समयमै संविधान जारी हुनुपर्ने तथा राजतन्त्र, हिन्दु राष्ट्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने माग राखेर उपत्यका बन्दमा उत्रिएका महामन्त्री टंक ढकालसहित ३५ सयलाई गिरफ्तार गरेको राप्रपा नेपालले जनाएको छ ।
संसदको राज्यव्यवस्था समितिले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइ र मन्त्रालयबीचको समन्वय कम भएको विषयमा प्रधानमन्त्रीलाई बोलाएको छ ।
संयुक्त अरब ईमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली राजदूतावासको आयोजनामा शुक्रबार अपरान्ह प्रजातन्त्र दिवस मनाइयो ।
अध्ययनभन्दा रोजगार प्राथमिकतामा राखेर यहाँ आउने विद्यार्थी निरुत्साहित गर्न बेलायत सरकारले गत साता घोषणा गरेको 'कठोर' नियमले भिसा लिइसकेका विद्यार्थी प्रभावित नहुने भएका छन् ।
उनले नगरपालिकाले सुरक्षित भनेर तोकेको क्षेत्रमा जग्गा किनेका थिए । तर घर बनाउने बेलामा नगरपालिकाले नक्सा पास गरिदिन मानेको छैन । साढे ३ लाख रुपैयाँ आना हालेर किनेको जग्गामा घर बनाउन नपाएपछि उनलाई अहिले चिन्ताले सताएको छ । 'बेचौं भने कसैले किन्दैन,' उनले भने, 'जग्गा किन्ने सम्बन्धी जानकारी नपाएकाले फसें ।'

तामाङ सोसाइटी अफ ग्रेटर वासिंङटन डीसीको आयोजनामा डीसी क्षेत्रमा रहेका तामाङहरुले हर्षोल्लासका साथ ल्होछार पर्व मनाए। डीसी क्षेत्रका वासिन्दाहरु वृहत्तर नेपाली समुदाय अन्य मित्रहरुले पनि यसमा सहभागिता जनाएका थिए|
आउँदो बैशाखमा तामाङ फिल्म तथा म्युजिक अवार्ड प्रदान कार्यक्रम आयोजना गर्ने जनाएको छ । राजधानिमा मंगलबार अवार्ड घोषणा तथा अन्तरकृया कार्यक्रममा सो जानकारी गराएको हो ।
गायक रोज मोक्तानले न्युयोर्कस्थित ढाका क्लबमा 'हिउँ पर्यो फुरुरु मैच्याङ...' गाउँदै गर्दा बाहिर साँच्चिकै हिउँ फुस्फुसाइरहेको थियो । अमेरिकाका विभिन्न राज्य र क्यानाडादेखि सोनाम ल्होछार मनाउन भेला भएका आप्रवासी तामाङ समुदायमाझ यसपछि रोजले 'कलकत्ते काईंयो...,' 'हेलम्बुको बजारमा, माया बस्यो याङजीको नजरमा...,' सोलुकी मैच्याङ के सारो राम्री...' लगायत एक दर्जन गीत पस्के । उनलाई साथ दिँदै थिए अर्का गायक प्रेम लोप्चन, अमृत लामा र अमेरिकामै बसोबास गरिरहेका संजोग योन्जन र गोमा योन्जनले । झाँक्री नृत्य, लामा नाच, तामाङ खानपिन र वेशभूषा तथा कला प्रदर्शनीसमेत गरिएको ल्होछार महोत्सव तामाङ
भारत भ्रमणमा रहेका राष्ट्रपति रामवरण यादव मंगलबार राजनीतिक भेटवार्तामा ब्यस्त भएका छन् । उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटे ।
दमौली स्थित पश्चिमाञ्चल सिंचाई विकास सव डिभिजन नम्वर ३ कार्यालयमा दुई युवा समूहबीच भएको टेन्डर विवादमा प्रहरीले प्रहार गरेको अश्रु ग्याँसको असरले सत्यवति उच्च माविमा अध्ययनरत १५ विद्यार्थी वेहोश भएका छन् । वेहोश विद्यार्थीको दमौली अस्पतालमा उपचार भई रहेको छ । विद्यालय परिसर भित्र अचानक अश्रु ग्याँसको मुस्लो पसेपछि करिव सय भन्दा वढि विद्यार्थी प्रभावित भएका छन् । विद्यार्थीहरुको श्वासप्रश्वास र आँखामा असर परेको छ । विद्यालयका विद्यार्थीहरु अश्रुग्यासले प्रभावित भएपछि उक्त विद्यालय वन्द गरिएको छ ।
नेपाल पत्रकार महासंघ मलेसिया र प्रवासी तामाङ एकता समाजद्वारा आयोजित नयाँ वर्ष कन्सर्ट २०१० जोहोरबारुमा आइतबारदेखि लगातार तीन दिन आयोजना भएको छ ।
छोरीको उपचार गर्न नसकेपछि रुकुमको भलाक्चा गाविस वडा नं. १ निवासी एकै परिवारका तीन जनाले सामूहिक आत्महत्या गरेका छन् ।
भारतको लखनऊस्थित जेलमा रहेका भारतीय अपराधी बब्लु श्रीवास्तव र भरत नेपालीको निर्देशनमा सञ्चार उद्यमी जमिम शाहको हत्या गरिएको प्रहरीले सोमबार औपचारिक जानकारी दिएको छ ।
सरकारले गैरआवसीय नेपाली (एनआरएन)लाई परिचयपत्र वितरण सुरु गरेको छ । दोहोरो नागरिकताको माग गरिरहेका गैरआवसीय नेपालीलाई सोमबारदेखि सरकारले परिचय पत्र वितरण सुरु गरेको हो ।
परराष्ट्र मन्त्रालयले मेसिन रिडेएबल पासपोर्ट -एमआरपी) जारी हुन नसके नेपालीलाई विदेश भ्रमणमा अवरोध भई राष्ट्रिय संकट आउन सक्ने चेतावनी दिएको छ ।