
चैत्र २५, ललितपुर । नेपाल सरकार, स्थानीय विकास मन्त्रालय अन्तरगत रहेको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको वार्षिक कार्यक्रम अनुसार आयोजित ३४ औं लामा अध्ययन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र १९ गते देखि सुरु भएको उक्त अध्ययन भ्रमणमा विभिन्न जिल्लाबाट ३१ जना लामागुरुहरुको सहभागिता रहेको थियो ।
कीर्तिमानी आरोही आप्पा शेर्पा २० औंपल्ट सगरमाथा आरोहण गर्न मंगलबार लुक्लातर्फ लागेका छन् । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) 'जलवायु राजदूत' आप्पाले यो वर्ष शिखरमा पर्यटन वर्ष प्रवर्द्धनको झन्डा फहराउने र एडमन्ड हिलारीको अस्तु चुचुरोमा विर्सजन गर्ने छन् । कोषले हालै उनलाई जलवायु परिवर्तनको ब्यानर हस्तान्तरण गरेको थियो ।
राष्ट्रिय दलित नेटवर्क नेपालले आयोजना गरेको सातौं दलित संसदको आज यहाँ उदघाटन गर्दै उपाध्यक्ष गौतमले निर्धारित समयभित्र संविधान निर्माण नभए राष्ट्रपति तथा प्रधानमन्त्री पद अन्तरिम संविधान २०६३ सँगै स्वतः खारेज हुने विचार व्यक्त गरे । उनले देशलाई यस स्थितिबाट बचाउन एमाले, काङग्रेस, माओवादी लगायतका दलबीच सहमति र समझदारी कायम भए समयमै संविधान निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।
घरजग्गा तथा अपार्टमेन्टको व्यवसायमा पछिल्लो समय केही मन्दी देखिए पनि आइतबार कौशलटार पुग्दा त्यस्तो लाग्दैन । बिहानैदेखि सर्वसाधारणको जिज्ञासा बुझाइरहेका इस्टर्न अपार्टमेन्ट बिक्रेता फुर्सदमा थिएनन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला कांग्रेसका तीन शीर्ष नेताहरु सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलप्रति आफ्नो विश्वास रहेको बताएकी छन् ।
माधव नेपाल नेतृत्वमा रहेको वर्तमान सरकारलाई दिएको समर्थन नेपाल सदभावना पार्टी आनन्दीदेवीले सोमवारबाट फिर्ता लिएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले आफूले राजीनामा नदिने बताएका छन् । सरकार परिवर्तन हुने चर्चा चलिरहेको बेला उनले आफ्नो पक्षमा बहुमत यथावत रहेकोले राजिनामा नदिने बताएका हुन् ।
बेलायतको क्याम्ब्रिज इन्टरनेशनलले लिएको परीक्षामा नेपाली विद्यार्थी उत्कृष्ट भएका छन् । क्याम्ब्रिजको परीक्षामा नेपालभरबाट ४५ नेपाली विद्यार्थी उत्कृष्ट स्थानमा छन् ।

सरकारले सबै जिल्ला प्रशासनलाई बिहीबार (अप्रिल १) देखि राहदानी जारी नगर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अनुरोधअनुसार गृह मन्त्रालयले त्यस्तो आदेश दिएको हो ।
एमाले अध्यक्ष झलनाथ खनालले मुलुकको संक्रमणकालिन अवस्थाको निकासा दिन राष्ट्रिय सहमतिको सरकार बन्ने बिषयमा छलफल सुरु भएको बताएका छन् ।
चोर्न नपाएको झोकमा कलैयास्थित पन्नादेवी कन्न्या माविका परीक्षार्थीले परीक्षा केन्द्रमा ढुङ्गामुढा गर्नुका साथै पत्रकारमाथि हातपात गरेका छन्। परीक्षामा भएको अनियमितताबारे समाचार प्रकाशित भएकाले आइतबारको परीक्षा 'टाइट' भएको भन्दै उनीहरु पत्रकारमाथि खनिएका थिए।समाचार सङ्कलनका लागि त्यहाँ पुगेका आकाश एफएमका दीपेन्द्र चौधरीमाथि उनीहरुले हातपात गरेका हुन।

सम्पूर्ण देशभक्त, गणतन्त्रवादी एवं प्रगतिशील शक्तिहरु एकजुट भै ताम्सालिङ स्वायत्त गणराज्यको संस्थागत गरौं ! राष्ट्रिय स्वाधिनता, नयाँ संविधान र दिगो शान्तिका लागि तेश्रो राष्ट्रिय अधिवेशन सफल पारौं !!’ भन्ने मूल नाराका साथ एकिकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय अधिवेशन आजबाट राजधानीमा सुरु भएको छ ।
जानकी मन्दिर गुठी र त्यसका महन्थले नागरिक भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधानविपरीत राष्ट्राध्यक्षको सम्मान दिएका छन् । गुठी र महन्थले रामनवमीको उपलक्ष्यमा जानकी मन्दिर दर्शन गर्न आएका शाहलाई त्यस्तो सम्मान दिए पनि धनुषा प्रशासन मौन रह्यो । गुठी र महन्थले बुधबार मन्दिरमा पूजाअर्चना गर्न आउँदा र जाँदा पूर्वराजालाई राष्ट्रपति रामवरण यादवलाई सरह राष्ट्राध्यक्षको सम्मान दिएका थिए ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राजा ज्ञानेन्द्रलाई 'जनकारवाही' गर्ने चेतावनी दिएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले ज्ञानेन्द्र शाहको अभिब्यक्तिबाट प्रतिक्रान्तिकारी षडयन्त्रको स्पष्ट गन्ध आएको पनि बताए ।
देशभर बिहीबार बिहान ८ बजेदेखि एसएलसी परीक्षा हुँदैछ । परीक्षामा नियमित र एक्जाम्टेड गरी ४ लाख ५६ हजार ७ सय १९ परीक्षार्थी सहभागी हुनेछन् । त्यसनिम्ति १५ सय ४८ परीक्षा केन्द्र तोकिएको छ ।
नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ जनामध्ये १ लाख ९३ हजार ४९