न्यायाधीशले पैसा खाएर फ्रान्सेली कुख्यात अपराधी चार्ल्स शोभराजविरुद्ध फैसला गरेको आरोप लगाउने शोभराज पत्नी निहिता र सासू शकुन्तला थापालाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
चार्ल्स शोभराजकी पत्नी निहिता विश्वास र अधिवक्तासमेत रहेकी उनकी आमा शकुन्तला थापालाई तीन दिनभित्र हाजिर हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

साउन १५, भक्तपुर – भल्वाडी मैत्रीय सेवा समितिको पाँचौ वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । संविधान सभामा रामेछाप क्षेत्र नं.-२ का सभासद डिल्लीमान तामाङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सर्वस्वसहित जन्मकैद गर्ने पाटन पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले शुक्रबार सदर गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका छोरीज्वाईँ राजबहादुर सिंहले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पक्षमा बहुमत पुर्याउन सभासद् खरिद गरेर भएपनि सघाउने कार्यमा लागेको भारतीय अखवार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।
सरकारले हिंसाग्रस्त खाडी मुलुक इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध बुधबारदेखि फुकुवा गरेको छ । इराकमा अमेरिकी कम्पनीमा ४० हजारभन्दा बढी नेपाली कामदारलाई वैध रूपमा कार्य गर्ने बाटो खोलिदिन सरकारले आफ्ना नागरिक उक्त मुलुक जान लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
यसवर्ष एसएलसी उतिर्ण गरेका कस्केली तामाङ विद्यार्थीलाई नेपाल तामाङ घेदुङ कास्कीद्धारा आज पोखरामा आयोजित सम्मान एवं अभिनन्दन कार्यक्रमका प्रमुख अतिथि तामाङले यस्तो आग्रह गर्नुभएको हो । उहाँले शिक्षा आर्जन गरेर विदेशमा सपना देख्ने सोंच हटाएर स्वदेश मै स्वाभिमानका साथ व्यवसाय गनुपर्ने जोड दिनुभयो ।
चिनिया भन्सारका उच्च अधिकारीले चीन निकासी हुने नेपाली वस्तुको प्राथमिकता क्रम निर्धारण गरेर नेपाललाई शून्य भन्सार दरको विशेष सुविधा दिने प्रतिबद्धता जनाएका छन्। दुवै देशका भन्सारका उच्च अधिकारीबीच ल्हासामा भएको अन्तर सीमा भन्सार बैठकमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा चुनिने प्रयास जारी राखेकै बेला उपाध्यक्ष बाबुराम भट्टराईले सहमतीय सरकार निर्माण भए आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । उनले बहुमतीय सरकारले शान्ति र संविधानलाई निष्कर्षमा नपुर्याउने बताउँदै सहमतीय सरकारमा जोड दिएका हुन् ।
नेपालका आदिवासी जनजाति अहिले इतिहासको सुनौलो घडीमा आइपुगेका छन्। किनकि मुलुकमा नयाँ संविधान बनाउने काम भइरहेको छ। संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्दै नयाँ संविधान बनाउन सकियो भने नयाँ नेपाल पनि बन्न सक्छ र आदिवासी जनजातिका साथै सम्पूर्ण जनताको भाग्य भविष्य बन्नेछ।
राष्ट्रपति रामवरण यादवले संसदबाट प्रधानमन्त्री चुनिन नसक्दा र पटक-पटक त्यही प्रक्रिया दोहोरिँदा जनतामा नकारात्मक धारणा उत्पन्न हुन सक्ने खतराप्रति सचेत हुन प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

कांग्रेसका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेलले तटस्थमा बसेका दलहरुले आगामी तेश्रो पटक हुने निर्वाचनमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
आर्थिक वर्ष २०६६/६७ मा भक्तपुर नगरक्षेत्र घुम्न आएका पर्यटकको सङ्ख्या नौ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ ।

साउन ३, काठमाडौं - नेपाल प्रवासी तामाङ समाज कतारले एस. एल. सी. परिक्षा २०६६ मा तामाङ समुदायबाट सर्वोत्कृष्ट तीन जना तामाङ विद्यार्थीहरुलाई सम्मानित गरेको छ । समाजले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी छात्र ईन्द्र तामाङ, छात्रा उर्मिला तामाङ र राधिका तामाङलाई सम्मानित गरेको हो ।
मुख्य तीन दलका तीन शीर्ष नेताले अन्ततः बुधबार हुने प्रधानमन्त्री निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।