|
|
सम्पूर्ण समाचारहरु |
 नेपाल आदिबासी जनजाति महासंघ (महासंघ) यूएई तथा महासंघसंग आबद्ध संस्थाहरु- किरात याक्थुङ चुम्लुङ, यूएई, मगर संघ, यूएई, तामाङ समाज, यूएई, शेर्पा किदुग यूएई, तमु समाज, यूएई तथा किरात राई यायोख्खा यूएई- द्वारा यूएईका लागि प्रथम नेपाली अवासीय महामहिम राजदूत अर्जुनबहादुर थापालाई आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गरी नेपाल फर्कने क्रममा रहुनु भएकोमा स-सम्मान बरदुबईको Сएभरेष्ट ईन्टरनेशनल होटलТ एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन् |
मानेभञ्ज्याङ ८ का ८८ वर्षीय ठोकबहादुर तामाङ परिवारले दस पाथी कोदोको समयमा सावाँव्याज बुझाउन नसक्दा जग्गाजमिन लिलाम भएको छ ।
 काठमाडौं -रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट एसएलसी परीक्षा २०६७ मा उत्कृष्ट तामाङ विद्यार्थीहरूलाई सम्मानित गरेको छ । कात्तिक २६ गते काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा जिल्लाका सामुदायिक विद्यालय र देशभरका नीजि विद्यालयबाट उत्कृष्ट पाँच/पाँच जनालाई नगद पुरस्कारसहित सम्मानित गरिएको हो ।
तामाङ समाज युएईको पिकनिक कार्यक्रम भव्यता का साथ सम्पन्न
सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा 'उच्च शिक्षा प्रवर्द्धन तथा समन्वय परिषद्' बनाउने भएको छ । उच्च शिक्षा ऐन बनाएर सबै अधिकार परिषद्मा रहने गरी यस्तो व्यवस्था गर्न लागिएको हो । त्यसका लागि शिक्षा मन्त्रालयले विधेयक तयार पारेको छ ।
तामाङ समाज युएईका केन्द्रीय अध्यक्ष राम मोक्तान तामाङको सभापतित्वमा सम्पन्न उक्त भेलामा समाजका निवर्तमान अध्यक्ष तथा वर्तमान संरक्षक छत्र लामाले प्रवासमा जातीय संगठनको आवश्यकता र युएईमा तामाङ समाजको गठन पश्चात समाजले गर्दै आएका कार्यहरुको बारेमा जानकारी गरउनुभएको थियो । लामाले अबुधाबी क्षेत्रीय समितिको सफलताका लागि शुभकामना व्यक्ता गर्नुभएको थियो ।
काठमाडौं । रामेछाप तामाङ समाज काठमाडौंले एसएलसी परीक्षा २०६७ मा उत्कृष्ट रामेछाप जिल्लाका तामाङ विद्यार्थीहरुलाई सम्मानित गर्ने भएको छ । यस वर्ष कार्यक्रमलाई परिमार्जन गरी रामेछाप जिल्लाबाटै उत्तीर्ण विद्यार्थीहरुबाट उत्कृष्ट पाँचजना र रामेछाप जिल्ला बाहिरबाट उत्तीर्ण गर्ने उत्कृष्ट पाँच जनालाई सम्मानित गर्ने संस्थाले जनाएको छ ।
 संघियता आदिवासी जनजातीहरुलाई मात्र चाहिएको हैन यो लोकतन्त्रकै उच्चतमरुप भएकोले सम्पूर्ण नेपालीहरुलाई चाहिएको छू भन्ने निश्कर्ष सहित नेपाली आदिवासी जनजाती महासंघ युएईले गत अगष्ट १२, २०११ को दिन सत्रौं विश्व आदिवासी दिवस मनायो। बरदुबईस्थित याक एण्ड यती रेष्टुरेण्टमा सम्पन्न सो कार्यक्रम निवर्तमान अध्यक्ष भूवन सिं राईको अध्यक्षतामा र नेपाली दूतावास युएईका कार्यवाहक राजदूत दिपक अधिकारीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो।
रामेछाप बेथान गा.वि.स. स्थित भल्वाडी गाँउवासीहरुका साझा संस्था हो, "भल्वाडी मैत्रिय समिति" । विगत ६ वर्ष अगाडि समाजमा व्याप्त विकृतिहरुलाई केलाउँदै सभ्य समाज तथा राष्ट्र निर्माणका लागि स्थापना भएको हो । आफ्नो छैटौ बाषिर्क उत्सव तथा तेस्रो साधारणसभा साउन १४ गतेका दिन भक्तपुरको सुर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।
युएई नेपाली आदिवासी जनजाती महासंघ यूएईको आयोजनामा आगामी अगष्ट १२ तारिक २०११ का दिन दुबईको बरदुबई शहरस्थित एभरेष्ट ईन्टरनेशनल होटलमा १७औं विश्व आदिवासी दिवश मनाईने भएको छ ।
जुलाई, २६ काठमाडौं - आगामी अगस्त १९ तारिकमा हुने एनआरएनएएनसीसी, युएईको अधिवेशनमा उम्मेदवारीको लर्को लागेको छ । हालसम्म अध्यक्ष पदकोलागि चन्द्र रोकाहा, छत्र लामा र विमल लामाले फेसबुकमार्फत् उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसै गरी उपाध्यक्षमा भूवन राई महासचिवमा खेमनाथ पौडेल, श्याम पाठक र बालकृष्ण मरासिनी तथा कोषाध्यक्षमा कपिल खड्काको उम्मेदवारी घोषणा देखिएको छ । सबै उम्मेदवारहरुले आफूलाई विजयी गराउन युएइस्थित एनआरएनहरुमा अनुरोध गरेका छन् ।
लायत सरकारले आप्रवासी विद्यार्थीलाई काम गर्न नपाउने व्यवस्था गरेपछि नेपाली लगानीका कलेज आर्थिक संकटमा परेका छन् ।
 तामाङ समाज युएईको आफ्नो क्षेत्रीय समितिहरु गठन गर्ने कार्ययोजना अनुरुप यही जुलाई १५ तारिख शुक्रबारका दिन रशाल्खेमा को विभिन्न स्थान बाट भेला भएका तामाङ समुदाय हरुको एक बिशेष भेलाबाट श्री मान बहादुर योन्जन तामाङको अध्क्षातामा तामाङ समाज युएईको रशाल्खेमा क्षेत्रीया समिति गठन भएको छ ।
छुट्टै गोर्खाल्यान्डका लागि आन्दोलन गर्दै आएको गोर्खा जनमुक्ति मोर्चा, राज्य र केन्द्र सरकारबीच सोमबार पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडीमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षार भएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिनभरको सुनुवाईपछि ठकुरीसँग ७ करोड धरौटी मागेको थियो ।
|
|
|