
माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई दोश्रो नम्वरमा धकेल्दै मेक्सिकोका कार्लोस् स्लिम हेलू बर्षकै धनी व्यक्ति भएका छन् । मेक्सिकोको दूरसंचार कम्पनी टेलमेक्सका मालिक उनको सम्पती १८ अर्ब डलर छ ।
पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य झन् बिग्रिएपछि कांग्रेस केन्द्रीय समितिको जारी बैठक बुधबार स्थगित गरिएको छ ।

बौद्ध जोरपाटी, नयाँ बस्तीमा अवस्थित छ्योर्तेन टासी तामाङ गुम्बामा भव्य समारोहको आयोजना गरी तामाङ अवतारी श्रद्धेय लोसाङ नाम्गेल रिर्म्पोछेज्यूलाई गुम्बाको आजिवन प्रमुख लामा एवं संरक्षकमा पदस्थापन (ठितेन) गरिएको छ । गुरु सेचेन ह्राब्जेम रिर्म्पोछेज्यूको प्रमुख आतिथ्यमा आयोजित समारोहमा बौद्ध धर्म परम्पराअनुसार उहाँलाई पदस्थापन गरिएको हो ।

The Rs 35 lakh film to be completely shot in Sikkim ,Darjeeling & Nepal targeted for completion within 45 days, said producer Kishore Dungmali Rai. For current updates and details please visit us at www.angaloyomayako.com.
हिन्दू राज्य पुर्नस्थापनाका लागि भन्दै पशुपति क्षेत्रमा आयोजित सहश्र, रुद्रचण्डी अखण्ड महायज्ञमा सहभागी हुन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार त्यसमा आफ्नो समर्थन जनाएका छन् ।
विदेशमा काम गर्नेहरुले पठाउने रेमिटेण्स मार्फत हुने आम्दानीमा मात्र भर नपर्न एउटा अन्तर्राष्ट्रिय वित्तिय संस्थाले नेपाललाई चेतावनी दिएको छ।
यो आमचुनाव महत्वपूर्ण त छ, तर चुनाव पछि के हुन्छ भन्ने कुरा झनै महत्वपूर्ण हुने बताइएको छ।
इराकको राजधानी बगदादस्थित एक अमेरिकी सञ्चार कम्पनीमा सुरक्षा गार्ड काम गर्ने तीन नेपालीलाई इराकी सुरक्षा फौजले शुक्रबार पक्राउ गरेको छ ।
एक पटक पाएको पद सधैंका लागि रहँदैन, राजनीतिक होस् कि प्रशासनिक । कतिपय यस्ता भाग्यमानी भूपू छन्, जो सधैं सरकारी सुविधा पाइरहन्छन् । पूर्वप्रधानमन्त्री र गृहमन्त्री ती भाग्यमानीमध्येका हुन् ।
सञ्चार उद्यमी जमिम शाहमाथि लाजिम्पाटमा गोली हान्ने समूह एक सक्रिय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने नुवाकोट घर भएका 'भकभके' भनिने किशोर खडका हुन उनलाई गल्कोपाखा स्थित उनकै डेराबाट पक्राउ गरेको हो ।
गृहमन्त्री भीम रावलले एकाध घटनालाई लिएर आफूले पदबाट राजिनामा नदिने स्पष्ट पारेका छन् । 'भीम रावल पदमा टाँसिएर बस्ने मान्छे होइन,' बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, 'यस्तो अवस्थामा राजिनामा दिन्न, बरु डटेर सामना गर्छु ।'
ताम्सालीङ संयुक्त संघर्ष समिति, नेपालले राज्य पुनःसंरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले प्रस्तुत गरेको राज्यको खाकाप्रति असहमति जनाउँदै मंगलबार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ।
कांग्रेस र वाईसीएलबीच झडप भएपछि बिहीबार विहान धादिङबेसी तनावग्रस्त बन्यो । प्रहरीले हवाइ फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ । । नेपाली कांग्रेस धादिङका जिल्ल्ाा सदस्य नारायणकुमार श्रेष्ठको धादिङवेसीस्थित घरमा दुई दिन अघि भएको आक्रमणको विषयलाई लिएर वाईसीएल र कांग्रेसबीच वढदै गएको तनावले उग्र रुप लिएपछि धादिङवेसी केही समय तनावग्रस्त बनेको हो ।
जापानको सहयोगमा बनिरहेको धुलिखेलदेखि-सिन्धुली हुँदै बर्दिबास जोड्ने सडक एउटामात्र गाडी हिँड्न सक्ने (सिंगल लेन) को बनिरहेको छ । यस्तो सडकले पूर्वबाट राजधानी आउजाउ गर्ने गाडीको चाप धान्न नसक्ने चिन्ता भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीले व्यक्त गरेका छन् ।
शान्ति सम्झौताबिपरित हतियार भित्र्याएको भन्दै माओवादीले अविश्वास प्रकट गरिरहेका बेला संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बैठकमै बोलाएर एक साताभित्र हतियार बिबरण बुझाउन निर्देशन दिएको हो ।