काठमाडौ, अषाढ ३ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराई पार्टीभित्रको एकतामा आँच पुग्ने गरी प्रधानमन्त्रीको दाबी नगर्ने मनस्थितिमा पुगेका छन् । उनीनिकट नेताहरुसंग उनले शान्ति र संविधान निष्कर्षमा पुर्याउन अध्यक्ष पुष्पकमल दाहाल वा अन्य जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार बनाउनु पर्नेमा जोड दिएका छन् ।
कसैले पनि आफ्नो व्यक्तिगत महत्वकांक्षा र पार्टीगत समस्यालाई लगेर राष्ट्रिय समस्यामा लगेर जोड्न नहुने भट्टराईले जोड दिएका छन् । उनले को व्यक्ति प्रधानमन्त्री हुने भन्दा पनि सहि कार्यदिशा र विचारको प्रश्न मुख्य भएकाले शान्ति र संविधानलाई निश्कर्षमा पुर्याउन आवश्यक भएको बताएका छन् । एक पोलिटव्युरो सदस्यले दिएको जानकारी अनुसार नया कार्यादिशाका लागि तत्काल महाधिवेशन गर्नु पर्ने धारणा उनले अघि सारेका छन्
दिगो शान्ति र जनमुखी संविधान जारी गरेर शान्तिप्रक्रिया टुंगोमा पुर्याउनुको विकल्प नभएको उनको भनाइ छ । शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन भट्टराईले हरेक कुरा त्याग गर्न तयार रहेको आफू निकट नेताहरुलाई बताएका छन् । 'शान्तिप्रक्रियाका विरुद्ध कसैसंग सम्झौता गर्न हुँदैन' भट्टराईको भनाइ छ ।
राष्ट्रिय सहमतिको सरकार निर्माणका निम्ति आफ्नो नाममा कसैलाई आपत्ति हुने भए अध्यक्षको नाममा सहमति नबनेको खण्डमा महासचिब रामबहादुर थापा, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वा अन्य कोहीलाई अघि सारेर भए पनि दिगो शान्ति र जनसंविधान निर्माणका निम्ति माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने र त्यो सम्भावना प्रबल रहेको भट्टराईको धारणा रहेको थियो ।
बहुमतीय र गणितीय खेलले शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसक्ने हुनाले भट्टराइले आफू बहुमतको होइन सहमतीय राजनीतिबाटै राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर अघि बढ्नु पर्ने भट्टराईले स्पष्ट पारेको एक पोलिटव्युरो नेताले बताए ।
नेपालका लागि अमेरीकी राजदुत स्कच एच डेलिसीले नेपालका राजनीतिक दलका नेताहरु सबै ६० बर्ष माथिका मात्र रहेकाले यहाँका युवालाई राजनीतिमा आउन सुझाव दिएका छन् ।
दशकअघि आफ्नै हातले लुम चलाएर हजारौं मिटर कपडा उत्पादन गरेको अशोक टेक्सटाइल उद्योगका मेसिनरी सामान बैंकले कवाडी व्यवसायीलाई बिक्री गरेको थाहा पाउँदा विराटनगर-१९ का लक्ष्मण सार्कीको आँखा रसाए । घरैअगाडिको उक्त उद्योगमा उनी स्थायी मेसिन सञ्चालक थिए ।
बौद्ध धर्मलम्बीहरूका लागि दक्षिण एसियाली मुलुकमध्ये नेपाल मुख्य गन्तव्य बनेको हालै सार्वजनिक 'वल्र्ड बैंक साउथ एसिया इकोनोमिक अपटेड' २०१० को प्रतिवेदनमा छ । प्रतिवेदनका अनुसार पूर्वी एसियाका अधिकांश बौद्ध धर्मावलम्बीहरू नेपाल घुम्न आउँछन्, जसको संख्या हरेक बर्ष बढ्दो छ ।
'त्यो योजना सफल भएको भए दोस्रो चरणमा डिपार्टमेन्टल स्टोर र अन्डरग्राउन्ड पार्किङ भएको स्थानमा विस्फोट गराउने तयारी रहेछ,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, 'चालक गाडीमै भएका बेला विस्फोट भएको भए प्रमाण नभेटिने र पछि लुकेर धम्क्याउँदै पैसा असुल्ने योजना बनाएका थिए ।'
शरणार्थी तथा बसाइ मामिलासम्बन्धी अमेरिकी उपसहायक मन्त्री केली सेलमेन्टले भुटानी शरणार्थीका दिगो समाधानका निम्ति नेपालले भुटानसँग पनि छलफल जारी राख्नुपर्ने बताएकी छन्। उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग बिहीबार शिष्टाचार भेटमा उनले अमेरिकाले शरणार्थी लैजाने क्रमलाई जारी राख्ने पनि बताइन्।
\\\'नेपालले शरणार्थीका समस्या समाधानबारे भुटानसँग पनि कुराकानी गर्नुपर्छ\\\', केलीको भनाइ उद्धृत गर्दै मन्त्री कोइरालाले भनिन्।
काठमाडौ, जेष्ठ २६ - गत वर्षको उतरार्द्धदेखि लगातार पर्यटक आगमन बढेपछि मुलुकका तारे होटलले आफ्नो सेवा र अन्यबापत लाग्ने शुल्क २५ देखि ४० प्रतिशतसम्म वृद्धि गरेका छन् ।
जेष्ठ २२, काठमाडौं - तामाङ स्रष्टा समाजद्धारा प्रकाशित तामाङ कविता, गीत र गजलहरुको संग्रह “कईतेन” विमोचन गरिएको छ । समाजद्धारा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग प्रमुख सुलोचना मानन्धरले उक्त संग्रहको विमोचन गर्नुभएको हो ।

शान्तिको अग्रदुत भगवान बुद्घको २५५४ औं जन्म जयन्ति तमु समाज, तामाङ समाज र इमिरेट्स नेवाःपुचः युएईको संयुक्त आयोजनामा यहि जुन ४ तारिक २०१० शुक्रबारको दिन दुबईको एभरेष्ट ईन्टरनेशनल होटलमा विविध बौद्घ परम्परागत पूजा पाठ र विभिन्न मनोरन्जजनात्मक सांस्कृतिक कार्यक्रम र वृत्त चित्रको विमोचन साथै प्रदर्शन सहित सम्पन्न भएकोछ ।
खानेपानीको समस्या भएपछि रामेछापको मन्थलीका बासिन्दाले रित्ता गाग्री सहित जिल्ला विकास समिति घेराउ गरेका छन् । विहान रित्ता गाग्री ठटाउदै जिल्ला विकास पुगेको स्थानीयवासिको जुलुसले जिल्ला विकास समितिको मूल ढोका लगयतको स्थानमा घेरा हालेर वसेर स्थानीय विकास अधिकारी लगायत कर्मचारी र अन्य लाई भित्र बाहिर गर्न दिएका छैनन् ।

अर्थ मन्त्रालयले नेपाल वायु सेवा निगमका लागि दुई वटा जहाज खरिद गर्न आवश्यक ऋणको जमानी बस्न नसक्ने जनाउँदै प्रक्रिया रद्द गर्न पत्र पठाएको छ । जमानतको निर्णय नहुँदै पठाइएको बैना (लक अप मनी) ब्याजसहित फिर्ता गर्न र रकम पठाउने अधिकारीलाई कारबाही गर्न समेत अर्थले भनेको छ ।
प्रमुख सत्तारुढ एमालेले माओवादीले पूर्व सम्झौता कार्यान्वयन गरेपछिमात्र प्रधानमन्त्रीले राजीनामा दिने स्पष्ट पारेको छ । बुधबार सकिएको स्थायी कमिटी बैठकले पूर्व सम्झौता कार्यान्वयन नभएसम्म माओवादीले राजीनामाको दबाब दिनु औचित्यहीन भएको टिप्पणी गरेको छ ।
विदेशी साथीसँग पोखरा आएका पूर्वयुवराज पारस शाहले विमानस्थलमा ट्राफिक नियम उल्लंघन गर्दै जथाभावी सवारी चलाएका छन् । यसअघि विशिष्ट व्यक्तिको सवारी विमानस्थलको भित्री गेटमै रोकेर भीआईपी कक्ष हुँदै पैदल जाने नियम तोड्दै उनले विमान पार्किङ गरिने 'एप्रोन' क्षेत्रसम्म गाडी लिएर गए ।

रतनपुरीका चर्चित तपस्वी रामबहादुर बम्जन छ महिनापछि चुरे पहाडको फेदीमा फेला परेका छन् ।
गढीमाई मेलामा हुने प्ाशुबलि रोक्न मङ्सिर महिनामा गढीमाई मन्दिर हिडेकामा आफ्नो साविक तपस्यास्थान पसाहाको हलखोरिया दहमा नफर्की तपस्वी अन्यत्रै लागेका थिए ।
स्थानीय नेपाली संघ संस्थाहरु क्रमशः शेर्पा किदुग वेल्जियम, तमु समाज वेल्जियम, पासा पुच वेल्जियम, तामांग समाज वेल्जियम, थकाली समाज वेल्जियम, मगर समाज बेल्जियम तथा संयुक्त किराँत समाज वेल्जियमले संयुक्त रुपमा वुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको सोकार्यक्रममा ७०० जना भन्दा वढी नेपालीहरुको सहभागीता थियो ।