
The programme began with the chanting of the Buddhist mantras by Dharma guru Tenzing Tamang Gomden followed by talks on Tamang culture, language. Renowned Buddhist monk preached “Namthaar” sermon about the Buddhism and the Panchasheels.
नेपाली कांग्रेस सरकारको विकल्पमा जानुभन्दा सुजाता कोइरालालाई फिर्ता बोलाउनुपर्ने पक्षमा देखिएको छ । पार्टी र संसदीय दलमा नेतृत्वकर्ता सुजाता र मन्त्रीहरूको प्रभावकारिताबारे बारम्बार आलोचना हुँदा पनि कार्यशैलीमा फेरबदल नआएको भन्दै त्यसको दोष प्रधानमन्त्रीलाई लगाएर सरकारको विकल्प नखोज्न पार्टीभित्र दबाब परेको हो ।
एकिकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाले ताम्सालिङ स्वायत्त गणराज्यको अर्थ नीतिबारे तामाङ उद्योगी व्यवसायीहरुसँग सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । शनिबार राजधानीमा भएको कार्यक्रममा सहभागी व्यवसायीहरुले ताम्सालिङ गणराज्यको आर्थिक विकासका लागि आवश्यक भूमिका खेल्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
गभर्नर विजयनाथ भट्टराईको पदावधि आइतबारदेखि सकिएको छ । तर सरकारले नयाँ गभर्नर छनोट समितिका सदस्यहरूलाई पत्र दिन ढिलाइ गरे पनि नयाँ गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ ।
जिल्लाको तुपचे गाविस वडा नं. ५ का ६० वर्षीय पुन्टे तामाङको अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङको शव सोही गाविसको वडा नं. ३ मा बिहीबार बिहान फेला परेको हो ।
बेलायत सरकारलाई अहिले विपक्षी दलबाट 'बोगस्' कलेज र काममा मात्र तल्लीन विद्यार्थीलाई निरुत्साहित गर्न दबाब परिरहेको अवस्थामा यूकेबीएले यो कदम चालेको कतिपय विश्लेषकको टिप्पणी छ । यहाँका प्रतिष्ठित अखबारले पनि यूके अध्यागमनमा ६ दशक यताकै सबैभन्दा बढी हलचल आएको उल्लेख गर्दै पर्याप्त पैसा देखाएको भरमा सजिलै 'भिसा' दिने सरकारको पछिल्लो खुकुलोपनमाथि आलोचना गरिरहेका छन् ।
ग्राहकका घरमा डिक्स एन्टेना वितरण गरी स्वदेशी तथा विदेशी च्यालन हेर्न मिल्ने हब स्टेसनसहित डाइरेक्ट टु होम (डिटिएच) सेवा सुरु गर्न मुलुकका पाँच कम्पनीले अनुमति पाएका छन् । यसमा व्यावसायिक घरानाको वर्चस्व छ ।
प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँट समितिले तीन महिनासम्म घरजग्गा कारोबार रोक्न गरेको प्रस्तावप्रति माओवादीले विरोध जनाएको छ ।
वित्तीय क्षेत्र सुधारका क्रममा रहेको नेपाल बैंकमा विदेशी लगानीकर्ता, प्राथमिक र कर्मचारीलाई सेयर जारी गरी पुँजी बढाउने तयारी भएको छ । ५ अर्ब २५ करोड रुपैयाँको ऋणात्मक पुँजीकोष रहेको बैंकलाई स्वस्थ बैंकसरह सञ्चालन गर्न यो रणनीति अबलम्बन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
तपाईंले किन्नुभएको प्लानिङको जग्गा कतै अवैध त छैन ? त्यसो भयो भने सरकारले जुन बेला पनि रोक्का गर्न सक्छ । प्लानिङको जग्गा किन्दै हुनुहुन्छ भने होस पुर्याउनुस् । जग्गा बिक्रेता 'दलाल' ले सर्वसाधारणलाई जग्गा प्लानिङको नियमअनुसार प्लानिङ नगरेको पाइएको छ ।
गोठाटार गाविसको काँडाघारीमा माघ ६ गते भएको घटनामा गोली हानी हत्या गरिएका सन्तोष कार्कीको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा आफनो घर परिवार, समाजबाट टाढा रहेता पनि आफनो धर्म, कला संस्कृति, चाड पर्व र जातीय पहिचानलाई विर्सन हुन्न भन्ने मान्यताका साथ नेपालबाट कतारमा आई विभिन्न पेशामा संलग्न रहेका तामाङहरुले गत १५ जनवरी २०१०, शुक्रवारका दिन संगठित रुपमा तामाङ जातिको महान सांस्कृतिक पर्व ल्होछार मनाएका छन् । नयाँ बर्ष ‘२८४६ औं ताक् ल्होछार भब्यताका साथ मनाऔं, देशमा दिगो स्थायी शान्ति स्थापनाको कामना गरौ’ भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा दोहास्थित गल्फ प्याराडाईज होटलमा तामाङ दाजुभाई तथा दिदीवहिनीहरुको बाक्लो उपस्थितीमा ताक् ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।
धर्म चित्तको शुद्धता, धर्म सुख चयन…", धर्मलाई यसरी गीतमा गाइरहेकी थिइन् वरिष्ठ गायिका आनी छोइङ डोल्मा । ताक् ल्होछारको अवसरमा तामाङ छिङदोजी परिवार संघ ललितपूरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमूख अतिथिको रुपमा बोलाइएकी छोइङले शुभकामना मन्तव्यको शुरुवातमै "ज्योन्खाबा तामाङ ज्योज्यो आले नाना आङा, आपाआमादा फ्याफुल्ला" भन्दै सम्बोधन गरिरहेको बखतमा त्यहाँ सहभागीहरुका आश्चर्य मिश्रित अनुहारहरुलाई धेरै अर्थहरुमा पढ्न सकिन्थ्यो ।
माघ ९, काठमाडौं - तामाङ सरोकार केन्द्रले आज ताक ल्होछारको अवसरमा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा पूर्व मन्त्री डिबि लामाको प्रमुख अतिथ्य तथा अध्यक्ष हर्कमान तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।
काठमाडौ, २०६६ माघ ८ - संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले प्रस्तुत गरेको १४ प्रदेश सहितको प्रस्तावमा ताम्सालिङलाई खण्डित गरेको भन्दै ताम्सालिङ संयुक्त संघर्ष समितिले कडा विरोध जनाएको छ । सोको विरोधमा आज संघर्ष समितिले नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि समितिले पेश परेको १४ प्रदेशको नक्सा जलाएका छन् ।