Interview Date : 8 / 2010 परिवर्तनका लागि मेरो उम्मेदवारी
बीपीकालीन राजनीतिदेखि हालसम्म सक्रिय कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तामाङ आसन्न १२ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि चर्चामा छन् । सुशील कोइराला र शेरबहादुर देउवालाई 'यथास्थितिवादी' को संज्ञा दिंदै उनले आफूलाई परिवर्तनकारी उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । पार्टीका विद्यमान धार संस्थापन र प्रजातान्त्रिक असफल भएपछि तेस्रो धारका रूपमा आफू आएको उनको दाबी छ । तेस्रो धार चुनावीमात्र होइन, स्थायी धार हो, जो नयाँ कांग्रेसको प्रस्थानबिन्दु बन्ने उनको विश्वास छ । युवाहरूको भावनालाई प्रतिनिधित्व गर्ने सक्षम उम्मेदवार आफूमात्र भएको तर्क पनि उनको छ । 'बुढो भए पनि म विचारमा युवा छु,' उनी भन्छन् । 'स्थायी' तेस्रो धारका संस्थापक तामाङसँग महाधिवेशन र उम्मेदवारीबारे कान्तिपुरका लागि गोपाल खनाल र कुलचन्द्र न्यौपानेले गरेको संवाद-
Interview Date : 4 / 2010 व्यवसायको हितका लागि समय दिनेछु: कमल तामाङ
प्रबन्ध निर्देशक, हिमारव ओभरसिजका
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनको लागि कांग्रेस निकट वैदेशिक रोजगार लोकतान्त्रिक फोरमबाट सचिव पदका सम्भावित उम्मेदवार कमल तामाङ हिमारव ओभरसिजका प्रबन्ध निर्देशक तथा संघको वर्तमान कार्यसमितिमा सदस्य हुन्। युवा व्यवसायीका रुपमा परिचित तामाङसँग संघको निर्वाचन र वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विषयमा गरेको कुराकानी :
Interview Date : 1 / 2010 योगीता मोक्तान, गायिका
थोरै संगीतकर्मीहरु मात्र जातीय पहिचानको संगीतकर्ममा लागेका छन । सुगम संगीतको बोलबाला रहेको नेपाली साँगीतिक क्षेत्रमा आफ्नो भाषा र संस्कृतिको पहिचान दिने किसिमको गीत गाएर पनि संगीतकर्मीहरु स्थापित भएका छन । सात वर्षअघि साँगीतिक क्षेत्रमा प्रवेश गरेकी हेटौंडाकी योगीता मोक्तान पनि यस्ता थोरै संगीतकर्मीबीच पर्छिन, जसले सेलो गीतबाट आफुलाई स्थापित गराएकी छन् । ललितकला क्याम्पसबाट संगीतमा स्नातक गरेकी योगीता मुलत सेलोपप र सेलो लोकगीत गाउन नै बढी सक्रिय छन् । मोक्तानसंग अनलाइनखबर डट कमले गरेको छोटो कुराकानी ।
Interview Date : 12 / 2009 म नेपालकी छोरी हुँ : जेनिशा मोक्तान
नेपालको प्रतिनिधित्व गरिरहेकी जेनिशा मोक्तानले मिस वल्र्डको आधिकारिक वेबसाइटलाई एउटा अन्तर्वार्ता दिंदै आफूले प्रतियोगितामा सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेको बताएकी छिन्। अन्तर्वार्ताको छोटो अंश ः
Interview Date : 11 / 2009 गिनिज बुकमा नाम लेख्छु भनेर सगरमाथाको आरो
मैले जहिले पनि आफुले पाएको सम्मानलाई आफ्नो तामाङ समाजले पाएको अनुभव गरेको छु। यस सम्मानबाट मैले धेरै कुराहरको ज्ञान बटुल्ने मौका पाएको छु। प्रायः तामाङको संघ/संस्थाहरु बढि राजनीतितिर अग्रसर भएको पाएको छु । तर यस संस्थाले वर्तमान समयको महत्वलाई बुझेर शैक्षिकक्षेत्र जस्तो महत्वपूर्ण पक्षलाई समेटेर शिक्षाप्रति गरेको सम्मान र भर्खरका युवा एवंम वरिष्ठ व्यक्तित्वहरुलाई एकै ठाउँमा सम्मान गरेको देख्दा अन्य सम्मान भन्दा धेरै अन्तर पाएको छु ।
Interview Date : 4 / 2007 भाषाबिद् अमृत योन्जन तामाङ
वि.स. २०१२ सालमा जन्मनुभएको योन्जनले भाषाविज्ञानमा एमए गर्नु भएको छ र तामाङ भाषा साहित्यका अतिरिक्त नेपालका लोपोन्मुख भाषाहरूको अध्ययन, अनुसन्धान र भाषाविकासमा पनि सक्रिय हुनुहुन्छ । हालसम्म वहाँका २० वटा पुस्तकपुस्तिका प्रकाशित भएका छन्, यीमध्ये १७ वटा पुस्तक तामाङ जाति, भाषा र साहित्यसंगै सम्वन्धित छन् ।
MAN BAHADUR TAMANG - United Arab Emirates रामेछाप तमाङ समाजले जुन किसिम्को बर्सेनी तमाङ हरुमा उत्कृष्ट तमाङ विद्यार्थी भाई बहिनिहरुलाई सम्मान कार्यक्रम ...
रामेछाप तामाङ समाज काठमाडौंले रामेछाप जिल्लाबाट SLC परिक्षा २०६५ मा उत्कृष्ट १० तामाङ विद्यार्थीहरुको सम्मानमा आयोजित SLC विद्यार्थी सम्मान तथा सांगितिक कार्यक्रम
Advertisements
Copy Right Ramechhap Tamang Samaj Kathmandu Total Visit: Times Since 26 Dec 2008