा' वा भाषा' । तसर्थ ताम्सालिङको अर्थ कुराको भुमि हुनु भयो । तामाङ शब्दको संक्षेपीकरण गरेर 'ता' मात्र लेख्ने हो भने पनि यसको अर्थ 'घोडा' हुन्छ र 'तासालिङ' भन्यो भने 'घोडाको भूमि' भन्ने अर्थ लाग्छ ।

यसर्थ नेपाली, अंग्रेजी, हिन्दी भारोपेली भाषाको संरचना र तामाङ भाषाको संरचनामा परिवारगत फरक छ र फरक भएपछि एउटा नियम अर्कोसंग नमिल्ने नै भयो । हिन्दू विवाह र तामाङ विवाह पद्धति वा हिन्दू नारी र तामाङ नारीको समस्यालाई एउटै आँखाले हेरेमा समस्याले निकास पाउन सक्दैन र झन् जटिल बनाउने डर हुन्छ र भएको पनि यस्तै छ । यसर्थ सबै समाजिक सम्पदालाई सामन्यीकरण नगरेर प्रत्येकमा निहित मूल्य-मान्यता खोजिनु आवश्यक छ ।

दोस्रो व्याख्या हो - समास पद्धति (Compound System)। यस पद्धतिका व्याख्या अनुसार तामाङ शब्द खियिएर अर्थात् समास भएर ताम् भएको हो । यस आधारलाई सत्य मान्ने हो भने तामाङ भाषाका आपा (बुबा) शब्द खिइएर /आ/ हुने भो र आमा शब्द पनि खिइएर /आ/ र आङा (वहिनी) पनि /आ/ हुने भयो । त्यसो भएपछि /आ/ भनेको आपा हो कि आमा हो वा आङा कसरी अर्थबोध गर्ने ? यसो  हुदा तामाङ जस्तो प्राकृतिक भाषामा अर्थगत समस्या उत्पन्न हुन्छ, अर्थबोध हुन छोड्छ । तसर्थ कुनै पनि भाषामा ठुटे हुने लेप्रोसी (कोरे) रोग लाग्दैन । तसर्थ /तामाङ/ छोट्टिएर वा समास भएर /ताम्/ हुन सक्दैन । मेरो जानकारी अनुसार हालसम्म कसैले पनि तामाङ समासको अध्ययन गरेको छैन । संस्कृत भाषामा रहेका ६ प्रकारका समास - अव्ययीभाव, कर्मधारय, तत्पुरुप, द्वन्द्व, दिगु र वहुब्रीहि समास हिन्दी हुदै नेपालीमा प्रवेश गरेको हो र यी कुनै पनि समासको नियम वा परिभाषा अनुसार एउटा अर्थपूर्ण शब्द समास भएर फरक अर्थमा परिवर्तन हुदैन । जुनसुकै समासमा शब्दको मुल अर्थ वा आसय कायम रहन्छ । तामाङ शब्दरूपायन (समास प्रद्धति) मा पनि मूल शब्द अर्कै अर्थमा प्रयोग भएको उदाहरण पाइएको छैन ।

हालै तेस्रो व्याख्या पनि अगाडि आएको छ र त्यो व्याख्या राजनीतिक छ । यस अनुसार तामाङहरूको कुनै एक भेलाले ताम्सालिङ शब्दावली पारित गरेको भन्ने छ । यस व्याख्याको बारेमा मेरो कुनै ठोस तर्क छैन, राजनीतिले धेरै काम गर्ने क्षमता राख्दछ र राजनीतिविज्ञानले आपनो परिभाषा 'राजनीतिविज्ञान सबै विज्ञानको विज्ञान हो' भनेर दिएको पाइन्छ । तर राजनीतिविज्ञानको परम्पराले के देखाएको छ भने कुनै पनि विचार वा कानुनी प्रावधान अपरिवर्तनीय हुदैंन । उदाहरणको लागि नेपालमा ६ पटक संविधान (२००४, २००७, २०१५, २०१९, २०४६ र २०६२) बनिसकेको छ र सातौं संविधान बन्ने क्रममा छ । समय अगाडि बढदै जाँदा जनताका विचारहरू जनमुखी भएर खारिन्छन् र परिवर्तन अपरिहार्य हुन्छ र समयसापेक्ष ढंगले अगाडि लम्कनछ । वर्तमान अन्तरिम संविधान पनि दुई वर्षको अवधिमा नै ६ पटक संशोधन भइसकेको हामी सबैलाई थाहै छ । तसर्थ यो तर्क 'जसको लाठी उसैको भैसी' जस्तै हुन खोजिएको भान हुन्छ तर यर्थाथ भनेको यर्थाथ नै हो र स्वीकार्नु पर्छ नै । तामाङहरू यर्थाथपरक प्राज्ञिक हुन्छन् र यर्थाथलाई सहजै अंगाल्दछन् पनि ।  

(ग) तामाङ सालिङ - यस शब्दावलीको अर्थ 'तामाङ भूमि' अर्थात् 'तामाङ जातिको भूक्षेत्र' भन्ने हुन्छ । यसले कुनै थप जिज्ञासा, व्याख्या वा तर्कको अपेक्षा राखेको छैन । यो शब्दावली लिम्बूवान, खम्बुवान, तमुवान्, मगरांत वा थरुहट जस्तै सहज, बोधगम्य र प्रष्ट देखिएको छ र यसमा तामाङ जातिको पहिचान सन्निहित छ । यस शब्दावलीलाई केही लेखक र लोकतान्त्रिक संघीय मञ्चका तामाङ सालिङ स्वायत्त राज्य परिषद् आदिले प्रयोग गर्ने गरेका छन् ।

३. भाषिक राज्यको सन्दर्भ
यहाँ केही प्रष्ट पारौं । एउटा भाषा कैयौं जातिले र एउटा जातिले कैंयो भाषा बोल्ने उदाहरणहरू विश्वमा धेरै छन् । वंगलादेश नै भाषाको आधारमा बनेको देश हो, यो भाषा धेरै जाति समुदायले बोल्दछन् । कैयौं भारतीय राज्यहरू - पश्चिम वंगाल, उडिसा, आसाम आदि भाषाको आधारमा बनेका राज्यहरू हुन् । नेपाल मै हेर्ने हो भने पनि मैथिली भाषा कैयौं जात-जातिको मातृभाषा हो । यो भाषा यादव लगायतले बोल्दछन् । यसै गरी ऐतिहासिक कालखण्डमा काठमाडौंमा जोजो पसे प्रायः ती सबैले कालान्तरमा नेवारी भाषालाई  मातृभाषाको रूपमा अंगाले । तसर्थ मिथिला र नेवारी राज्यहरू भाषाको आधारमा बन्न सक्दछ ।

तर नेपालका लिम्बू, तामाङ, गुरुङ, मगर, थारूका भाषाहरू जातीय भाषा हुन् । यहाँ जाति प्रमुख छ, भाषाको अस्तित्व जातिसंग गाासिएको छ । उल्लेखित यी भाषाहरूले जातीय पहिचानलाई टेवा दिएका छन् । तामाङ भाषा तामाङ जातिको मातृभाषा हो र यसले तामाङ जातिको जातीय पहिचानलाई टेवा दिएको छ । तामाङ भाषा मात्र बोल्ने क्षेत्रको आधारमा राज्य बनाउँदा तामाङ भाषा विर्सेकाहरूप्रति अन्याय पर्न जान्छ, पहिचान खुम्चिन्छ र उनीहरू तामाङ क्षेत्रबाट बाहिरिने सम्भावना हुन्छ । 

४. अध्ययनको निष्कर्ष
माथिको भाषावैज्ञानिक विश्लेषणबाट तामाङ जातिको पहिचान र सम्मानसहितको उपस्थिति देखाउन तुलनात्मक रूपमा तामाङ सालिङ सक्षम देखिएको छ । अन्य शास्त्रीय दृष्टिकोणमा यी शब्दावलीको व्याख्या फरकफरक हुन सक्दछ । तर मेरो अध्ययन क्षेत्र भाषाविज्ञान भएकोले यसैको आधारमा माथिको विश्लेषण गरिएको हो । माथिको विश्लेषणमा मैले आफ्नो निजी विचारलाई ठाउँ दिएको छैन ।

अब प्रश्न उठ्छ, तामाङ राज्यको निर्माणको सन्दर्भमा ताम्सालिङ को प्रयोगलाई किन उछाल्यो होला ? यसको मनौवैज्ञानिक पक्ष पनि खोतल्न आवश्यक ठान्दछु ? यसका लागि नेपालको राजनीतिक इतिहासका केही पाना पल्टाएर हेर्न आवश्यक छ ।

ऐतिहासिक कालखण्डहरूमा तामाङ जातिले आपनो स्वराज्य र भूमि गुमाउनु परेपछि र विशेषगरी शाह राजाहरूले उनीहरूलाई रैती बनाएर, उनीहरूमाथि हिन्दू मूल्य-मान्यता र कानुन लादेर गाईको मासु खान प्रतिवन्ध लगाउदा समेत तामाङ जातिले गोरूको मासु खाइनै रहे पछि राज्यले मुलुकी ऐन (१९१०) मा नै तामाङ जातिलाई 'मासिने मतवाली'को पंक्तिमा राख्यो र तामाङ जातिको पहिचानलाई विस्थापित गर्‍यो र यसै अनुरुप उनीहरूमाथि अमानवीय व्यवहार पनि गर्न थाल्यो । तामाङ जातिलाई अझ पहिचानविहिन बनाउन विभिन्न अपमानित शब्दहरूले सम्बोधन गर्न थाले जस्तै - मुर्मी, इसाङं, सैं, भोटया, भूटिया, काठभूटिया, भोटे, सियेने भोटे मुर्मीभोटे आदि । राज्यले तामाङहरूलाई आफ्नो पहिचानबोधक 'तामाङ' शब्दसमेत लेख्न नदिएता पनि उनीहरूले यसलाई निरन्तरता दिइरहे र तामाङ शब्द प्रयोग गर्न पाउनका लागि एकजना 'बहादुर जङ्घवीर तामाङ' ले राणादरबारमा विम्ती जाहेरी गरेपछि सन् १९३२ (१९८९) मा राज्यले 'तामाङ' शब्द फिर्ता गर्दै सरकारी प्रयोगको लागि पनि इस्तिहार जारी गर्‍यो । यसरी आफ्नो जातीय पहिचानलाई स्थापना गर्न पटकपटक राज्यविद्रोह समेत गरेर हाम्रा पूर्खाहरूले आफ्नो पहिचानको लागि निकै लामो आन्दोलन गरेको इतिहास साक्षी छ । 
   
शाहकालीन राज्यले तामाङ जातिलाई सत्ताको नजिक कहिल्यै पर्न दिइएन, कतै पनि कुनै पनि पदमा पदास्थापन गराएन, प्रजातन्त्र स्थापना (२०१०) पछि पनि यस जातिलाई 'पिपा' बनाएर निरन्तर श्रमशोषण गरिरहे । गोर्खा भर्तीमा जानसमेत तामाङ जातिलाई रोक लगाएको थियो । यसले &

Views : 23895 times | Last Updated : Jun 25 2009 Thursday 07:45:43 AM

Other Articles
पूर्वराजा ज्ञानेन्द्रलाई फेरि सुझाव: वाम
पूर्वराजा ज्ञानेन्द्रका दाजु स्व. राजा वीरेन्द्रसँगको औपचारिक भेटघाटले उहाँसँग सामीप्य बढ्दै गयो । संवैधानिक राजाकै अवस्थामा मेरो वहासँग चिनजान भएको थियो । उहाँको शालीन व्यक्तित्व मलाई मन पथ्र्यो । अधिकांशतः मेरो भेटघाट राजाले विभिन्न नेताहरूसँग भेट्ने परम्परा अनुरूप नै हुने गथ्र्यो । अन्तिमतिर भने कहिलेकाहीँ मैले भेट्न चाहँदा भेट पाएको थिएँ । त्यस्ता भेटमा पनि मैले कहिल्यै व्यक्तिगत विषयमा छलफल गरिनँ ।


चिनियाँ शक्ति प्रदर्शनको सन्देश
हाम्रो उत्तरी छिमेकी चीनले कम्यूनिष्ट शासन सञ्चालनको ६० वर्ष पूरा गरेको छ । कम्यूनिष्ट पार्टीले गरेको क्रान्ति सफल भएको घोषणा गरिएको दिन अक्टूबर एकमा बेइजिङ्गमा भव्य समारोह आयोजना गरी चीनले आफ्नो विकास, प्रगति र शक्तिको झलक देखायो । सर्वहारा वर्गको अधिनायकवादी शासन रहेको चीनले छोटो अवधिमा आश्चर्यजनक गतिमा प्रगति गर्दैछ भन्ने यो प्रदर्शनबाट देखियो ।


नेपाल र हिन्दु धर्म: लेक योन्जन
हिन्दु धर्मवलम्बीहरुको महान चाड वडा दशैं र तिहार सुरुवात हुँदैछ । नेपाल २०६३ साल जेठ ४ गते बाट अन्तरिम संसदद्धारा धर्मनिरपेक्ष घोषणा भईसकेको मुलुक हो ।


मेरो मुटुको अप्रेसन - यथार्थता र अनुभूतिहर&#
म ३ मे, २००९ (बैसाख २० २०६६) आइतवार बेलुकी स्वास्थ्य चेकअपको लागि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंको इमर्जेन्सीमा पुगेको थिए । यस केन्द्रका डा. युवराज लिम्बूको सक्रियतामा विविध जाँच पछि अवलोकनार्थ मलाई सिसियु (CCU - Cardinal Care Unit) मा भर्ना हुन सल्लाह दिए अनुसार भर्ना भए । मे ७ को विहान एनजिओग्राफ मार्फत् जाँच भयो र ११ मे (२८ बैशाख) सोमबारका दिन विहान मेरो मुटुको सल्यक्रिया सम्पन्न भयो । यसपछि १७ मे मा डिसचार्ज भयो र २४ मे का दिन बाँकी रहेका टाँका काटने कार्य पनि सम्पन्न भएको छ । अब एक महिनापछि अर्थात् २६ जुन शुक्रबारका दिन अस्पतालमा जानु छ र सोही दिनदेखि मेडिकल डाक्टरको निर्देशनमा औषधी खानु पर्नेछ ।


 Banner Link
 Message Board
jikme dorjay tamang ghishing - India
fyafulla every1...am jikme dorjay from india..and i want to draw some attention of all the tamang samaj to miss tamang 2010....what am tryn to draw the attention is the wardobe of one of the contestant who wearing a dress which had some buddhist scriptures on it(tibetan).some typa small lungtas a...
Deepak Domzone - Nepal
My sincere appreciation for your humble thoughts to unite scattered Tamang community in one...
› Notice Board
हार्दिक बधाई एवं आभार

रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC  परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित “SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम 

 Advertisements
Copy Right © Ramechhap Tamang Samaj Kathmandu
Total Visit: counter customisable Times Since 26 Dec 2008