तामाङ जातीको पर्व ल्होछार नयाँ बर्षको मुख्य दिन माघ २ गते कानपुरको कोटतिमाल तथा माघ ३, ४ र ५ गते कटुञ्जेको चारसय वेशीमा २८४६ औ वाघ सोनाम ल्होछारको अवसरमा रोशी महोत्सव गरी भव्य रुपमा मनाइने भएको छ ।
शुक्रवार जनवरी ८ २०१० का दिन दुवईको अष्टोरिया होटलमा विभिन्न गुरुङ्ग भाषाका गित तथा परम्परागत नृत्य साथै अन्य नेपाली गितहरु गाउँदै नाच्दै र अन्य उपस्थित दर्शकहरुलाई पनी छम छम्ती नचाउदै गुरुङ्ग तमूहरुले यस बर्षको तो ल्होसार मनाए ।
उपस्थित सम्पूर्ण तमू तथा गैर तमूलाई गुरुङ्गभाषाको गितबाट पूर्ण तमू विमलाराज तमू दिपक तमू तथा अन्य कलाकारहरुले स्वागत गितद्धारा स्वागत गरेका थिए ।
बीरका आवासीय चिकित्सकले हडताल जारी रहेकै जनाएको समय स्वास्थ्य मन्त्रालयले भने बिहीबारदेखि अस्पतालको स्थिति साम्य हुने दाबी गरेको छ । आन्दोलनरत आवासिय चिकित्सक लगायतका सम्पूर्ण चिकित्साकर्मी र कर्मचारीहरुको मांग प्रति मन्त्रालय सकारात्मक रहेको जनाउदै काममा र्फकन आग्रह समेत गरेको छ ।
कतारस्थित नेपाली दूतावासले नेपालीको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेपछि सरकारले यो प्रक्रिया थालेको छ । सरकारले परिश्रमिक वृद्धि सम्बन्धमा ६ वर्षपछि पुनरावलोकन गर्न लागेको हो ।
संघीयताबारे निर्णय गर्नुअघि जनमतसंग्रह गर्नुपर्ने अभिव्यक्ति दिएर विवादमा आएकी उपप्रधानमन्त्री सुजाता कोइरालाले तराईबारे पनि जनमतसंग्रह गर्नुपर्ने बताएकी छन् । 'तराईमा आन्दोलन भइरहेको वेलामा तराईवासीहरु के चाहेका छन् भन्ने बुझ्न पनि जनमतसंग्रह गर्नुपर्दथ्यो,' धनुषाका कांग्रेस कार्यकर्तालाई सम्वोधन गर्दै बुधबार उनले भनिन् ।
नेपाल राष्ट्र बैकले आर्थीक बर्ष२०६६/६७ को पहिलो चार महिनामा समग्र शोधान्तर स्थिति २० अर्ब ४९ करोड घाटामा रहेको बताएको छ । यसअबधिमा कुल निर्यात २३ दशमलव ७ प्रतिसतले घटेको र कुल आयात २७ दशमलव ८ प्रतिसतले बढेको बताएको छ । व्यबस्थापिका संसदको अर्थ र श्रम सम्बन्ध समितिमा राष्ट्र बैकका गर्भनर विजयनाथ भट्टराइले समग्र शोधान्तरमा उल्लेख्य र्हास आएकोले कार्तिक

१०९ वटा तामाङ संघ संस्थाहरु सम्मिलित उक्त वृहत संयोजन समितिले आज पत्रकार सम्मेलन गरी आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरिएको कार्यक्रम अनुसार आगामी माघ महिनाको १ र २ गतेका दिन काठमाडौंको, टुँडिखेलमा सम्माननीय सभाध्यक्ष सुवास नेम्बाङज्यूको प्रमूख आतिथ्यमा भव्य ‘तामाङ ताक् ल्होछार-२८४६ साँस्कृतिक महोत्सव तथा साँस्कृतिक र्याली’ सम्पन्न गरिने भएको छ ।
नेकपा एमालेका माहसचिव ईश्वर पोखरेलले अहिलेको सरकार विघटन समस्याको समाधान हुन नसक्ने बताउनु भएको छ। माओवादी आफ्नै हुतीले सरकारमा आउन सक्ने अवस्था नरहेको अवस्थामा प्रधानमन्त्री पदबाट माधव नेपालले राजीनामा दिदैमा समस्या समाधान नहुने उहाँको दावी यियो।प्रेस चौतारी दाङ्गले आयोजना गरेको प्रेस सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले माओवादीलाई सरकार चाहिएको भए त्यसका लागि आबश्यक बाटो हिड्न सुझाब पनि दिनु भयो।
प्रहरी प्रधान कार्यालय महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले राजनीतिक दलका अध्यक्षलगायत विभिन्न संघसंस्थामा आबद्ध युनुस अन्सारी, भक्तपुर सुडालका काशीराम अधिकारी र पाकिस्तानी नागरिक राजु भनिने सज्जाद मोहम्द खुराम र आमीर भनिने मोहम्द इकवाललाई राजधानीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
नेपाली सेनाद्वारा पक्राउपछि हत्या गरिएकी काभ्रे खरेलथोककी १५ वर्षीया मैना सुनारकी आमा देवी सुनारले रक्षामन्त्री विद्यादेवी भण्डारीलाई भेटी घटनामा संलग्न दोषीमाथि कारबाहीको माग गरेकी छन् ।
अधिकांश नेपाली मृगौला रोगी विशेषज्ञकहाँ पुग्दा तिनका दुवै मृगौलाले पूर्ण रूपमा काम गर्न छोडिसकेका हुन्छन् । अनि डायलासिस वा मृगौला प्रत्यारोपणबाहेकको विकल्प हुन्न ।
आदिवासी/जनजाति बृहत मोर्चा नेपालको बन्द आह्वानका कारण आज राजधानी काठमाडौंसहित देशका प्रमख शहरी क्षेत्रमा आंशिक प्रभाव पारेको छ। राजधानीमा फाट्टफुट्ट सवारी साधन चलेका छन भने बजार खुलेको छ।
विदेशमा काम गर्ने नेपाली बढ्दै गएअनुसार अन्तर्राष्ट्रिय विमान कम्पनीको आकर्षण बढेको छ । अन्तर्राष्ट्रिय उडानका लागि फिलिपिन्सको स्पि्रट अफ मनिला र ओमान एयरलाइन्सले सरकारसँग अनुमति मागेका छन् । यी दुईले अनुमति पाएपछि नेपालबाट उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीको संख्या २७ पुग्नेछ ।

'टिएर फोर' अन्तर्गत बेलायतले सहजै भिसा दिन थालेपछि धमाधम नक्कली बिहे गरेर 'डिपेन्डेन्ट' मा यूके उत्रेका झन्डै ७० प्रतिशत नेपालीको अवस्था यस्तै छ । बेलायत उत्रनैका लागि विद्यार्थीको कलेज फी तिरिदिएर 'डिपेन्डेन्ट' मा कमाउन सँगै आएका श्रीमानश्रीमती एकअर्कालाई चिन्दैनन्, सँगै बस्दैनन् भने उनीहरूबीच भावनात्मक सम्बन्ध पनि धूमिल छ ।
प्रहरीले भिओआइपी (कल बाइपास गर्ने) दुई समूहलाई पक्राउ गरेको छ। कति जनालाई र कहाँ कहाँबाट कसरी समातियो भन्ने जानकारी दिइएको छैन। आजै साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत् विस्तृत जानकारी दिने प्रहरीले बताएको छ। चार दिनअघि रविभवनबाट यस्तै समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।