
पौष १, नुवाकोट - एकिकृत नेकपा माओवादीले दोस्रो चरणको आन्दोलन अर्न्तगत गणराज्य घोषणा गर्ने क्रममा तामाङ जातिको बाहुल्य रहेको १० वटा जिल्लालाई समेटेर ताम्सालीङ स्वायत्त गणराज्य घोषणा गरेको छ । बुधबार नुवाकोटको ककनी गाविस रानीपौवामा एक भव्य समारोहको आयोजना गरि एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले ताम्सालिङ गणराज्यको घोषणा गर्नुभएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले कसैले संघीयता विरुद्ध जाने साहस गरेमा सामानान्तर सरकार गठन गर्ने चेतावनी दिएका छन् । बुधबार नेवाः स्वायत्त गणराज्य घोषणा कार्यक्रममा बोल्दै उनले भने, 'सामानान्तर सरकार घोषणा गर्छौ, यसलाई कसैले रोक्न सक्दैन ।'
माओवादी निकट कार्यकर्ताहरुले आज एकै दिन थारुबाहुल्य ५ जिल्लामा डेढ हजार विघाः जग्गा कव्जा गरेका छन्। स्वायत्त गणराज्य घोषणासँगै समानान्तर सरकार चलाउन सक्ने सम्मको चेतावनी दिदै आएको माओवादीले आज मात्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दागमा गरि डेढ हजार वढी विघाः आफनो कव्जामा लिएको दावी गरेको छ। माओवादी निकट अखिल नेपाल सुकुम्वासी संघको अगुवाईमा सुकुम्वासी, भूमिहीन,मुक्त कमैया र वाढीपिडीतका नाममा सरकारी, ऐलानी र वेदर्ता जग्गा कव्जा गरिएको हो।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले १२ बुदे समझदारी र अन्तरिम संविधान अनुसार स्वायत्त गणराज्य घोषणा गरिएको दाबी गरेका छन् । सोलुको सल्लेरीमा सोमवार शेर्पा स्वायत्त गणराज्य घोषणा गर्दै अध्यक्ष दाहालले आदिवासी, जनजाति, महिला, दलितहरूलाई अधिकार सम्पन्न बनाउन संघीय गणराज्य घोषणा गरेको बताए ।
भैरहवा, २०६६ मंसिर २९ - पुस २ र ३ गते लुम्बिनीमा आयोजना हुने दशौं राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । आयोजक संस्था लुम्बिनी धर्मोदय सभाद्वारा सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सभाका महासचिव सुचित्रमान शाक्यले बौद्ध धर्मको प्रचारप्रसार, लुम्बिनीको विकास र पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्येश्यले आयोजना गर्न लागिएको बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सम्मेलन सम्पन्न गर्नका निम्ती २१ वटा विभिन्न उपसमितिको गठन गरिएको र सम्मेलनमा १ हजार जना सहभागी हुने जानकारी आयोजकले दिएका छन् ।
राष्ट्रिय प्रतिष्ठा बुद्ध जन्मभूमि लुम्बिनी सम्मेलनको विषय रहेको छ । सम्मेलनमा राष्ट्रिय जनगणना र बौद्ध जागरण, लुम्बिनी विकास र बुद्ध शिक्षा, धर्म निरपेक्षता र लोकतन्त्र र लुम्बिनीको सुरक्षा तथा वातावरण गरि चारवटा विषयमा गोष्ठि गरिनुको साथै घोषणापत्र जारी गरिने छ ।
सम्मेलनको उद्घाटन राष्ट्रपति रामवरण यादवबाट र समापन माओवादीका अध्यक्ष पुष्पकमल दहालबाट हुने जानकारी आयोजकले दिएका छन् ।
सेनानी बस्नेत शनिबार अफ्रिकी मुलुक चाडमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन चाडबाट फर्काइएका थिए । उनी फर्कंदा विमानस्थलबाटै सैनिक प्रहरीले हिरासतमा लिएको थियो । हाल उनी सैनिक मुख्यालयस्थित सैनिक प्रहरीको नियन्त्रण छन् ।
कोही बेलायत जाने तरखरमा छन् । कोही भिषा मिलाउँदै छन् । कोही चाँही बेलायत पुगेर घर, गाडी किनेर बसेका छन् । तर तिनै समुह मध्येका धेरै पूर्व गोर्खाहरु भने धरानमा व्यावसायिक मुलाधारमा सहभागी हुन सुविधा सम्पन्न आधुनिक सपिङ कम्प्लेक्स निर्माणमा जुटेका छन् ।
एकीकृत नेकपा माओवादी मगरात राज्य संयोजक तथा माओवादीका केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीले नागरिक सर्वोच्चता कायम नहुँदासम्म संविधान बन्न नसक्ने बताएका छन् ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मगरात राज्य समितिले आइतवार पाल्पाको तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ओलीले माओवादीले गर्न लागेको विभिन्न स्वायत्त प्रदेशको घोषणा कार्यक्रमबाट कांग्रेस तथा एमालेका नेताहरू तर्सेको आरोप लगाए । उनले भने माओवादीको कार्यक्रम प्रति कसैले अवरोध सृजना गर्न खोज्छ भने माओवादी कडा रुपले प्रस्तुत हुनेछ । ’
संविधानभामा आदिवासी जनजातिको छुट्टै विषयगत समिति गठन गर्नुपर्नेसहितको माग राखि आइतबार सिंहदरबार अगाडि धर्ना दिएका छन् । आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाहरु मिलेर बनाएको बृहत मोर्चाले धर्ना दिएको हो।

दक्षिण अफ्रिकामा भर्खरै समाप्त भएको ५९ औं बिश्व सुन्दरी प्रतियोगितामा १११ प्रतिस्पर्धीहरुमध्ये जिब्राल्टरकी २२ बर्षिय काइने एल्डोरिनो बिजयी भएकी छिन्। उनलाई २००८ को बिश्व सुन्दरी रूस की सीनिया सुखीनोवाले ताज लगाईदिएको थियो। यस प्रतियोगितामा बिजयी भएपछी उनले "धन्यवाद दक्षिण अफ्रीका, यो मेरो जिन्दगीकै सबभन्दा महत्वपूर्ण क्षण हो" "अब म संग केही गर्ने अवसर छ, म त्यो गर्छु जुन सबभन्दा राम्रो हुन्छ" भनिन्।
नेपालमा वैदेशिक सहायताको प्रभावकारी उपयोगका लागि सुशासनमा जोड दिँदै आएका दातृ निकायका प्रतिनिधिलाई उनीहरूकै देशबाट गरिने खरिद प्रक्रिया पारदर्शी बनाउन अर्थ मन्त्रालयले आग्रह गरेको हो । अर्थमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार उनीहरूलाई मन्त्रालयमै बोलाएर छलफल गरेका थिए । 'भ्रष्टाचार र अनियमितता रोकेर पारदर्शी ढंगले जहाज खरिद गर्ने नेपालको चाहना भएको जानकारी दियौं,' पाण्डेले कान्तिपुरलाई भने, 'एयरबसको मालिक भएका नाताले सहयोग गर्न हामीले आग्रह गरेका हौं ।'
प्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस सभापति गिरिजाप्रसाद कोइराललाई राजनीतिक गतिरोध अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
गैरकानुनी आप्रवासीलाई निरुत्साहित गर्न हङकङ सरकारले कडा कानुन लागु गरेपछि यहाँका झण्डै चार सय नेपाली संकटमा परेका छन् । संशोधित कानुनमा बिना भिसा पारिश्रमिक लिएर वा नलिएरै पनि कुनै काम वा ब्यापार ब्यवसाय गरेको भेटिएमा तीन बर्ष जेल र पचास हजार हङकङ डलर जरिवाना हुने ब्यवस्था छ ।
एमनेस्टी इन्टरनेशनलले मैना सुनार हत्याकाण्डका प्रमुख दोषी सेनानी (मेजर )निरञ्जन बस्नेतलाई तत्काल चाडबाट नेपाल फिर्ता गरेर गिरफ्तार गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
एमनेस्टीद्वारा आज जारी विज्ञप्तीमा नेपाली सेनाले अदालतले पक्रन आदेश गरेका मेजर निरञ्जन बस्नेतलाई कारवाही गर्नुको सट्टा संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा पठाएको र नागरिक अनुसन्धानमा बाधा पुराएको उल्लेख छ ।
कैलाली घटना पछि शनिवार देखि बन्द रहेको सुदूर पश्चिमको यातायात सेवा खुलेको छैन् । यसैबीच महाकाली बस व्यवसायी समितिले आइतवार लम्किको बलचौर नजिक बन्दकर्ताहरुले आगजनी गरि ध्वस्त गरेका समितिका ४ यात्रुवाहक बसको क्षतिपूर्ति संगै दोषी उपर कारवाही गरिनु पर्ने माग गरेको छ । मंसिर २५ सम्म कारवाही र क्षतिपूर्ति उपलव्ध नभए अनिश्चितकालीन यातायात सेवा ठप्प गर्ने समितिले चेतावनी दिएको छ ।