माओवादीले आयोजना गरेको आमहड्तालको पांचौ दिन मुलुकका बिभिन्न भागहरुमा प्रतिकार जुलुसहरु निस्किएका छन् । यसले केही स्थानमा भीडन्तको अवस्था श्रृजना गरेको छभने केही स्थानमा तोडफोड, आगजनी पनि भएको छ । बीरगञ्जमा हिन्दू युवा संघले गरेको प्रतिकारका क्रममा तीनवटा गाडीमा आगजनी गरेको छ । माओवादी कार्यकर्ता र हिन्दूवादी युवाहरुबीचको झडप रोक्न प्रहरीले हरसंभव प्रयास गरिरहेको छ ।
राजनीतिक गतिरोधलाई फुकाउनका लागि बुधबार पौने चार बजे प्रमुख तीन दलीय शीर्ष नेताहरुको बैठक सुरु भएको छ । लाजिम्पाटस्थित होटल र्याडिसनमा भइरहेको बैठक सञ्चार सम्बन्धी संस्थाहरुको साझा मञ्च शान्ति र संविधानका लागि राष्ट्रिय सहमति अभियानले आयोजना गरेको हो ।
माओवादीको आमहड्तालले चीनसँगको प्रमुख ब्यापारिक नाका तातोपानी भन्सारबाट मात्र दैनिक ८० लाख राजश्व घाटा भएको छ । आयात ठप्प हुँदा गर्मी मौसमका लागि झिकाईएका तयारी पोसाक खासाको गोदाममा थन्केको छ । स्याउ, लसुन, प्याज जस्ता छिट्टै कुहिन सक्ने खाद्य वस्तुका आयातकर्ताले भने नोक्सानी ब्यहोर्नुपर्ने अवस्था सृजना भएको गुनासो ब्यापारीहरुको छ । चीनबाट सामान आउने क्रम जारी छ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेकेा कक्षा १२को परीक्षामा करिब ७ सय परीक्षा केन्द्रमध्ये २ सय ५१ केन्द्रको परीक्षा स्थगित भएको छ । असुरक्षाको कारण जनाउदै केन्द्राध्यक्षहरुले परीक्षा स्थगित गरेका हुन् । माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अवरोधका कारण परीक्षा स्थगित भएको हो ।
एमालेका केही नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपाललाई पदबाट राजीनामा दिएर गतिरोधलाई निकास दिन अनुरोध गरेका छन् । पार्टी अध्यक्ष झलनाथ खनाललाई ज्ञापन पत्र बुझाउँदै उपाध्यक्ष बामदेव गौतम लगायत ६० जना नेताले राजीनामाको माग गरेका हुन् । ज्ञापनपत्र शनिबार नै बुझाइए पनि त्यसलाई आइतबार मात्र सार्वजनिक गरिएको हो ।
सहमतिको प्रयास स्वरुप शनिबार दोस्रो चोटी बसेको तीन दलीय संयन्त्रको बैठक पनि असफल भएको छ । माओवादी सेनाका लडाकुको व्यवस्थापन कार्ययोजना र राष्ट्रिय सहमतिको सरकारबारे विवाद कायमै रहेको छ ।

तामाङ चौतारी समूहले ‘तामाङ फिल्म एण्ड म्यूजिक अवार्ड’ का लागि मनोनयन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन विभिन्न १८ विधामा मनोनयनमा परेका गीत, एल्बम, म्यूजिक भिडियो लगायतको सूची सार्वजनिक गरिएको हो ।
प्रवासी ईलामेली समाज यूएईले केही महिनाअघि ईलाममा भएको भीषण आगलागीबाट पीडित परिवारहरुको राहतका लागि एक लाख एक रुपैया प्रदान गर्ने कुरा गत शुक्रबार डेरा दुबईमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेको छ।
पूर्व युवराज पारस शाहले जनताले चाहे राजसंस्था पुर्नस्थापित हुनसक्ने प्रतिकृया दिएका छन् । बुधबार बीरगंज पुगेका उनले राजसंस्था पुर्नस्थापित भएपनि आफू ब्यक्तिगत रुपमा राजा हुन नचाहेको बताए
माओवादीले हाल शान्ति प्रकृया र संविधान निर्माणलाई भन्दापनि सरकार निर्माणमा आफ्नो ध्यान बढी केन्द्रीत गरेको आरोप लगाउदै यादबले जनतालाई एक पटक संविधान निर्माण गर्न दिइएको अवसरबाट माओवादीले बन्चित गराई रहेको पनि आरोप लगाए । विस्तृत शान्ति सम्झौता अनुसार ६ महिना भित्र माओवादी सेना समायोजन भई सक्नु पर्नेमा माओवादीकै कारण त्यो हुन नसकेको उनको कथन थियो ।
कार्यकर्ता रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले आन्दोलन चर्काएपछि सोमबार राजधानीको त्रिचन्द्र क्याम्पसहित विभिन्न क्षेत्र तनावग्रस्त बन्यो ।
एभरेस्ट फेसन होमद्वारा आगामी १८ गते राधानीमा हुने भनिएको तेस्रो मिस तामाङ प्रतियोगिता घोषणामै विवादमा परेको छ। सो फेसन होमकी अध्यक्ष रञ्जिता लामाको संयोजकत्वमा हुन लागेको प्रतियोगिताको घोषणा कार्याक्रममा लामाले मिस तामाङ २००६ जेशिना मोक्तान (हाल मिस नेपाल) मिस तामाङ २००९ उपाली ग्यावकलाई आफ्नो फेसन होमको उपलब्धी भनेपछि तामाङ कला संस्कृति केन्द्रका अध्यक्ष मिलन मोक्तानले विज्ञप्ति जारी गरी आपति जनाएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तोक्ने काम प्रधानमन्त्री माधवकुमार नेपालको नभएको बताएका छन् ।
नेपाल तामाङ राष्ट्रिय महासंघ प्रचार प्रसार विभागले पाँचौ लोकतन्त्र दिवसको अवसर पारेर ‘लोकतन्त्रमा तामाङ र नयाँ संविधान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
रामेछाप, ११ वैशाख
दलीय सहमति भन्दै सामुदायिक वनमा डोजर प्रयोग बढेपछि रामेछापका धेरै वन सखाप भएका छन् । दलहरुले सदरमुकाममा बसेर सडकको शिर्षकमा वजेट विनियोजन गर्ने गरेको र सोही आधारमा उपभोक्ता समितिले सामुदायीक वन जोगाउन प्रति चासो देखाउनुको सट्टा सडकमा जथाभावीरुपमा डोजरको प्रयोग गर्ने गर्दा वनको विनासमा वृद्धि भएको हो ।