परराष्ट्र मन्त्रालयले मेसिन रिडेएबल पासपोर्ट -एमआरपी) जारी हुन नसके नेपालीलाई विदेश भ्रमणमा अवरोध भई राष्ट्रिय संकट आउन सक्ने चेतावनी दिएको छ ।
भारतीय शहर पुनाको कोरेगाउस्थित रेष्टुरेन्ट जर्मन बेकरीमा शनिवार साँझ भएको विस्फोटमा चार नेपाली घाइते भएका छन् । एकजना नेपालीले नै सञ्चालन गरेको बेकरीमा उनीहरु काम गर्छन् ।

योर्क- तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा नेपालका दुई चर्चित गायकहरु रोज मोक्तान र प्रेम लोप्चनको बेजोड सांगितिक प्रस्तुतीसहित डम्फु साँझ-२०१० गत शनिबार साँझ अर्थात फेब्रुवरी ६ तारिख बेलुकी ढाका क्लब कुइन्समा सम्पन्न भएको छ ।
बेलायती सरकारले अध्ययनका लागि आउने विद्यार्थीका निम्ति आइतबार कठोर नयाँ नियम सार्वजनिक गरेको छ । बेलायती गृह मन्त्रालयका अनुसार डिग्री लेभलमुनि अध्ययनरत विद्यार्थीले अब साताको २० को सट्टा १० घन्टामात्र काम गर्न पाउनेछन् ।
अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थी आक्रमणबाट सख्त घाइते भएका छन । गत आइतवार विहानै काममा जाँदैगर्दा विपिन श्रेष्ठमाथि आक्रमण भएको हो । उनले अध्ययन गरेको कलेज र नेपालको ठेगाना खुलेको छैन् । उनी अहिले अस्पतालको कोमामा छन् ।
जधानीको बौद्धका ८२ वर्षीय हीरालाल अधिकारीलाई गोजीमा अट्ने मोबाइल एक्लोपना हटाउने साथी भएको छ । छोराबुहारी कार्यालय र नातिनातिना विद्यालय गएका बेला यो जिनिसले घरलाई सुनसान हुन दिँदैन । विदेशमा रहेका अर्को छोराका परिवारले फोन गरेर हालखबर सोधिरहन्छन् । कार्यालय गएका छोराबुहारीले सञ्चोबिसञ्चो र खाए नखाएको त्यही यन्त्रबाट सोधीखोजी गर्छन् । 'विरक्त लागे मोबाइलमा भरेको रामायणका श्लोक सुन्छु,' उनी भन्छन्, 'कसैको याद आए त्यसमै रहेको भिडियो, फोटो हेरेर मन बुझाउँछु ।' प्रविधिको विकाससँगै कसैले आफ्नो बुढेसकालको सहारा बनाएर गजबकै यन्त्र ल्याइएको उनलाई लाग्छ ।
सरकारले संचार उद्यमी जमिम शाहको हत्या प्रकरण छानबीनको लागि पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जाँझ टोली गठन गरेको हो ।
संसदको सार्वजनिक लेखा समितिले मन्त्रीहरूको भ्रमण खर्चमा अनियमितता भएको आशंकामा छानबिन सुरु गरेको छ । समितिले मन्त्रीहरूको स्वदेश र विदेश भ्रमणको खर्च विवरण माग गरी छानबिन सुरु गरेको हो ।
ताम्सालिङ नागरिक सन्जाल ले आगामी फागुन १ गतेका दिन "किन खण्डित ताम्सालिङ हामीलाई स्वीकार्य छैन ?" भन्ने शिर्षकमा एक बृहत भेला गर्ने भएको छ ।
बेलायतले नेपाली विद्यार्थीको भिसा आवेदन सोमबारदेखि तत्काललाई रोकेको छ । नेपालस्थित बेलायती दूतावासका अनुसार बंगलादेश र दक्षिणपूर्वी भारतका विद्यार्थीको भिसा आवेदन पनि रोकिएको छ । चाप बढेकाले अर्को व्यवस्था नहुन्जेल भिसा बन्द गरिएको दूतावासले जनाएको छ ।
प्रवेशिका (एसएलसी) पास गरेका स्थायी शिक्षकलाई १२ कक्षा उतीर्ण सरहको मान्यता दिन देशभरका प्राथमिक शिक्षकहरुको परीक्षा यही माघ २२ गतेदेखि सुरु हुने भएको छ ।
कतारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा ब्यक्त गरेको छ । त्यसको अध्ययन गर्न छिट्टै एउटा टोली उसले नेपाल पठाउने भएको छ ।
सरकारले पद निष्कृय रहेका उपराष्ट्रपति परमानन्द झाको पुन सपथका लागि प्रकृया अघि बढाएको छ । दुई दिन भित्र पुन सपथ गराउने योजना अनुरुप सरकारले प्रकृया अघि बढाएको कानुनमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए ।

अमेरिकाको पेनसलभानियामा रहनुभएका तामाङहरुले संगठित रुपमा पहिलोपटक ऐतिहासिक रुपमा ‘२८४६ औं सोनाम ल्होछार’ वृहत साँस्कृतिक कार्यक्रम सहित मनाएका छन् । वरिष्ठ समाजसेवी विनोद मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व रन्जित लामाले गर्नुभएको थियो । धार्मिक गुरु मोचा लामाबाट धार्मिक पूजापाठ तथा ज्येष्ठ नागरिक श्रीमती नोर्गीन डोल्मा लामाले नाङसाल बाल्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
शनिवार र आईतबार दिनभरी मृतककका आफन्त र टि्रपर धनी विच भएको वार्तामा मृतकका आफन्तलाई टि्रपर धनीले क्षतिपूर्ति वापत ७ लाख रुपैँया दिने सम्झौता भएपछि आज दिउसोबाट अवरुद्व सडक खण्ड खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ