नेपाल तामाङ संघको दोस्रो बाषिर्कोत्सव समारोह आज काभ्रेको बनेपामा समपन्न भएको छ । समारोहमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधिले एकिकृत नेकपा माओवादी बाहेक अरु सबै कम्युनिष्टहरुले बहुदलिय लोकतन्त्रलाई स्विकाररेको दावी गरेका छन् । उनले आफुहरु शान्ति प्रक्रिया पुरा गरेर संविधान बनाउन भनेर लागेको र एकिकृत नेकपा माओवादी भने लाठी, खुकुरी बोकेर जनव्रि्रोह गरेर सरकार बनाउन भनेर लागेको आरोप लगाए ।
युरोपमा भएको ज्वालामुखी विस्फोटले नेपाली पर्यटन क्षेत्रमा पनि प्रत्यक्ष नकारात्मक असर पारेको छ । वैशाख सुरुवातमा निकै राम्रो देखिएको पर्यटक आगमन युरोपमा भएको ज्वालामुखी विस्फोटपछि ह्वात्तै घटेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख खडानन्द ढकालले बताए ।
डेढ वर्षअघि मध्यपूर्वी मुलुक जानका लागि एकतर्फी भाडा ३२ हजारसम्म तिनुपथ्र्यो भने अहिले अधिकतम १८ हजार रुपैयाँसम्ममा टिकट पाइन्छ । मध्यपूर्वी क्षेत्रमा उडान गर्ने विमान कम्पनीको टिकट बिक्री गर्ने बिके ट्राभलका अनुसार आठ महिनायता भाडा घटाउने प्रतिस्पर्धा तीव्र भएको भएको हो ।

पहिलोपटक राजधानीमा तामाङ फिल्म तथा म्युजिक अवार्ड समारोह हुँदैछ । तामाङ कला संस्कृति प्रवर्द्धन तथा गुणस्तरीय फिल्म निर्माणलाई हौस्याउन अवार्ड गर्न लागिएको आयोजक तामाङ चौतारीले जनाएको छ । '२०६० सालयता रिलिज फिल्म लिनेछौं,' चौतारीका विनोद तामाङले भने- 'सत्र चलचित्र मनोनयन भइसकेको छ ।'
राज्य व्यवस्था समितिको सुडान घोटाला सम्बन्धमा छानवीन गर्न गठित उपसमितिको बैठकमा मंगलबार उपस्थित सिटौला र मैनालीले सामानहरुको खरिदमा आफूहरुको संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।
प्रमुख दलको संरक्षणमा स्थानीयले ठूलो संख्यामा रोजगारी माग्दै अवरोध गरेपछि बीपी राजमार्ग तेस्रो खण्डको निर्माण सातायता ठप्प छ । सिन्धुलीको भीमेश्वर खुर्कोटमा राजनीतिक दलका नाममा र स्थानीयले रोजगारी पाउनुपर्ने माग राख्दै काममा अवरोध गरेका हुन् ।
नवनिर्वाचित कार्यसमितिमा भरतराज लामा - अध्यक्ष, साङ्गे लामा -उपाध्यक्ष, लक्यान लामा -महासचिव, माया लामा (शेर्पा) - सचिव र रमला लामा - कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा फुर्व घिसिङ, कमला लोप्चन, सपना तामाङ, विनोद तामाङ, कर्म लामा र लालमन तामाङ रहेका छन् । अन्य सबै सदस्यहरु सर्वसहमतिबाट चयन गरिए पनि उपाध्यक्षको लागि दुईजनाको नाम मनोनयनमा परेकोले मतदानबाट केशव मोक्तानलाई पराजित गर्दै साङ्गे लामा निर्वाचित भएका हुन् । विधान बमोजिम दुई जना सदस्य भने पछि अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । नयाँ कार्य समिति चयन गर्न गठित निर्वाचन समितिमा वंशलाल तामाङ, राम तामाङ, केशव ग्लान र मानर्थ सदस्य कलाकार अमृत लामा हुनुहुन्थ्यो ।

सिन्धुपाल्चोक जिल्लाबाट जागीरको सिलसिलामा यूएई आएका सम्शेर बोम्जन र उनका साथीहरुले गठन गरेको यूएईको नयाँ संस्था नेपाल–दुबई एसोसिएशनको आयोजनामा उक्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपालको शैक्षिक स्तर वृद्धि गर्ने हेतुले सिन्धुपाल्चोक जिल्लाको श्री बुद्धोदय हायर सेकेन्डरी स्कुलको आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको जानकारी गराइएको थियो।
कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ३५२ बाट स्वदेश फिरेका पोखरेलले हीराको नेकलेस, दुई क्यामेरा र मोबाइल सेट चोरिएको बताए । 'मैले ब्याज हेर्दा कैंचीले काटिएको जस्तो थियो,' उनले भने, 'खोलेर हेर्दा बहुमूल्य वस्तु गायब थिए ।'
चीनको युसु जिल्लामा पर्ने युसु गाउँमा केन्द्रविन्दु भएको उक्त भुकम्पले चार सयको मृत्यु भएको र १० हजार भन्दाबढी घाइते भएको चिनियाँ समाचार संस्था सिन्हृवाले जनाएको छ । मृतकको संख्यामा बृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले जनाएका छन् ।

करिब साढे दुई महिना लामो सांगीतिक यात्रापछि लोकपि्रय गायक रोज मोक्तान अमेरिकाबाट स्वदेश फर्किएका छन् । साढे दुई महिनाअघि अमेरिकाका विभिन्न सहरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न मोक्तानसँगै अर्का गायक प्रेम लोप्चन पनि थिए ।
इ-थेम्स् कलेजमा एमबीए पढ्न गत जनवरीमा बेलायत गएका कृष्णप्रसाद शर्मालाई लन्डनस्थित इलिङ मेजिस्ट्रेट कोर्टको आदेशअनुसार जेल पठाइएको हो । अदालतको आदेशपछि उनीसँगै श्रीमती पवित्रा बस्यालले पनि जेल सजाय भोग्नुपरेको छ । उनीहरूले अब बढीमा सात वर्षसम्म जेल सजाय, जरिवाना वा दुवै भोग्नुपर्ने छ । बेलायतमा नेपाली विद्यार्थी लागूऔषध कारोबारको अभियोगमा जेल चलान भएको सम्भवतः यो पहिलो हो ।

नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) को चौंथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । शुक्रबार तमु सेवा केन्द्रको हल अनामनगरमा सम्पन्न महाधिवेशनले मोहनसिं लामाको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्य समिती चयन गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एमआरपी भारतमा छाप्न दिने निर्णय फिर्ता गरेको सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले जानकारी दिए । उनले सरकारको निर्णय सर्वसम्मतमा भएको समेत उल्लेख गरे ।

चैत्र २५, ललितपुर । नेपाल सरकार, स्थानीय विकास मन्त्रालय अन्तरगत रहेको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको वार्षिक कार्यक्रम अनुसार आयोजित ३४ औं लामा अध्ययन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र १९ गते देखि सुरु भएको उक्त अध्ययन भ्रमणमा विभिन्न जिल्लाबाट ३१ जना लामागुरुहरुको सहभागिता रहेको थियो ।